Saturday, October 31, 2020
Home Breaking News अस्पतालले शैया लुकाउँदा गम्भीर संक्रमित पनि आइसोलेसनमै बस्न बाध्य

अस्पतालले शैया लुकाउँदा गम्भीर संक्रमित पनि आइसोलेसनमै बस्न बाध्य

काठमाडौं । अस्पतालले कोरोना भाइरस संक्रमितलाई शैया दिन आनाकानी गर्दै खाली शैयासमेत लुकाउन थालेपछि गम्भीर अवस्थामा पुगेका पनि होम आइसोलेसनमै बस्न बाध्य भइरहेका छन् । निजी तथा सरकारी अस्पतालको अमानवीय व्यवहारका कारण गम्भीर बिरामी निकै सकसमा पर्न थालेका हुन् ।

अस्पतालमा शैया हुँदा हुँदै पनि अस्पतालले संक्रमितलाई भर्ना गर्न नमान्दा होम आइसोलेसनमा बस्ने गम्भीर संक्रमितको संख्या बढ्दै गएको हो ।

गम्भीर प्रकृतिका संक्रमितसमेत अस्पतालमा बेड नपाएपछि ज्यानै जोखिममा हालेर होम आइसोलेसनमा बस्न बाध्य भएका हुन् । अस्पतालले आईसीयू र भेन्टिलेटर भए पनि लुकाउँदा समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावकारी अनुगमन गर्न सकेको छैन ।

दीर्घरोगी घरमै, अस्पतालले दिँदैनन् बेड
स्वास्थ्य मन्त्रालयले गर्दैन प्रभावकारी अनुगमन

दीर्घरोगी र ज्येष्ठ नागरिकहरू जोखिममा रहेका छन् । संक्रमण बढ्दै गएर दीर्घरोगीलाई जटिल समस्या हुँदा समेत अस्पतालले शøया दिन आनाकानी गर्दै आएका छन् । उच्च रक्तचापका बिरामीमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने भन्दै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले सावधानी अपनाउन आग्रह गरे ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३८ हजार ७ सय ३७ जना सक्रिय कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै होम आइसोलेसनमा छन् । शनिबार देशभर २५ हजार ४ सय ३८ जना संक्रमित होम आइसोलेसनमा बस्दै आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रदेश १ मा ४ हजार १ सय २५, प्रदेश २ मा ७ सय ६५, बाग्मती प्रदेशमा १५ हजार ९ सय ९८, गण्डकी प्रदेशमा ९ सय ३०, लुम्बिनी प्रदेशमा २ हजार २ सय ८२, कर्णाली प्रदेशमा ७ सय १९ र सुदूरपश्चिम प्रदेशमा ६ सय २१ कोरोना संक्रमित होम आइसोलेसनमा छन् ।

यस्तै, संस्थागत आइसोलेसनमा बस्नेको संख्या १३ हजार २ सय ९९ छ । प्रदेशअनुसार प्रदेश १ मा ४ हजार १ सय २९, प्रदेश २ मा ६ सय ६४, बाग्मती प्रदेशमा ८ हजार १ सय ९२, गण्डकी प्रदेशमा ७ सय ८१, लुम्बिनी प्रदेशमा १ हजार ७ सय ४९, कर्णाली प्रदेशमा ३ सय ९८ र सुदूरपश्चिम प्रदेशमा ३ सय ८६ कोरोना संक्रमित संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं बानेश्वर बस्दै आएका रुकुम मुसिकोटका ३८ वर्षीय युवकलाई एक्कासि उच्च ज्वरो आयो । आफन्तका अनुसार उनलाई एकदमै कमजोर महसुस भयो । उनलाई गत २७ असोजमा संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको थियो । उनी आफन्तसहित वीर अस्पताल पुगे । तर, अस्पतालले बेड नभएको प्रतिक्रिया दिएपछि कोठामै बस्न बाध्य भए । उनका आफन्तले भने, ‘के गर्नु अस्पतालले भर्ना गर्दैन ? अब डाक्टरलाई देखाएर कोठामै हेरचाह गर्नुपर्ला ।’

कति छन् आईसीयू र भेन्टिलेटरमा ?

आईसीयू र भेन्टिलेटरमा उपचार गराउनुपर्ने संक्रमितको संख्या बढ्दै गएको छ । शनिबारसम्म देशभर २ सय ९० जना आईसीयू र ६६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । प्रदेशअनुसार आईसीयूमा उपचार गराउनेमध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ सय ५२, प्रदेश १ मा ३४, प्रदेश २ मा १३, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ५३, कर्णालीमा ९ र सुदूरपश्चिम प्रदेशमा नौ जना संक्रमित छन् ।

प्रदेश १ मा नौ, प्रदेश २ मा १, बाग्मती प्रदेशमा ४८, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ३ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

केही दिनअघिको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जोखिम अवस्थामा मात्रै अस्पताल जान आग्रह गरेका थिए । कोरोना भाइरस संक्रमितको संख्या पछिल्ला केही सातायता ह्वात्तै बढेको छ । शनिबार देशभर ३ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १ लाख २९ हजार ३ सय चार पुगेको छ ।

देशभर संक्रमणमुक्त हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ३८ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टायता १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर ७ सय २७ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म १२ लाख ६९ हजार ६ सय ५ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । हाल ४ हजार ७ सय १५ जना क्वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार काठमाडौंमा १ हजार ४ सय ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ जनालाई कोरोना संक्रमण देखिएको छ ।

(Visited 108 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

२८५६ नयाँ संक्रमित थपिए, ३३३६ जना संक्रमणमुक्त

काठमाडौं । विगत २४ घन्टामा नेपालमा २ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ३ सय ३६ जना संक्रमणमुक्त...

