Saturday, October 31, 2020
Home प्रमुख पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्दै

पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्दै

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले पछिल्लो पटक गरेको निणर्यका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने खतरा बढेको छ ।

पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु भएको आशंका गरिएका शवलाई विद्युतीय शवदाह गृहमा जलाउन रोक लगाएसँगै पशुपति आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने सम्भावना बढेको हो ।

कोषले मृतकका आफन्तको आग्रहलाई समेत बेवास्ता गर्दै शंकास्पद एवं अन्यलाई आर्यघाटमा दाउराको परम्परागत विधिबाटै जलाउन बाध्य बनाएका कारण भेला भएकाहरूबाटै संक्रमण फैलिरहेको बताइएको छ । परम्परागत विधिबाट लास जलाउन ३ देखि ४ घण्टा लाग्ने गरेको छ ।

संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या दैनिक गुणात्मक रूपले बढेर अस्पतालका बेडहरू समेत नपाएर ज्यान गुमाउनेहरूको संख्या बढिरहेको छ । कोरोनाका कारण मृत्यु पुष्टि नभएका शंकास्पद र अन्य कारणले ज्यान गुमाएका मृतकको शप पशुपतिको आर्यघाटमा सँगै जलाउँदा मृतकका मलामी मात्र नभएर अहिले पशुपति क्षेत्र विकास कोषका कर्मचारी एवं शव जलाउने काममा सहयोग गरिदिने मजदुरहरू समेत उच्च जोखिममा परेका छन् ।

पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु भएको आशंका गरिएका शवलाई विद्युतीय शवदाह गृहमा जलाउन रोक लगाएसँगै पशुपति आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने सम्भावना बढेको हो

पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु प्रमाणित रिपोर्ट भएकालाई मात्र विद्युतीय शवदाह गृह प्रयोग गर्न दिने निर्णय त्रुटिपूर्ण देखिएको छ । अन्य कारणले मृत्यु भएकाहरू तथा कोरोनाबाट मृत्यु भएका हुन सक्नेहरूका आफन्तले विद्युतीय शवदाहमा लास जलाउन खोजे पनि कोषले रोक्दै आएको छ । जसका कारण अहिले कोरोनाबाट मृत्यु भई पिसिआर रिपोर्ट लैजान बिर्सिएकाहरूले समेत आर्यघाटको दाउराबाटै शब जलाउने गरेको पशुपतिनाथ क्षेत्र पुग्ने अधिकांशको भनाइ छ ।

विगत २२ वर्षदेखि शव जलाउन सहयोग गर्दै आएका कोषका एक ब्राह्मणले भने, ‘अहिले हामीलाई पनि मृतकका शव जलाउन निकै डर लागिरहेको छ । यदि कसैले कोरोना संक्रमणबाट मृत्यु भएकालाई पनि झुक्याएर यहाँ ल्याइदिए भनेसंक्रमित हुने भय छ ।’

यस विषयमा कोषको कार्यालयमा जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको शव जलाउन खटिनेहरूको गुनासो छ ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले हाल कोरोनाका कारण मृत्यु प्रमाणित रिपोर्ट भएकालाई मात्र विद्युतीय शवदाह गृह प्रयोग गर्न दिने कडा व्यवस्था मिलाइएको बताए । उनले अन्य शंकास्पद शवलाई विद्युतीय मेसिनमा लैजान खोज्ने आफन्तको आग्रहलाई समेत कोषले सम्बोधन गर्न नसकेका कारण आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने जोखिमयुक्त ठाउँ बन्न सक्ने स्थिति देखिएको स्विकारे ।

उनले सकेसम्म कोरोना संक्रमण नफैलियोस् भन्ने उद्देश्यले मात्रै कोषले कोरोनाका कारण मृत्यु प्रमाणित रिपोर्ट भएकालाई मात्र विद्युतीय शवदाह गृह प्रयोग गर्ने व्यवस्था गरिएको बताए ।

