एम्बुलेन्समा राख्दा राख्दै कोरोना संक्रमितको ज्यान गयो

राजविराज । होम आइसोलेशनमा बस्दा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजान एम्बुलेन्समा राख्दा राख्दै एक कोरोना संक्रमितको बिहीबार बिहान ज्यान गएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ घर भई हाल राजविराज ६ मा बसोबास गर्दै आएका ७१ वर्षीय जिवलाल साहको यसरी ज्यान गएको हो ।

गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघि साहलाई अस्पताल भर्ना गरि उपचार सुरु गरिएको थियो । सोही क्रममा कोरोना परिक्षणका लागि उनको स्वाब संकलन समेत गरिएको थियो ।

बुधबार राति १० बजेतिर प्राप्त परिक्षण रिपोर्टले उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । स्वास्थ्यमा सुधार देखिए पनि कोरोना पोजेटिभ देखिएकाले राती नै उनलाई यहाँस्थित साईकृष्णा मेडिकल कलेजको आइसोलेशन सेन्टरमा लैजाने तयारी भइरहँदा आफन्तले होमआइसोलेशनमै राख्ने जिद्दी गरेपछि आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने शर्तमा होमआइसोलेशनमा राख्न अनुमति दिइएको डा. झले बताए ।

वडा अध्यक्ष प्रेम यादवका अनुसार आफन्तले राजविराज ६ स्थित निवासमा होमआइसोलेशनमा राखेका साहलाई बिहीबार बिहान ४ बजेतिर अचानक स्वाशप्रश्वासमा समस्या आएपछि उपचारका लागि धरान लैजान एम्बुलेन्समा राख्दै गर्दा मृत्यु भएको हो ।

मृतकको शवको बिहीबारै परिवारका केही सदस्यको उपस्थितिमा सेनाको टोलीले ब्यवस्थापन गरेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । योसँगै जिल्लामा कोरानाबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । यस्तै कुल संक्रमितको संख्या १ हजार ३ सय ५६ रहेकोमा बिहीबारसम्ममा १ हजार ९६ जना निको भई घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी