हेलमेट ‘क्लु’बाट समातिए अपराधी

काठमाडौं । कुनै पनि अपराध कर्ममा संलग्न अपराधी सकेसम्म घटनाको ‘क्लु’ प्रहरीले फेला नपारोस् भन्ने ठानेर अपराध गर्दा अनेक जुक्ति लगाउँछन् । तर, नेपाल प्रहरी अपवादबाहेकका घटनाको अनुसन्धानमा अपराधी नजिक पुगेको पाइन्छ ।
भक्तपुरको सुडालमा गत २१ असोजमा त्यस्तै एउटा घटना भयो । जहाँ प्रहरीलाई घटनाको ‘क्लु’ पत्ता लगाउन र अपराधी समात्न एउटा पसलमा भेटिएको हेलमेट काफी भयो ।

घटना गत बुधबारको हो । साँझ चार बजेको छ । भक्तपुरका ६१ वर्षीय चन्द्रबहादुर योञ्जन चाँगुनारायण नगरपालिका–८ सुडालस्थित आफ्नै पसलमा बसिरहेका छन् । दुई युवा जग्गा खोज्दै चन्द्रबहादुर नजिक पुग्छन् र जग्गाको कारोबारमा संलग्न रहेका ती युवालाई जग्गा देखाउन चन्द्रबहादुर उनीहरूसँगै हिँड्छन् ।

जग्गा देखाउने क्रममा उनीहरूबीच विवाद सुरु हुन्छ । एउटै जग्गा धेरैलाई देखाएको भन्दै एकाएक चन्द्रबहादुमाथि कुटपिट गरिन्छ । चन्द्रबहादुर त्यही ढल्छन् र ती दुई युवा उनले लगाएका सुनका गरगहना लुटेर हिँड्छन् ।

स्थानीयले घाइते अवस्थामा देखेपछि चन्द्रबहादुरलाई मध्यपुर अस्पतालसम्म पु¥याउँछन् । त्यहाँ उपचार नभएपछि उनलाई अन्यत्र रिफर गरिन्छ । तर चन्द्रबहादुर बाँच्दैनन् । उनको निधन भएको अस्पतालले पुष्टि गर्छ ।

‘पसलमा राखेको रक्स लेखेको हेलमेटमा नजर प-यो, त्यही हेलमेटको क्लुबाट केही पर सीसीटीभी फुटेज भेटियो । मोटरसाइकललाई अनुसन्धान गर्दै जाँदा अभियुक्त पक्राउ परे,’

घटनाको अनुसन्धान गर्न खटिएको प्रहरीलाई चिनजानका व्यक्तिको संलग्नता नदेखिएपछि घटनामा संलग्नहरूको पुष्टि गर्न हम्मेहम्मे पर्छ । प्रहरीले सीसीटीभी फुटेज र फोन रेकर्डसमेत खोज्छ । तर, घटना स्थलमा सीसीटीभी र संलग्न व्यक्तिको फोन रेकर्ड भेटिँदैन । ‘क्लु’ भेट्नै प्रहरीलाई मुस्किल पर्छ ।

त्यत्तिकैमा पसलमा ‘रक्स’ लेखिएको हेलमेट प्रहरीको नजरमा पर्छ । जुन प्रहरीका लागि अनुसन्धान ‘क्लु’ साबित हुन्छ । त्यही हेलमेट क्लुबाट प्रहरी सीसीटीभी फुटेज खोज्न थाल्दछ अनि भेटिन्छन् सिन्धुपाल्चोकका २३ वर्षीय रमेश तामाङ र रामेछापका २७ वर्षीय प्रेम तामाङ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपककुमार थापाले आफन्तलाई जग्गा आवश्यक परेको भन्दै ती युवा जग्गा हेर्न पुगेको घटनाको अनुसन्धानका क्रममा देखिएको बताए । उनले सो जग्गा पहिले नै सिन्धुपाल्चोकका ३७ वर्षीय शेर्पा भन्ने कामी लामाले बैना लिएर पास नगरी ठगेको भनेपछि ती युवा थर्काउन भन्दै त्यहाँ पुगेको पाइएको जानकारी दिए । सो क्रममा एउटै जग्गा धेरैलाई देखाएको भन्दै चन्द्रबहादुरमाथि हातपात भएको पाइएको हो । प्रहरीले कामी लामालाई पनि पक्राउ गरेको छ ।

‘पसलमा राखेको रक्स लेखेको हेलमेटमा नजर प-यो, त्यही हेलमेटको क्लुबाट केही पर सीसीटीभी फुटेज भेटियो । मोटरसाइकललाई अनुसन्धान गर्दै जाँदा अभियुक्त पक्राउ परे,’ महाशाखाका प्रमुख थापाले भने ।

महाशाखाका एसपी ईश्वर कार्कीले उनी घाइते भएपछि उनले लगाएका दुई तोलाको सुनको ब्रास्लेट र मोबाइल लुटेर ती युवा भागेको अनुसन्धानका क्रममा देखिएको जानकारी दिए ।

सो क्रममा घाइते अवस्थामा रहेका चन्द्रबहादुरलाई स्थानीयले अस्पताल पु¥याएको र सो क्रममा उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा २२ असोजमा मृत्यु भएको प्रहरी बताउँछ । चिकित्सकहरूले रिपोर्टमा आन्द्रामा रक्तसञ्चार गर्ने नसा फुटेपछि रक्तस्रावका कारण लामाको मृत्यु भएको भनेको प्रहरीले बताएको छ ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार चन्द्रबहादुरलाई कुटपिट गर्ने योजना भने १८ असोजकै हो । तर त्यसबखत पसलमा भीड भएका कारण उनीहरू सो दिन फर्किएको पाइएको छ ।

दोस्रो पटक भने उनीहरूले २१ असोजमा योजनाअनुसार नै उनलाई भेटेको तर हत्या गर्ने योजना नभएको पक्राउ परेका व्यक्तिले प्रहरीसमक्ष बयानमा भनेका छन् ।

घटनामा प्रयोग गरिएको बा९६प ७११४ नम्बरको एनएस २०० पल्सर मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हेलमेटमा लेखिएको रक्स शब्दका कारण घटनामा संलग्न व्यक्ति पक्राउ परेको भन्दै अपरेसनको नाम पनि ‘रक्स’ राखेको छ ।

पक्राउ परेका तीनै जानालाई महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले पक्राउ परेका युवाहरू अन्य अपराधमा पनि संलग्न हुन सक्ने बताएको छ । उनीहरूले निश्चित रकम लिएर डुबेको रकम उठाउने गरेको पाइएको प्रहरी अधिकारी बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 280 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरपालिका: स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनकै धेरै