संग्रौलाको अनुवादनमा आयो सत्ता र सत्य

काठमाडौं । लेखक खगेन्द्र संग्रौलाले अनुवाद गरेको नयाँ पुस्तक ‘सत्ता र सत्य’ सार्वजनिक भएको छ । यो पुस्तकलाई श्रव्य–दृश्यमार्फत सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको छ ।

यो पुस्तकमा अमेरिकी लेखक मेरी डेसनले छनोट गरेका विश्वविख्यात आठ चिन्तकका ११ वटा दार्शनिक निबन्ध छन् । जसलाई संग्रौलाले नेपालीमा अनुवाद गरेका छन् ।

पुस्तक’bout अनुवादक संग्रौलाले भने, ‘यो पुस्तक आजको विश्व पुँजीवादको आलोचना हो र विश्व पुँजीवाद न मानवजातिका लागि कल्याणकारी भयो, न प्रकृतिका लागि कल्याकारी भयो, न मानिस र प्रकृतिको सम्बन्धलाई सन्तुलित रूपमा यसले कायम राख्न सक्यो,’ उनले अगाडि थपे, ‘त्यसैले यो पुस्तकले विश्व व्यवस्थाको विकल्पको परिकल्पना गर्छ । यद्यपि, सबै विद्वान्ले समाजवादको मुखर रूपमा वकालत नगरे पनि तर प्रकारान्तरले अबको विश्व जाने भनेको समाजवादमा हो ।’

संग्रहमा विलियम मोरिस, आन्टोनियो ग्राम्स्की, अल्बर्ट आइन्सटाइन, बर्टोल्ट ब्रेख्त, विलियम हिन्टन, इडुआर्दो ग्यालिआनो, हवार्ड जिन, एडवर्ड डब्लू सइदका प्रसिद्ध विचारप्रधान निबन्ध छन् ।

यो पुस्तकलाई अनुवाद गर्न १५ वर्षको समय लागेको संग्रौलाले बताएका छन् । उनका अनुसार यस पुस्तकले लोक कल्याणकारी सत्यको पक्षमा उभिएर सत्तासँग विमर्श गर्छ, सत्तासँग प्रतिवाद गर्छ, सत्ताको प्रतिरोध गर्छ, नयाँ जीवन प्रणालीको परिकल्पना गर्छ ।

आफ्नो जीवनका आजसम्मका कृतिहरूमा यो पुस्तक सबैभन्दा महŒवपूर्ण र सर्वकालिक कृति हुने संग्रौलाको दाबी छ । यो पुस्तकलाई बुकहिल पब्लिकेसनले प्रकाशन गरेको हो । यसको मूल्य ५ सय रुपैयाँ राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 271 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेसमा सानेपा भर्सेज चुनदेवी