Saturday, October 31, 2020
Home Editor-Picks संकटका बीच खुसी साट्न आयो दसैं

संकटका बीच खुसी साट्न आयो दसैं

आज घरघरमा घटस्थापना, उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

ललितपुर । कोरोना भाइरसको महामारीका बीच नेपालीको महान् पर्व बडादसैं आज (शनिबार)बाट सुरु भएको छ । संकटका बीच पनि नेपालीहरू दसैंको आगमनसँगै खुसी साट्ने योजनामा जुटेका छन् । सुरक्षाका विधि तथा मापदण्ड अपनाएर दसंै मनाउन सरकारले सम्पूर्ण नेपालीलाई आग्रह गर्दै आइरहेको छ ।

धर्मशास्त्रीले सुरक्षा विधि अपनाएर खुसी साट्दै चाडपर्व मनाउने तथा खुसी र उमंगसँगै मनोबल बढाउन सकिएमा कोरोनाविरुद्धको लडाइँमा सहजता आउन सक्ने बताएका छन् । यसपालिको दसैंमा कोभिड–१९ विरुद्ध लड्न सक्ने आत्मबल पैदा होस् भन्ने कामनासहित पूजाआजा गर्नुपर्ने धर्मशास्त्रविद् प्राडा. रामचन्द्र गौतमले बताए ।

कोरोनाविरुद्ध लड्न आत्मबल बढाउने विश्वास

शुद्ध आश्विन दुर्गा शुक्ल पक्ष प्रतिपदाका दिन बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेसँगै दसैं सुरु हुनेछ । दसैंमा हुने जमघट र भेटघाटलाई प्राथमिकता नदिए पनि घरघरमा दुर्गा भवानीको पूजाआजा गर्न भने कुनै समस्या नभएको संस्कृतिविद्देखि जनस्वास्थ्यविद्सम्मले सुझाव दिएका छन् ।

धर्मशास्त्रविद् गौतमले राजधानीसँग भने, ‘पूर्ण रूपमा सुरक्षा विधि अपनाएर परस्परमा खुसी साटासाट गरेर चाड मनाउँदा आत्मबल पनि बढ्न सक्छ , कोरोनासँग लड्ने सबैभन्दा ठूलो औषधि नै आत्मबल हो ।’

नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि शनिबार बिहान ११ बजेर ४६ मिनेटमा शुभसाइत तोकेको छ । ‘साइत खोज्नेले बिहान ११ बजेर ४६ मिनेटको समयमा जमरा राखेर घटस्थापना गर्नु राम्रो हुन्छ,’ समितिका अध्यक्ष समेत रहेका प्राडा. गौतमले भने ।

उनका अनुसार घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागवत, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गरिन्छ ।

देशभरका शक्तिपीठमा दर्शन गर्न मिल्ने या नमिल्ने अन्योल नै छ । यद्यपि, कुनै कुनै मन्दिरमा घटस्थापनाकै दिनदेखि विशेष रूपमा भक्तजनको भीड लाग्ने भए पनि संक्रमण बढ्दै गएकाले भौतिक दुरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ ।

प्रतिपदाको दिन पूजाकोठा, दसंैघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतै कतै भने ब्रम्हाको पनि थापना गरिन्छ । घटस्थापनाका दिन पूजाकोठामा घैंटो अथवा घडामा जल भरी माथिपट्टि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ ।

बिहानै उठेर नुहाइधुवाइ गरी चोखो भएर पूजाकोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बिउ उमार्ने गरिन्छ । त्यही नजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन छ । जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्न जमरा उमार्ने गरिएको अध्यक्ष डा. गौतमले बताए ।

यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात् दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ । यसरी लिइएको जलले आयु बढ्ने र राम्रो स्वास्थ्य हुने जनविश्वास छ ।

नौ दिनसम्म महाकाली, महादुर्गा र महाभवानीको आराधना र पूजाअर्चना गरी विजयादशमीका दिन टीका र जमराको प्रसाद ठूलाबडा र पुरोहितबाट ग्रहण गरिन्छ । घटस्थापनाका दिन थापिएको नवदुर्गा, घडा तथा जमरामा नौ दिन पूजाआजा गरी जल, अर्ध पञ्चामृत चढाउने गरिन्छ ।

