वैकल्पिक खेतीले दिएको खुसी

कर्णाली जालाधार क्षेत्रमा हरेक वर्ष आउने बाढीजन्य प्रकोपका कारण जोखिममा पर्दै आएका समुदायमध्येकी एक हुन्, बर्दिया राजापुर नगरपालिका–१ मृगहवाकी निर्मला चौधरी । पूर्वी किनारकी उनी र परिवारले प्राकृतिक विपत्तिसँग पौठेजोरी खेल्दै धेरै वर्ष बिताए । तर, बितेका तीन वर्षयता उनको दिनचर्या फेरिएको छ ।

पाँच जनाको परिवारको भरणपोषणका लागि निर्मलाको १० कठ्ठा खेत छ । उनी त्यो खेतमा परम्परागत रूपमा धानखेती गर्दा मुस्किलले चार÷पाँच क्विन्टल धान फल्ने । तर, त्यो अन्नले वर्षभर त के तीन महिना पनि खान नपुग्ने अवस्था हु“दै आएको थियो ।

उनले तीन वर्षदेखि सोही खेतमा वैकल्पिक खेतीका रूपमा व्यावसायिक तरकारी लगाउन थालेकी छन् । ‘चार कठ्ठामा तरकारी खेती छ । पा“च जनाको परिवारको आम्दानीको मुख्य स्रोत नै तरकारी बिक्री हो,’ उनी भन्छिन्,
‘पहिला मुस्किलले त्यो खेतमा चार÷पाँच क्विन्टल धान फल्थ्यो तर त्यो अन्नले वर्षभर त के तीन महिना पनि खान पुग्दैनथ्यो । अब खान लगाउन राम्रै पुगेको छ । वर्षमा ३०÷३५ हजार रुपैयाँ बचत पनि गर्छु ।’

बर्दिया गेरुवा गाउँपालिका–३ लोहारपुरका गंगाराम थारू र रामऔतार थारू पनि कर्णाली जलाधार क्षेत्रकै बासिन्दा हुन् । उनीहरू पनि वैकल्पिक खेतीबाटै जीविकोपाजर्न गरेको बताउ“छन् । गंगारामले साढे दुई कठ्ठा जग्गामा टनेल बनाएर काँक्रा, लौका र टमाटरलगाय रोपेका छन् । ‘यही सिजनमा मात्र ३५ हजारको तरकारी बेचें,’ उनी भन्छन्, ‘तरकारी बेचेरै परिवारको पालनपोषण गर्नुका साथै केही नभए पनि वर्षमा ६०÷७० हजार रुपैयाँ बचत गर्दै आएको छु ।’

रामऔतारले पनि टनेलमा काँक्रा, भिन्डी, करेला लगाएका छन् । थोपा सिँचाइ अभ्यास पनि गरेका छन् । आलु, खुर्सानी, काउलीलगायतका तरकारी लगाएको बताउँछन्, उनी । तरकारी बिक्री गर्नुका साथै बचेको तरकारीको सुकुटी बनाएर पनि बेच्ने गरेका छन्, उनले । ‘पहिला वर्षभर खान पुग्दैनथ्यो, अहिले वर्षमा एक÷डेढ लाख रुपैयाँ बचत हुन्छ,’ उनी सुनाउँछन् ।

कैलाली टीकापुर नगरपालिका–८ वनगाउँका ऋषमान चौधरी पनि कर्णाली जलाधार क्षेत्रमा पश्चिम किनारमा बसोबास गर्ने बासिन्दा हुन् । उनले पनि हरेक वर्ष बाढीका कारण क्षति व्यहोर्दै आएका कारण पछिल्ला केही वर्षयता वैकल्पिक व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । १० कठ्ठा जग्गामा आलु, काउली, बन्दागोभी लगाएको बताउने ऋषमानले काउली बेच्दै भने, ‘सुरुसुरुमा त ६० रुपैयाँ किलो पनि बेचियो । अहिले थोक मोल २० रुपैयाँ किलो छ । यो वर्ष राम्रो मोल पायौं । वर्षमा केही नभए पनि एक÷डेढ लाख रुपैयाँ त बचत हुन्छ ।’ सोही गाउँकी मंगली थारूले १५ कठ्ठा जग्गामा तरकारी खेती गरेकी छन् । उनले टमाटर, काउली, खुर्सानी, काँक्रा खेती गरको देखाउँदै भनिन्,

‘धान र गहुँ खेती गर्नुभन्दा तरकारीबाट कम्तीमा पनि दोब्बर फाइदा हुन्छ । आपूmले ताजा खान पनि पाइने । बेच्दा नगदै पैसा पाइने । घरखर्च पनि चलाउन सजिलो भएको छ ।’ उनको तरकारीबाट वार्षिक आम्दानी २÷३ लाख रुपैयाँ हुने गरेको छ । जुन खेती गर्दा उनलाई वर्षभर खान पुग्दैनथ्यो ।

तरकारी किन्न टोलमै थोक व्यापारी आउँछन् । बर्दिया ठाकुरबाबा नगरपालिका ठाकुरद्वाराबाट वनगाउँमा काउली किन्न आएका व्यापारी ठाकुरप्रसाद थारूले तीन दिनको अन्तरमा चार÷चार क्विन्टल काउली खरिद गरिरहेको बताए । ‘२० रुपैयाँमा किनेको काउली मैले पनि थोकमा बेच्दा ३० रुपैयाँ पर्छ,’ उनी भन्छन्, ‘हाट बजारमा खुद्रामा प्रतिकिलो ४० रुपैयाँसम्म बिक्री गर्न सकिन्छ । दोब्बर नाफा हुन्छ ।’

