चौथो खप्तड गोल्डकप : विभागीय टीम एपिएफ क्वाटरफाइनलमा

धनगढी। नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण अन्तर्गत शनिवार भएको खेलमा विभागीय टीम एपीएफ विजयी भएको छ । ए डिभिजन टीम एनआरटीलाई स्तब्ध पार्दै एपीएफ क्वाटरफाईनल प्रवेश गरेको हो ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा भइरहेको सर्वाधिक धनराशिको गोल्डकपको दोस्रो दिन भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम आठमा पुगेको हो । एपीएफलाई जित दिलाउन रमेश दंगाल र बिकु तामाङले एक एक गोल गरे । एनआरटीको लागि दर्शन गुरुङले गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने एनआरटीले बनाएको थियो । खेलको ३९ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । कप्तान प्रकाश बुढाथोकीले मिलाएको पासलाई दर्शनले डिबक्स भित्रबाट पहिलो बारमा सुन्दर गोल गरेका थिए ।

तर, दोस्रो हाफमा एपीएफ खेलमा फर्कियो । खेलको ६१ औं मिनेटमा रमेशले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याए । सुदिप शिख्राकारको कर्नरमा अनमार्क रहेका डिफेन्डर रमेशले हेड गोल गरे । त्यसपछि खेलको ६७ औं मिनेटमा वैकल्पिक खेलाडी बिकुले गोल गर्दै एपीएफलाई २–१ को जित दिलाए । कप्तान टोप बहादुर बिष्टले प्रहार गरेको रिवाउण्ड बलमा बिकुले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच एपीएफक रमेश दंगाल चुनिए । उनले १० हजार सहित ट्रफी प्राप्त गरे । अब एपीएफले सेमिफाईनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

यसअघि सहिद स्मारक ए डिभिजन लिगमा एनआरटीसँग ३–२ को हार व्यहोरेको एपिएफले त्यसको बदला समेत लिएको छ । प्रतियोगिता अन्तर्गत आईतबार नव जन जागृती क्लब सिमरा र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्नेछन् ।

फागुन ९ गतेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ ।


नेपाल आईस मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ । प्रतियोगिताको प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ । यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ अफिसियल वैंकमा सनराईज वैंक हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट रहेको छ ।

सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारा सहित सुदुरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 320 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अमरगढी–१ मा काँग्रेस वडा अध्यक्ष निर्वाचित