Saturday, October 31, 2020
Home Editor-Picks नेकपामा बेथिति : कार्यकर्तामा असन्तुष्टि बढ्दो

नेकपामा बेथिति : कार्यकर्तामा असन्तुष्टि बढ्दो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व तहमा नै पार्टी एकताको बाँकी काम टुंग्याउन उदासीनता देखिएको छ । शीर्ष नेताहरू नै शक्ति र सत्ताको पछाडि दौडिरहँदा पार्टी एकताको बाँकी काम छायामा पर्न थालेको भन्दै आम कार्यकर्तामा असन्तुष्टि बढ्न पुगेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा खासै संवेदनशील बन्न नसकेको भन्दै अध्यक्षद्वयलाई यस विषयमा गम्भीर भएर लाग्नुपर्ने पार्टी कार्यकर्ताको सुझाव छ ।

पार्टी एकताको बाँकी काम टुंग्याउन उदासीनता

पार्टीका विभिन्न कमिटीले एकताको बाँकी काम टुंगो लगाउन निर्णय गरे पनि नेतृत्वमा रहेकाहरूले कार्यान्वयन नगर्दा एकताका बाँकी काम ओझेलमा परेको हो । नेकपाभित्र देखिने गरेको एकपछि अर्को किचलोका कारण पार्टी एकताको बाँकी काम टुंगो लगाउने जिम्मेवारी ओझेलमा पर्दै गइरहेको छ । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता घोषणा भएको थियो ।

पार्टी एकता घोषणा कार्यक्रममै शीर्ष नेताले तीन महिनाभित्रैमा पार्टी एकताका सम्पूर्ण काम टुंगो लगाउने उद्घोष गरेका थिए । तर, पार्टी एकता भएको अढाई वर्ष पूरा भए पनि एकताको बाँकी काम टुंगो लाग्न सकेको छैन् ।

पार्टी केन्द्रीय कमिटी, सचिवालय र स्थायी कमिटीले विभिन्न समयमा पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा निर्णय गरे पनि ती निर्णयहरू त्यसै थन्कँदै आएका छन् ।

‘पार्टी बैठकले एकताको बाँकी काम टुंगो लगाउन निर्णय गर्छ । तर नेतृत्वकै बीचमा सधंै किचलो नै भइरहेका कारण एकताको काम ओझेलमा पर्दै गइरहेको छ,’ नेकपा सचिवालयका एक सदस्यले भने, ‘एकताले अन्तिम रूपमा पाउन नसक्दा हजारांै कार्यकर्ता जिम्मेवारीविहीन भइरहेका छन्, जुन दुःखद हो ।’

सत्तारूढ दलका साथै सबैभन्दा ठूलो दल भएका कारण पार्टीमा बहस हुनु राम्रो भए पनि बैठकका निर्णय कार्यान्वयन गर्नमा नेतृत्व सचेत हुनुपर्ने ती सदस्यले बताए । नेतृत्वले चासो नदिएकै कारण पार्टी एकताका काम ओझेलमा परेको उनको दाबी छ ।

पछिलो समयमा सम्पन्न सचिवालय बैठकपश्चात् अध्यक्षद्वय ओली र दाहालबीच पटक पटक छलफल भएको छ । तर, ती छलफल पार्टी एकताका काम समयमै टुंग्याउने विषयमा नभएको नेकपा स्रोतको दाबी छ । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, नियुक्तिलगायतकै विषयमा मात्रै छलफल केन्द्रित भएकाले पार्टी एकताको काम ओझेलमा परेको हो ।

सरकार पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिसहित पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा अध्यक्षद्वयका बीचमा निरन्तर छलफल जारी रहेको भए पनि सहमति जुट्न नसकेको स्रोतको दाबी छ ।

गत ६ असोजमा सम्पन्न सचिवालय बैठकले पार्टी एकताका बाँकी काम टुंगो लगाउने निर्णय गर्दै ठोस प्रस्ताव तयारी गर्नका लागि अध्यक्षद्वय ओली र दाहालका साथै महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो । तर, सचिवालय निर्णयअनुसार तोकिएकै समयभित्रमा ठोस प्रस्ताव तयार गर्न सकिएको छैन ।

सचिवालयको निर्णयअघि केन्द्रीय कमिटीले समेत एकताको बाँकी काम टुंगो लगाउन १५ दिनको समय दिएको थियो । गत १५–१९ माघमा बसेको केन्द्रीय कमिटी बैठकले एकताको बाँकी काम टुंगो लगाउन निश्चित समया अवधि दिए पनि त्यसको समेत पालना हुन सकेको थिएन ।

पछिल्लो पटक सम्पन्न स्थायी कमिटी बैठकले समेत असोज महिनाभित्रमा पार्टी एकताका बाँकी काम टुंगो लगाउन निर्णय गरेको थियो । तर, असोजमा ओली र दाहालबीच भएको छलफलले कुनै निष्कर्ष निकाल्न सकेन् ।

बाँकी छन् यस्ता महत्वपूर्ण कार्य

नेकपाले अहिले पोलिटब्युरो कमिटी गठनका साथै विभिन्न विभाग, आयोगहरूलाई पूर्णता दिनुपर्नेछ । ३२ विभाग, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्लगायतका कमिटीले पूर्णता पाउन सकेका छैनन् ।

ती संगठनले प्रमुख, उपप्रमुख, सचिवहरू पाए पनि सदस्य तोक्न बाँकी छ । नेकपा केन्द्रीय सदस्य एवं प्रवास समन्वय कमिटीका सचिव श्रीप्रसाद साहले यी संगठनले छिटै नै पूर्णता पाउने विश्वास व्यक्त गरे । नेतृत्वका बीचमा छलफल चलिरहेको बताउँदै उनले केही दिनभित्रमै टुंगो लाग्ने बताए । यी संगठनले पूर्णता पाउन नसक्दा काम गर्न असजिलो भएको अनुभव उनले सुनाए ।

(Visited 107 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

वडा सचिवको नेतृत्वमा पाँचौं पटक दलित समुदायमाथि कुटपिट

बैतडी । दशैको दिन थियो, आफ्नै वडाका वडासचिव नैनसिंह रोकायाको नेतृत्वमा आएका ब्यक्तिहरु राति ११ बजे दलित समुदाय काँडा गाउँमा पुग्यो । राति उक्त...