कृषि प्राविधिक जेटीए विपना चौधरीका अनुसार वनगाउँका ४० घरघुरीले तरकारी खेती गरेका छन् । आयआर्जनको वैकल्पिक व्यवस्थाका लागि तरकारी खेती भइरहेको छ । धान, गहुँलगायतका बालीभन्दा तरकारी लगाउँदा कम्तीमा दोब्बर फाइदा रहेको उनले प्रस्ट पार्दै भनिन्, ‘धान मात्र लगाउँदा उनीहरूलाई खान पुग्दैनथ्यो । अहिले त तरकारीकाट वर्षमा ५० देखि ६० लाख रुपैयाँ आम्दानी भइरहेको छ ।’

अर्नहा खोलाले बगर बनाएको जग्गामा सात किसानले ५५ कठ्ठामा तरबुजा लगाएका छन् । तीन वर्षदेखि तरबुजा खेती गरिरहेकी मनपति चौधरीले गत वर्ष १५ किलोसम्मको तरबुजा फलेको अनुभव सुनाइन् । उनले सन्तुष्ट हुँदै भनिन्, ‘माटो बलौटे छ । अरू खेती हुँदैन । एक सिजनमा ६०-७० हजार आम्दानी
पनि भइहाल्छ ।’

बर्सेनि आउने बाढीका कारण उठीबास अवस्थामा पुगेका कर्णाली जलाधार क्षेत्रका किसानको मुहार एकाएक फेरिएको छ । प्राकृतिक विपत्तिस“ग जुध्दै जीविकोपार्जनका लागि वैकल्पिक खेतीतर्फ जुटेपछि उनीहरूको जीवनस्तर पहिलेजस्तो छैन । कर्णाली नदी दुबै किनारमा बसोबास गर्दै आएका उनीहरूले बर्सेनि आउने बाढीले पु¥याउने क्षति परिपूरण गर्दै जीविकोपार्जनका लागि वैकल्पिक खेती गर्न सुरु गरेका छन् ।

कर्णाली जलाधार क्षेत्रका पूर्वी र पश्चिमी किनारा तथा आसपासका खोलाले कटान, डुबान र पटान गरेको जमिनमा सामाजिक विकास तथा अनुसन्धान केन्द्र बाँकेले जलवायु परिवर्तन र संवेदनशील परियोजनाबाट बर्दिया राजापुर नगरपालिका र गेरुवा गाउँपालिका, कैलाली टीकापुर नगरपालिका र जानकी गाउँपालिकाको कर्णाली जलाधार क्षेत्रका किसानलाई व्यावसायिक तरकारी खेतीका लागि सघाएपछि उनीहरूको जीवनस्तर उकासिने क्रममा छ ।

सामाजिक विकास तथा अनुसन्धान केन्द्र बाँके अध्यक्ष लालमणि भण्डारीले दुबै तटका १ सय ६ किसानलाई मौसमी, बेमौसमी तरकारी, लहरेबालीका लागि व्यावसायिक तालिम दिएको जानकारी दिए ।

उनका अनुसार कर्णाली जलाधार क्षेत्रको दुबै तटका किसानलाई जलवायु परिवर्तन र संवेदनशील परियोजनाबाट बर्दिया राजापुर नगरपालिका र गेरुवा गाउँपालिका, कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाको किसानलाई व्यावसायिक तरकारी खेतीका लागि सघाइएको हो । उनीहरूलाई उन्नत जातको बीउबिजन वितरण गरिएको छ ।

‘च्याउ उत्पादन र तरकारी खेतीका प्लास्टिक टनेल बनाएर सहयोग गरेका छौं,’ भण्डारी भन्छन्, ‘समुदायलाई सिँचाइका लागि कुलो निर्माण, कुलो मर्मत र कुलोमा वाल निर्माण गरिदिएका छौं ।’

भण्डारीका अनुसार कर्णाली जलाधार क्षेत्रका बासिन्दा हरेक वर्ष आउने बाढीका कारण अत्यन्तै जोखिम अवस्थामा थिए । उनीहरूको समस्या पहिचान गरी सानो सहयोग गर्दै जीविकोपार्जनमा सहयोग पु¥याएको उनले बताए ।

‘कर्णाली नदीले गर्दा यहाँका बासिन्दा हरेका वर्ष डुबान र कटनाको समस्या झेल्छन्, जलवायु परिवर्तनको मारमा छन्,’ सामाजिक विकास तथा अनुसन्धान केन्द्र बाँके अध्यक्ष भण्डारी भन्छन्, ‘हामीले उनीहरूलाई जीविकोपार्जनको वैकल्पिक उपायका रूपमा तरकारी खेतीमा मद्दत गरेका हौं । उनीहरूको जीवनस्तरमा क्रमशः सुधार आउँदैछ ।’

तपाइको प्रतिक्रिया
(Visited 459 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारको अनावश्यक करले मुलुकको अर्थतन्त्र धरासायी : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको ६० प्रतिशत मतगणना, मेयरमा समाजवादी अग्रस्थानमै