मिथुनका छोराले महिलालाई बेहोस बनाएर बलात्कार गरेका थिए !

मुम्बई । बलिउड नायक मिथुन चक्रबर्तीका छोरा महाक्षय चक्रवर्तीलाई एक महिलाले बलात्कारपछि भु्रण हत्या गराएको अभियोगमा प्रहरीमा एफआरआइ दर्ज गराएकी छिन् । एक ३८ वर्षिय महिलाले प्रहरीमा एफआरआइ दर्ज गराउदै महाक्षयको आमाले धम्कि दिएको आरोप लगाएकी छिन् ।

पीडितको भनाई अनुसार सन २०१५ देखी २०१८ सम्म ति महिला महाक्षयसंग रिलेशनसिपमा थिइन् । सन २०१५ मा महाक्षयले अँधेरीमा रहेको फ्ल्याटमा ड्ंिकमा केही नशालु पदार्थ मिलाएर खुवाएका थिए र बलात्कार गरेका थिए । त्यसपछि गर्भवती भएकी महिलाले महाक्षयको निर्देशनमा औषधी खाएर गर्भपतन गराएकी थिइन् ।

यस घटनापछि महिलाले महाक्षयसंग दुरी बढाउदै गएको र उनकी आमाले फोन गरेर धम्कि दिएको आरोप लगाएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
समाजवादी ५२, माओवादी २६, एमाले १० र कांग्रेस २ जिल्लामा शून्य