दसंैको पहिलो दिन अर्थात् घटस्थापनाका दिन शैलपुत्री देवीको पूजा गरिन्छ । शैलपुत्रीलाई हिमालय पर्वतकी पुत्री पार्वतीका रूपमा लिने गरिएको छ । घटस्थापनाका दिन घरघरमा जौ मकै विधिवत रूपमा रोपेर माझमा थापिएको कलशमा शैलपुत्रीको पूजा अर्चना गरिने चलन छ ।

यसैगरी, घटस्थापनादेखि नवरात्रभरि दुर्गा सप्तसधी र चण्डी पाठ गर्ने चलन छ । सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा बलि दिई हात हतियार र निसानको पूजा गरिन्छ ।
बक्समा

शुभ साइत तर ज्येष्ठ नागरिक जोखिममा
नेपाल पञ्चांग निर्णायक समितिले यसपालि १० कात्तिकमा पर्ने विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा रहेको जनाएको छ । मान्यजनको हातबाट देवीको प्रसाद ग्रहणका लागि शुभसाइत तोकिए पनि सर्वसाधारणका लागि विजयादशमीको दिनभर नै उत्तम भएकाले जुनसुकै बेला टीका प्रसाद ग्रहण गर्दा पनि शुभ हुने समितिका अध्यक्ष प्राडा. रामचन्द्र गौतमले बताए ।

यसपालि कोरोना महामारीका कारण ज्येष्ठ नागरिकको हातबाट टीका लगाउन जाँदा उनीहरु जोखिममा पर्ने भन्दै सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

नवरात्रमा पूजा गरिने नौ देवीहरु
बडादसैंका बेला नवदुर्गाको पूजा गरिन्छ । नौ दिनमा हरेक दिन छुट्टाछुट्टै देवीको पूजा अर्चना गर्ने चलन छ । विभिन्न दानवमाथि देवीले विजय प्राप्त गरेको खुसियालीमा दसैं मनाउने गरिएको किंवदन्ती छ । विशेषगरी दुर्गा भवानीको नौरूप (शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री)को पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रचलित छ ।

दसंैको पहिलो दिन अर्थात् घटस्थापनाका दिन शैलपुत्री देवीको पूजा गरिन्छ । शैलपुत्रीलाई हिमालय पर्वतकी पुत्री पार्वतीका रूपमा लिने गरिएको छ । घटस्थापनाका दिन घरघरमा जौ मकै विधिवत रूपमा रोपेर माझमा थापिएको कलशमा शैलपुत्रीको पूजाअर्चना गरि ने चलन छ ।

यसैगरी दोस्रो दिन ब्रम्चारिणीको पूजा गरिन्छ भने तेस्रो दिन पुजिने देवी चन्द्रघण्टा हुन् । यस्तै, चौथो दिन देवी कुष्माण्डको, पाँचौं दिन कुमार कार्तिकेयकी माता स्कन्दमाताको पूजा गरिन्छ ।

छैटांै दिन कात्यायनीको पूजा गरिन्छ भने सातौं दिन कालरात्रि देवीको पूजा गरिन्छ । कालो वर्ण भएकी कालरात्रि देवीको वाहन गधा हो भने देवीले क्रोधमा आगो निकाल्छिन् । चार हात भएकी देवीको चारै हातमा तरवार, मसाल र वरमुद्रा लिएकी हुन्छिन् । फूलपातीका दिन पुजिने देवी यिनै हुन् । यसैगरी, अष्टमीका दिन देवी महागौरीको पूजा गरिन्छ । विजयादशमीको अघिल्लो दिन सिद्धिदात्री देवीको विशेष पूजा गर्ने चलन छ ।

(Visited 57 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

धान खेतमा स्मार्ट लाइसेन्स

काठमाडौं । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा फालिएका अवस्थामा फेला परेको छ ।...

सरकारले काठ ओसारपसारमा राेक लगाएपछि देवघाटमा शव जलाउने दाउरा अभाव

चितवन ।  दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ । तीन दिनका लागि मात्रै दाउरा मौज्दात रहेकाले त्यसपछि शव...

कांग्रेस समय अनुसार बदलिन सकेन डाइनाेसर जस्तै भयाे : प्रभु साह

गौर। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले नेपाली कांग्रेस समय अनुकुल बदलिन नसकेको बताएका छन् । आइतबार रौतहटको फतुवा विजयपुर नगरपालिका-११, भैसहीमा आयोजित...

सरकारको कामबारे सुझाब दिनुस्, आलोचना गर्नुस् : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली पत्रकार र सञ्चार माध्यमहरुसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । अर्थ मन्त्रालयमा नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग बिहीवार भएको...

नेपालगञ्ज र कोहलपुरका व्यवसायीहरु जुवाको खालबाट पक्राउ

नेपालगन्ज । नेपालगञ्ज र कोहलपुरका व्यवसायीहरु जुवाको खालबाट पक्राउ परेका छन् । २९ लाख ४८ हजार नगदसहित १० जना जुवाडे पक्राउ परेका हुन् ।...

ट्रेन्डिङ

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका-७ बस्ने ४७...

यूएईको शारजाहमा दुई नेपालीको हत्या

युएइ । युनाइटेड अरब इमिरेटस (यूएई) को शारजाह सहरमा दुई नेपाली युवाको हत्या भएको छ । उनीहरु को हुन् भनेर परिचय खुलाइएको छैन ।...

प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ : रिजाल

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सदनलाई विश्वासमा लिएर काम गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय...

प्रदेश २ जलमग्न (फोटोफिचर)

जनकपुरधाम । अबिरल वर्षाका कारण प्रदेशका प्रमुख नदीमा बाढी आएको छ । कोशी, कमला, बागमती,बालबकैया, जलाध, रातु नदीमा पानीको बहाब उच्च रहेको छ । धनुषा...

लाइपजिग रोकिँदा साल्केको अर्काे हार

म्युनिख । उपाधि जित्ने झिनो सम्भावना रहेको आरबी लाइपजिग हेर्था बर्लिनसँग बराबरीमा रोकिँदा साल्केले कोरोना त्रासका बीच सुरु भएको जर्मन बुन्डेस लिगामा लगातार तेस्रो...

हाम्रा आफन्तलाई छिटो नेपाल फर्काइयोस्

काठमाडौं । चीनको उहान सहरमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारले कुनै गम्भीर पहलकदमी नचालेको उनीहरूका अभिभावकले गुनासो पोखेका छन् । सोमबार...

कोभिड–१९ फैलिएका मुलुकमा अन्तरराष्ट्रिय उडान रोक्न सुझाव

काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि सङ्क्रमण भेटिएका मुलुकबाट दुवैतर्फी उडान रोक्न पर्यटन व्यवसायीले सुझाएका छन् । छिमेकी मुलुक चीनको वुहान शहरबाट...

कालीकोटमा वडा अध्यक्ष रंगेहात पक्राउ

कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष दलबहादुर विश्वकर्मालाई (प्रकाश) आपत्तीजनक अवस्थामा स्थानियले रंगेहात पक्राउ गरेका छन् । अत्याधिक मदिरा सेवन गरेका अध्यक्ष...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

गाली बेइज्जती गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

काेराेना संक्रमणबाट पत्रकार बिष्णुप्रसाद चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि...

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

जुम्ला ।  दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका...

भर्खरै

छुरा प्रहार गरी हत्या,हत्या गर्ने फरार

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

आठ दिनपछि चौरसियाको अन्त्येष्टि

 पर्सा । मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी( नेकपा)पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । चौरसियाको परिवारले दिएको किटानी...

चैत्य, मठमन्दिर र गुम्बा निर्माण गर्दै बैत्यश्वर

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकाले प्राकृतिक, धार्मिक र पुरातात्विक महत्व बोकेको ३४ स्थानको पहिचान गरी चैत्य, मठमन्दिर र गुम्बा निर्माण गरेको छ । भ्रमण...

धेरै पढिएका

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ । मुख्यमन्त्री तथा परिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्को...

३५१७ नयाँ संक्रमित थपिए, ४०९६ संक्रमणमुक्त

काठमाडौं । विगत २४ घन्टामा ३ हजार ५ सय १७ नयाँ कोरोना संक्रमित थपिएका छन् । १४ हजार ९ सय ८९ जनाको पीसीआर टेस्ट...

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन...

नेकपाको चियापन नहुने

काठमाडौं । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)