अझै कोरोना संक्रमणबाट मृत्यु प्रमाणित भएकाहरूको शव जलाउने विद्युतीय मेसिनको अभाव पूरा गर्न अन्य ३ वटा मेसिन जडानका लागि टेन्टर प्रक्रिया सुरु भएको जानकारी गराउँदै खतिवडाले भने, ‘सार्वजनिक खरिद ऐनअनुसारका सबै प्रक्रिया पूरा गरी काम सम्पन्न गर्न केही समय लाग्छ ।’

अहिले पशुपतिमा जम्मा २ वटा विद्युतीय शवदाह गृहबाट मात्र कोरोनाका कारण मृत्यु प्रमाणित भएका शवलाई लामो समय लाइनमा राखेर जलाउने काम भइरहेको जानकारी गराउँदै उनले कोरोना शंकास्पद शव जलाउने व्यवस्था नभएका कारण अहिले पशुपति आर्यघाट क्षेत्रमा यस्तो समस्या आइपरेको बताए । उनले कोषले आर्यघाटमा दाउराको परम्परागत विधिबाटै शव जलाउने काममा खटिएका बाहुनहरूलाई सकेसम्म शव नछोएर काम गर्नु मात्र भनिएको बताए ।

उनले अहिलेको कोरोना महामारीबीच यो सरकारको मात्र नभएर मृतकका आफन्त सबैको सामूहिक समस्या भएकाले जतिसक्दो छिटो यसलाई सम्बोधनको प्रयास हुने बताए । काठमाडांैमा चिसो बढेसँगै पशुपतिको आर्यघाट र विद्युतीय शवदाह गृहमा शवको चाप बढिरहेको कोषले जनाएको छ ।

आफूलाई कोरोना लागेको शंका हुँदा हुँदै पीसीआर परीक्षण नै नगरी बेसारपानी खाएकै भरमा ज्वरो र रुघाखोकी निको पार्न खोज्दा केही दिनअघि काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुंगामा बस्दै आएका ५० वर्षीय मुकुन्दराज पाण्डको मृत्यु भएको थियो ।

काठमाडौंमा बसेर पनि कोरोनाको लक्ष्यणसहित बिरामी भएका पाण्डेले अस्पतालभित्र पस्नै पाएनन् । त्यसपछि उनका घर परिवारले मृतक पाण्डेको मृत्युको कारण कोरोना नै हुनुपर्छ भन्ने अनुमानसहित त्रिवि शिक्षण अस्पतालका डाक्टरलाई पीसीआर परीक्षण गरिदिन निकै आग्रह गरे । तर, मृत्यु भइसकेपछि पीसीआर नगर्नु भन्ने सरकारको निर्णयअनुरूप अस्पतालले उनको पीसीआर गर्न मानेन ।

कोरोना संक्रमणको शंकाबीच उनका घर परिवारका सदस्यले जतिसक्दो सुरक्षित किसिमले पाण्डेको शव जलाउन पशुपतिको इलेक्ट्रोनिक मेसिन प्रयोग गर्ने निर्णय गरे । तर, पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु प्रमाणित रिपोर्ट भएकालाई मात्र इलेक्ट्रोनिक मेसिन प्रयोग गर्न दिने र शंकास्पद एवं अन्यलाई आर्यघाटमा दाउराको परम्परागत विधिबाटै जलाउनुपर्ने व्यवस्था गरेका कारण उनको पविारले पनि दाउराबाटै पाण्डेको शव जलाएका थिए ।

(Visited 1,681 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

काेराेना संक्रमणबाट पत्रकार बिष्णुप्रसाद चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि...

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे...

ट्रेन्डिङ

‘छुवाछुतको कारण साेती नरसंहार मुलुकमै पहिलो घटना’

काठमाडौं । दलित गैरसरकारी संस्था महासंघले जाजरकोट र रुकुमपश्चिमको सोतिगाउँ घट्ना र रुपन्देही देवदह अंगिरा पासीको बलात्कारपछि हत्या प्रकरणको संक्षिप्त स्थलगत् अध्ययन प्रतिवेदन सार्वजनिक...

