अलैंची विकास केन्द्र आलुको विउ उत्पादन गर्दै

इलाम । अलैची खेतीमा रोग लाग्नाले किसान निराश छन् । अलैचीमा छिर्के, फुर्के रोग, गानो कुहिने रोगसँगै फैलिएको झाँग सुक्ने रोगका कारण किसानका बगानमा समस्या देखिएकाले किसान निरास बने । अलैंचीमा रोगको प्रकोप नियन्त्रणका लागि इलामको फिक्कल, पान्दाममा अलैंची विकास केन्द्र स्थापना भएको छ ।

संस्थाले अलैंचीसम्वन्धी अध्ययन, तालिम, बिउ विरुवा उत्पादन तथा वितरण र प्राविधिक सेवा पु¥याउँदै आएको बताएपनि संस्थाबाट केही सहयोग नभएको किसानको गुनासो छ । पछिल्लो समय अलैँची विकास केन्द्र अन्य बाली विरुवा उत्पादनमा लागेको छ । अलैचीको विकास, संरक्षण र अलैचीका जातहरुको ’boutमा अध्ययन गर्न स्थापना भएको एक मात्रै कार्यालय अलैची विकास कार्यालयले भने अलैची छाडेर अन्य खेतीको बिऊ उत्पादनमा लागको हो ।

अलैचीको भाउ घटेसंगै अलैचीको विरुवाको माग समेत ओरालो लागेको छ । अलैची विरुवाको भाउ घटेपछि अलैची विकास कार्यालय भने आलु, एभोकार्डो र केराउको विरुवा उत्पादन गर्न थालेको छ । नेपालभर अलैचीको विरुवा पु¥याउने केन्द्रले बर्षमा छ लाखसम्म अलैचीको विरुवा उत्पादन गथ्र्यो । अलैचीको भाउ घट्दै गएपछि केन्द्रमा विरुवाको मागनै कम भएको छ । विरुवाको माग कम भएकाले अलैची विकास केन्द्र अन्य खेतीको विउ उत्पादनमा लागेको हो ।

१८ हेक्टर क्षेत्रफल रहेको केन्द्रबाट अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा केन्द्रले ८७ मात्रै अलैचीको विरुवा उत्पादन गरेको थियो । केन्द्र मुख्य काम छाडेर आलुको बिउ उत्पादनमा लागेको अघिल्लो आवमा चार हजार किलो आलुको विउ उत्पादन गरेको केन्द्रका प्रमुख पदमप्रसाद धिकारीले बताए । त्यस्तै केन्द्रले दुई हजार तीन सय एभोकार्डोको विरुवा उत्पादन गरेको छ । त्यस्तै तरकारीको बेर्ना र केराउको बिउ उत्पादन भइरहेको कार्यालय प्रमुख अधिकारी बताउँछन् ।

अलैची विकास केन्द्र नेपालमा अलैची बालीमा काम गर्ने एक मात्र सरकारी निकाय हो । सूर्योदय नगरपालिकाको पान्दाममा २०३२-०३३ सालमा अलैंची विकास आयोजनाको नाममा अलैंची अनुसन्धान तथा विकास कार्यक्रमको शुरु भएको थियो । २०३९ सालमा तत्कालीन अलैंची विकास आयोजना नेपाल चिया विकास निगममा गाभिएको थियो । पछि २०४५ सालमा नेपाल चिया विकास निगमबाट अलग गराएर अलैंंची बाली विकास कार्यक्रम नामाकरण भएको थियो । २०५० साल देखि अलैंची विकास केन्द्रको रूपमा क्रियाशील छ । नेपालमा अलैची बालीको लागि स्थापना भएको एउटा मात्रै कार्यालय आफ्नो मुख्य काम छाडेर सहायक काममा केन्द्रीत हुँदा अलैचीका अनेक समस्या भागीरहेका किसान भने चिन्तित छन् ।

अलैची विकास केन्द्रले गरेको जस्तै आलुको बिऊ उत्पादन गर्ने मुख्य कामका लागि इलामको जौबारीमा वागवानी विकास केन्द्र स्थापना भएको छ । जसको प्रमुख काम नै आलुको बिउको उत्पादन गर्ने हो । कृषिका अन्य बालीका लागि जिल्लैपच्छिे कृषि विकास कार्यालयहरु छन् । तर, मुलुको एउटा मात्रै अलैचीका लागि स्थापना भएको कार्यालयले भने मुल काम छाडेर अन्यत्र लागेकाले अलैची खेतीको विकास विस्तार र अनुसन्धानको काम आझेलमा पर्ने चिन्ता थपिएको छ ।

अलैची विरुवाको माग कम हुँदा राजश्वमा कमी आएपछि राजश्व बढाउन अन्य बालीको बीउ उत्पादन थालेको कार्यालय प्रमुख अधिकारी बताउँछन् । उनले भने ‘कार्यालयको राजश्व बढाउन भएपनि अन्य कृषि बालीको बिऊ उत्पादनमा लागेका हौ’। ‘विभागको स्वीकृति लिएरै अन्य तरकारी तथा फलफूलको बीउ उत्पादन थालेका हौ ।’ निजी क्षेत्रबाट स्थापना गरेका नर्सरीहरुले अलैचीको विरुवाको माग धान्न थालेपछि केन्द्रमा विरुवाको माग घटेको अधिकारीको भनाई छ । अलैचीको विरुवाको माग घट्दै गएपनि खेतीको विस्तार र उत्पादन भने बढ्दै गएको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७३-०७४ मा नेपालमा १७ हजार दुई हेक्टरमा अलैची खेती हुन्थ्यो, ०७४-०७५ दुई हेक्टर क्षेत्रफलको विकास भएर १७ हजार चार हेक्टर भएको थियो । २०७५-०७६ मा भने अलैचीको खेतीमा ब्यापक विस्तार भएर १८ हजार दुई सय ७३ हेक्टरमा खेती भइरहेको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै खेती विस्तारसंगै उत्पादनसमेत बढेको छ । २०७३-०७४ मा ६ हजार पाँचसय २१ मेट्रिक टन अलैचीको उत्पादन भएको थियो भने ०७४-०७५ मा ६ हजार आठ सय ४९ मेट्रिक टन अलैचीको उत्पादन भयो । आर्थिक वर्ष ०७५-०७६ मा भने सात हजार नौ सय ५४ मेट्रिक टन अलैची उत्पादन भएको तथ्याङ्क छ ।

तपाइको प्रतिक्रिया
(Visited 954 times, 1 visits today)

epaper

ताजा समाचार

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला