नेपालको ग्रेटवाल

केबि मसाल

चीनको झैं विश्व प्रसिद्ध ग्रेटवालको झल्को दिनेगरी तनहुँ बन्दीपुरमा पनि पदमार्ग निर्माण सुरु भएको छ । बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवद्र्धन उद्देश्यसहित निर्माण गरेको पदमार्गले थानीमाई मन्दिरबाट मुकुन्देश्वरी डाँडा, हिमशृंखला र सुन्दर गाउँबस्ती अवलोकन गर्न सकिनेछन् ।

तीन मिटर फराकिलो र चार किलोमिटर दूरीको छ, पदमार्ग । मुकुन्देश्वरी डाँडामा संग्रहालय बनाउने लक्ष्य छ । पदमार्गले राजा मुकुन्द सेन बसेको ठाउँ प्रचारसँगै बन्दीपुरका ग्रामीण बस्तीसमेत प्रवद्र्धन हुनेछ । यो डाँडा ऐतिहासिक राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । पदमार्गलाई पनि मुकुन्देश्वरी नामाकरण गरिएको छ ।

बन्दीपुरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक पुग्ने गर्छन् । बन्दीपुर गाउँपालिका–४ र ५ जोड्न रानीवन क्षेत्रमा साइकल लेन ९ किलोमिटर निर्माण भएको छ । मगर र गुरुङ गाउँको संस्कृति अध्ययन गर्न अब साइकलबाटै यात्रा गर्न सकिन्छ । साइकल लेन गुरुङ र मगर जातिको कोरिखा र रामकोट होमस्टेसँग जोडिएको छ ।

बन्दीपुर अब केही समयपछि केबलकारबाट पनि पुग्न सकिन्छ । यसका लागि पृथ्वीराजमार्गमा पर्ने बन्दीपुर गाउँपालिका–४ ठूल्ढुंगामा तल्लो स्टेसन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेसन निर्माण जारी छ ।

माथिल्लो स्टेसनमा चारतारे होटल निर्माण हुनेछ । केबुलकारका लागि आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पञ्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिज्म इन्भेस्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीय लगानीमा केबलकार परियोजना निर्माण भइरहेको हो ।

बन्दीपुर गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्छ । राणाशासनको समय पश्चिम ३ नम्बर गौडा थियो, बन्दीपुर । पञ्चायती व्यवस्थामा २०२५ सालसम्म तनहूँ सदरमुकाम रह्यो ।

२०६९ मा नगरपालिका थपिँदा बन्दीपुर नगरपालिका हुन पुग्यो । अहिले नयाँ प्रादेशिक संरचना कायम गर्दा साबिकको बन्दीपुर नगरपालिका गाउँपालिका भएको छ । यो कुनै समय मुख्य व्यापारिक नाका थियो ।

तनहुँ, कास्की, लमजुङ र गोरखाको व्यापारी केन्द्र र चितवनबाट सामान ल्याउने तथा पठाउने बजारका रूपमा विकास भएको थियो, बन्दीपुर । तनहुँ सदरमुकाम २०२५ सालमा दमौली सारिएपछि बन्दीपुर पर्यटकीय गन्तव्य बन्न पुगेको हो ।

राणा शासनका बेला बन्दीपुरमा व्यापारिक उन्नति र अन्य विकाससमेत उच्च अवस्थामा थियो । पृथ्वी राजमार्ग बनेपछि सदरमुकाम दमौलीमा सर्नु र व्यापारिक केन्द्र दमौली, डुम्रे, विमलनगर, खैरेनी, भन्सारमा विकास हुँदै जाँदा बन्दीपुरका आदिवासी नेवार विस्तारै व्यापारको खोजीमा विस्थापित हुन पुगे ।

यद्यपि, आजभोलि बन्दिपुरको रौनक अर्कै छ । बन्दीपुर क्रमशः पुरानै लयमा फर्किन थालेको छ । आधुनिक भवन बन्दै छन् । शिक्षा, स्वास्थ्य र सडक विकास हुँदै गएको छ । पहिला बन्दीपुरमा खानेपानीको ठूलो समस्या थियो । तर, अहिले नयाँ खानेपानी योजनाले राहत दिएको छ ।

पहाडी संस्कृति, दृश्य र पैदलयात्राका लागि बन्दीपुर उपयुक्त गन्तव्य हो । मंसिरतिर हिमाल हेर्दै बन्दीपुरे सुन्तलाको स्वाद लिन सकिन्छ । जेठदेखि असारसम्म यहाँ पुग्नेलाई बाटैभर चौबिस जातिका सुनगाभाले स्वागत गर्छ । घुम्न तथा बसोबासको समस्या छैन । सुविधासम्पन्न रिसोर्टमात्र होइन, पुराना नेवारी घर पनि मध्यमस्तरको होटल र होमस्टेका रूपमा सजाइएका छन् ।