युरोपा लिग : सेमिफाइनल समीकरण पूरा

लन्डन । युरोपा लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा इग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले स्पेनिस क्लब सेभियाको सामना गर्दा इटालिन क्लब इन्टर...

सदरमुकामसँगै जोडिएको चप्पनमा खानेपानी नहुँदा स्थानीयलाई सास्ती

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट भित्रै रहेको त्रियुगा नगरपालिका– ११ चप्पन बरुवाधारका स्थानीयबासीले स्वच्छ खानेपानी...

अयोध्यामा राम मन्दिर बन्ने भएकोमा राणा प्रफुल्ल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले अयोध्यामा राम मन्दिर निर्माण हुने विषयले हिन्दु धर्ममा आस्था राख्ने सबैलाई प्रफुल्लित तुल्याएको...

मैत्रीपुर्ण भलिबल प्रतियोगितामा कालिकोट बिजयी

कालिकोट । नेपाली सेनाको स्थापना दिवसका अवसरमा आयोजित मैत्रीपुर्ण भलिबल प्रतियोगितामा कालिकोटवासीको टिम बिजयी भएको छ ।...

सिपिएललाई अनुमति, सन्दीपले खेल्ने

काठमाडौँ । नेपाली खेलाडी सन्दिप लामिछानेले खेल्ने क्यारेवियन प्रिमियर लिग (सिपिएल) लाई ट्रिनिडाड एण्ड टोबागोले अनुमति दिएको छ । यसअघि ट्रिनिडाड एण्ड टोबागोको सरकारले...

ला लिगा सुचारु गर्न अनुमति

मड्रिड । स्पेन सरकारले जुन महिनाको दोस्रो सातादेखि खेलकुदका गतिविधिसँगै झन्डै दुई महिनाभन्दा बढी समयबाट स्थगित स्पेनिस ला लिगा पुनः सुचारु गर्नका लागि अनुमति...

विद्यार्थीको क्षमता हेरेर सिकाइदै

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले विद्यार्थीको समुह वर्गीकरण गरी पठन–पाठन क्रियाकलप संचालन गरेको छ । प्रविधिको पहुँच, स्वअध्ययन गर्न सक्ने र प्रत्यक्ष सिकाई सहजिकरण गर्नुपर्ने...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

टिकाको दिन कुमार बिकको खुट्टा छिनाउने पक्राउ

तुलसीपुर । तुलसीपुरमा खुट्टा छिनाल्ने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

गाली बेइज्जती गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

काेराेना संक्रमणबाट पत्रकार बिष्णुप्रसाद चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि...

भर्खरै

टिकाको दिन कुमार बिकको खुट्टा छिनाउने पक्राउ

तुलसीपुर । तुलसीपुरमा खुट्टा छिनाल्ने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका...

जमरालाई नदीमा सेलाएर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडाैं ।  धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा...

छुरा प्रहार गरी हत्या,हत्या गर्ने फरार

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

धेरै पढिएका

शनिबार २२२५ नयाँ संक्रमित थपिए, २८४६ जना संक्रमणमुक्त (तथ्यांकसहित)

काठमाडौं । पछिल्लो २४ घन्टामा २ हजार २ सय २५ जना नयाँ संक्रमित फेला परेका छन् । १३ हजार ८ सय ४६ जनामा पीसीआर...

बढी भाडा लिने सवारीसाधन कार्वाहीमा

तनहु । पृथ्वीराजमार्ग अन्तरगत चल्ने विभिन्न सवारीसाधनहरुले मनोमानी ढंगबाट यात्रुसंग चर्को भाडा लिने गरेको गुनासो आएपछी त्यस्ता सवारीसाधन माथी कार्वाही सुरू गरेकाे छ । जिल्ला...

जमरालाई नदीमा सेलाएर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडाैं ।  धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा...

रियलसँग बार्सिलोना पराजित

म्याड्रिड । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलको एल क्लासिको भिडन्तमा रियल मड्रिडले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको छ । क्याम्पनाउमा...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)