रियलसँग बार्सिलोना पराजित

म्याड्रिड । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलको एल क्लासिको भिडन्तमा रियल मड्रिडले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको छ । क्याम्पनाउमा...

बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा...

दाङमा छोराले गरे बावुको हत्या

तुलसीपुर । दाङमा छोराले बाबुको हत्या गरेका छन् । बंगलाचुली गाउँपालिका–२ पाखापानी निबासी ४५ बर्षका बावु बालाराम विकलाई २२ बर्षका छोरा बीरबहादुर विकले गएराति...

संक्रमित पाँच महिने शिशुसहित दुईको मृत्यु

धरान । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको ज्यान गएको छ । मोरङ, सुन्दर हरैँचाका शिशुको...

ट्रेन्डिङ

एसईई परिक्षा दिन पुगेका विद्यार्थी निरास हुँदै घर फर्के

सप्तरी, राजविराज । सरकारले एक्कासी माध्यमिक शिक्षा परिक्षा (एसईई) स्थगनको घोषणा गरेपनि जानकारी नपाएका सयौ विद्यार्थी विहिबार विहान सप्तरीका विभिन्न परिक्षा केन्द्रमा पुगेका छन्...

काँग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित

काठमाडौँ । नेपाली काँग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लङ्घन गरेकोमा निष्काशन गरेको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले...

पूर्वंसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको घरनजिकै आज विहान पौने ८ बजे बम विष्फोट भएको छ । बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ...

बुन्डेस लिगा आजदेखि, ६ खेलमा प्रतिस्पर्धा

म्युनिख । कोरोना भाइरस (कोभिड–१९)ले विश्वलाई नै आक्रान्त पारेपछि युरोपियन फुटबलको यो सिजनको भविष्य के हुने भन्ने बहस निकै चल्यो । फ्रेन्च लिग वान...

२६ सहसचिव को कहाँ भए सरुवा ?

काठमाडौं । सरकारले १६ सहसचिव सरुवा गरेको छ भने हालै बढुवा भएका १० जनाको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा...

क्यान्सर अस्पताल निर्माणमा जुटिन श्वेता

काठमाडौं । पछिल्लो समय व्यवसायसँगै सामाजिक अभियानमा व्यस्त भएकी अभिनेत्री श्वेता खड्का यतिबेला क्यान्सरविरुद्ध अभियानमा छिन् । सिन्धुपालञ्चोकमा माझी बस्ती बनाएर गरिब माझीलाई हस्तान्तरण...

बजेट अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडौं । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि संसद् बैठक बोलाउने तयारी गरेको छ । बुधबार बिहान प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका...

बस्तिलाई अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण

सप्तरी, राजविराज । सप्तरीको तिरहुत गाउँपालिका ४ दलित बस्तीका बासिन्दाहरुले आफूहरु विगत २४ दिनदेखी अघोषित नाकाबन्दीमा परेको भन्दै न्यायका लागि पहल गरिदिन राष्ट्रिय मानवअधिकार...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

गाली बेइज्जती गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

काेराेना संक्रमणबाट पत्रकार बिष्णुप्रसाद चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि...

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

जुम्ला ।  दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका...

भर्खरै

छुरा प्रहार गरी हत्या,हत्या गर्ने फरार

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

आठ दिनपछि चौरसियाको अन्त्येष्टि

 पर्सा । मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी( नेकपा)पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । चौरसियाको परिवारले दिएको किटानी...

चैत्य, मठमन्दिर र गुम्बा निर्माण गर्दै बैत्यश्वर

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकाले प्राकृतिक, धार्मिक र पुरातात्विक महत्व बोकेको ३४ स्थानको पहिचान गरी चैत्य, मठमन्दिर र गुम्बा निर्माण गरेको छ । भ्रमण...

धेरै पढिएका

‘एकपटक नाङ्गो फोटो पठाउनुस्’ भन्दै फोन आउला है !

काठमाडौं । प्रविधिको दुरुपयोग गर्दै फेशबुक मार्फत अश्लील फोटो माग्नेहरुप्रति सचेत रहन प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले आग्रह गरेको छ । केही व्यक्तिले विभिन्न व्यक्तिको...

दसैं मान्न दुई लाख यात्रु उपत्यकाबाट बाहिरिए

काठमाडौं । कोरोना संक्रमणका कारण यस वर्ष थोरै मान्छेले मात्रै काठमाडौं छाडे । विभिन्न नाकाहरुबाट उपत्यका छाड्ने यात्रुको संख्या दुई लाखको हाराहारीमा रहेको छ...

कोराना संक्रमित दुईको मृत्यु

लुम्बिनी । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका –११ की ५० वर्षीया महिलाको सोमबार राति ८ः१७...

बुबालाई एकतलामाथीबाट खसालेर मार्ने छोरा पक्राउ

दाङ । दाङको बंगलाचुली गाउँपालिका २ पाखापानी बस्ने ४५ वर्षीय बालाराम बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा २२ वर्षीय वीर बहादुर बिकलाई...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)