दसैंमा भएको सवारी दुर्घटनामा ४३ जनाको मृत्यु

काठमाडौं । यसपाली दसैंमा मुलुकमा ठूला दुर्घटना भएन । आपराधिक घटनामा समेत कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण...

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन...

तुलसीपुरमा भएको दुर्घटनामा ८ जना घाइते

तुलसीपुर । तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह १७१९ नम्बरको...

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको...

ट्रेन्डिङ

कोरोना संक्रमणले बेलायतमा ८ आप्रवासी डाक्टरको मृत्यु

लन्डन । कोरोना भाइरस (कोविड १९) ले बेलायतमा ८ जना चिकित्सकको ज्यान लिइसकेको छ । उनीहरु सबै आप्रवासी भएको न्योर्कटाइम्सले जनाएको छ...

अस्पताल जानुअघि प्रधानमन्त्री ओलीले भिडियो सन्देश दिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला प्रत्यारोपणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल जानुपूर्व आज भिडिओ सन्देश दिनेछन् । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार...

थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । देशभरमा पछिल्लो २४ घण्टामा १३२५ जना कोरोना सङ्क्रमित थपिएका छन् । आज थपिएका सँगै कुल सङ्क्रमितको सङ्ख्या ६४ हजार १२२ पुगेको छ...

कोरोना त्रास : परदेशिएकाहरु धमाधम गाउँ फर्किंदै

मुगु । कोराना भाइरस संकम्रणमणले विश्व व्यापीरुपमा आक्रान्त तुल्याएको कोरोना भाइरस (कोभिड–१९) बाट त्रसित भएका परदेशीहरु पछिल्लो समयमा आजभोली धमाधम गाउँ...

भुक्तानीको विषयलाई लिएर, प्रदेश सरकार र कर्मचारीबीच विवाद

जनकपुरधाम, । प्रदेश २, सरकारले उपभोक्ता समिति मार्फत गराएको कामलाई लिएर प्रदेश सरकार र कर्मचारीबीच विवाद उत्पन्न भएको छ । प्रदेश सरकार कुनै हालतमा...

भूमि फिर्ता नै हाम्रो अठोट

नक्सा प्रकाशन होइन, भूभाग फिर्तामा ध्यान केन्द्रित राष्ट्रियताको सवालमा यहाँहरूले जुन सजगता राखियोस् भनेर ध्यानकर्षण गर्नुभएको छ, यो राम्रो कुरा हो ।...

बागलुङ बाढी अपडेट : १० जनाको शव फेला, ४१ बेपत्ता

काठमाडाैं । बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको...

यस्ता छन् मन्त्रीका दाबेदार

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी सुरु भएसँगै मन्त्री बन्न दौडधूप सुरु भएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल मन्त्रिपरिषद् पुनर्गठनको आन्तरिक तयारीमा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

गाली बेइज्जती गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

काेराेना संक्रमणबाट पत्रकार बिष्णुप्रसाद चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि...

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

जुम्ला ।  दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका...

भर्खरै

छुरा प्रहार गरी हत्या,हत्या गर्ने फरार

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

आठ दिनपछि चौरसियाको अन्त्येष्टि

 पर्सा । मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी( नेकपा)पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । चौरसियाको परिवारले दिएको किटानी...

चैत्य, मठमन्दिर र गुम्बा निर्माण गर्दै बैत्यश्वर

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकाले प्राकृतिक, धार्मिक र पुरातात्विक महत्व बोकेको ३४ स्थानको पहिचान गरी चैत्य, मठमन्दिर र गुम्बा निर्माण गरेको छ । भ्रमण...

धेरै पढिएका

दसैं आयो, बृद्ध र एकल महिलाको भत्ता आएन

सङ्खुवासभा । सामाजिक सुरक्षा भत्ताको आशमा रहेका खाँदबारी नगरपालिकाका बृद्ध बृद्धाको यो सालको दसैँ खल्लो भएका छ । कोरोना भाइरस संक्रमण तथा बढ्दो महंगी...

सरकारले काठ ओसारपसारमा राेक लगाएपछि देवघाटमा शव जलाउने दाउरा अभाव

चितवन ।  दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ । तीन दिनका लागि मात्रै दाउरा मौज्दात रहेकाले त्यसपछि शव...

राष्ट्रपतिबाट टीका ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज आमा मिथिला पाण्डेका हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको छ । राष्ट्रपति...

नेपालगञ्ज र कोहलपुरका व्यवसायीहरु जुवाको खालबाट पक्राउ

नेपालगन्ज । नेपालगञ्ज र कोहलपुरका व्यवसायीहरु जुवाको खालबाट पक्राउ परेका छन् । २९ लाख ४८ हजार नगदसहित १० जना जुवाडे पक्राउ परेका हुन् ।...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)