थप २१२० जनामा कोरोना संक्रमण पुष्टि, २०४४ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १२० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा १२ हजार ९७८ जनामा गरिएको पिसिआर परीक्षणमा दुई हजार १२० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ८४ हजार ५७० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोनालाई जितेर घर फर्किएका छन् । यो सँगै घर फर्किनेको सङ्ख्या ६२ हजार ७४० पुगेको छ । देशभर २१ हजार ३०२ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यसैगरी क्वारेन्टिनमा चार हजार २७३ जना छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट निधन हुनेको सङ्ख्या ८ जना पुगेको छ । योसँगै सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५२८ जना पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 304 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा हमाल अग्रता बढाउदै