भीमफेदी सुमो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुग्यो

टिस्टुङ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा आज मध्याह्न भएको सुमो दुर्घटनामा परी मृत्यु हुने तीन जना पुगेका छन् । ना १ ज ४१०६ नम्बरको सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै तथा एक जनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । थप मृत्यु हुनेमा झापा जिल्लाकी २५ वर्षीया देवीकुमारी गिरी रहेको प्रहरीले जनाएको छ ।

घाइतेको हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीरर रहेको प्रहरीले जनाएको छ । घटनास्थमा मृत्यु भएका दुई जनाको पहिचालन खुल्न नसकेको बताइएको छ । आज बिहान ११ बजे हेटौंँडाबाट काठमाडौँ लागि छुटेको दक्षिणकाली सुमो सेवाको गाडी चिसापानी गढीमा दुर्घटना हुँदा सडकबाट झण्डै १०० मिटर तल खसेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

epaper

ताजा समाचार

पराग्वेसँग पराजित जर्मनीको विश्वकप यात्रा समाप्त