बन्दीपुरका कतिपय घरमा खाना र बिहानी खाजा खाने गरी सःशुल्क पाहुना भएर बस्न सकिने व्यवस्था पनि छ ।

२०२५ सालमा तनहुँ सदरमुकाम बन्दीपुरबाट दमौली सार्दा सायद बन्दीपुरेले सोचेकै थिएनन्, आज बन्दीपुरको यस्तो विकास हुन्छ भनेर । सदरमुकाम सारिएपछि यहाँका व्यापारी नारायणगढ, दमौली र डुम्रे बजार विस्तापित भए । चहलपहल विस्तारै हराउँदै गयो । तर, प्रकृतिले भने कहिल्यै साथ छाडेन । बन्दीपुर छाडेर अन्यत्र बसाइँसराइ गरेकाले बन्दीपुरलाई पर्यटनमार्फत् उकास्ने अठोट लिए ।

बन्दीपुरमा विस्तारै होटल खुल्नेक्रम तीव्र भयो । अहिले पर्यटकका लागि स्वर्गजस्तै ठाउँ बनेको छ । काँचुली फेरिएको छ । कोलाहल, धूँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्य भएको छ ।

चहलपहल र होमस्टेका घर हेर्दा बन्दीपुर बाह्यमात्र नभएर ग्रामीण आन्तरिक पर्यटकको गन्तव्यसमेत बनेको छ । स्थानीय नयाँ गन्तव्य खोजी गर्न थालेका छन् । बन्दीपुर घुम्न आउने पर्यटकलाई आकर्षित गर्न बन्दीपुरमा होमस्टेदेखि थ्री स्टारसम्मका होटल छन् । पर्यटक यहाँको हावापानी, संस्कृति, रितिरिवाज देखेर आकर्षित हुने गर्दछन् । मात्र एकदिन बस्ने सोचमा आएका पर्यटक बन्दीपुर पुगेपछि बसाई नलम्ब्याई रहन सक्दैनन् ।

परम्परागत नेवारी संस्कृतिमा आधारित घर आकर्षण बनेका छन् । पिकनिकका लागिसमेत विभिन्न जिल्लाबाट विद्यार्थी आयने गरेका छन् । बन्दीपुर बजारमा ढुंगाले छापेका बाटोबाट सवारीसाधन निषेध गरिएको छ । यहाँ पुग्दा जो–कोहीलाई भक्तपुरको कुनै भागमा पुगेझैं लाग्छ । सडक दायाँबायाँ टम्म जोडिएका घर, दक्षिणी मोहडाका घरमा तलतिर ढलान त्यसमाथि घाम ताप्ने बार्दली र फुलका गमला लहरै सजाएका छन् । ढुंगा (स्लेट)ले छाएका घरसडकमा ढुंगै बिच्छाइएको छ ।

त्यस्तो त, बन्दीपुर नाम’bout अनेकौं किम्बदन्दी पाइन्छन् । गण्डकी अञ्चलका अधिकांश ठाउँका नाम ‘डी वा दी’बाट उच्चारण हुन्छन् । जस्तै, राम्डी, माडी, मस्र्याङ्दी, चुँदी, दरौंदी आदि । मगर भाषामा ‘डी’लाई पानी भनिन्छ । बन्दीपुर ’round मगर जातिको वस्ती भएको र परापूर्वकालमा वनको पानी खानपर्ने भएकाले ‘वनडी’ अर्थात् वनको पानीबाट बन्दीपुर भएको कथन छ ।

राणाकालीन समय अपराधीलाई थुन्ने अर्थात् बन्दी गर्ने स्थान भएकाले ‘बन्दीपुर’ भनिएको हो भन्ने पनि पाइन्छ । तर, बन्दीपुर’bout अनुसन्धान गर्ने इटालीका लिण्डा इटालिएनले खडकदेवीको पुजारीको नाम ‘बन्दी’ थियो र उनकै नामबाट ‘बन्दीपुर’ हुन गएको उनले उल्लेख गरेका छन् ।

पहिलोपटक पुग्ने यहाँको स्वच्छ वातावरण, सफा सडक, अधिकांश घरमा होमस्टे सुविधा देख्दा एकैछिन त अचम्ममा पर्छन् । प्रकृतिक सौन्दर्यका लागि जति प्रसिद्ध छ, त्यति नै अतिथी सत्कारमा प्रख्यात मानिन्छ, बन्दीपुर । ‘पहाडकी रानी’बाट प्रसिद्ध बन्दीपुरमा १८औं शताब्दीका खडक देवी विन्ध्यवासिनी, थानिदेवी, नारायण, पारपानी महादेव, तीनधारा महादेव, मुकुन्देश्वरी मुख्य धार्मीकस्थल मानिन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 812 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुवै पदमा दोस्रो पटक आमने सामने