सीतालाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले १ लाख २५ हजार रुपैयाँ आर्थिक उपलब्ध गराइएको हो ।

कोषका सदस्य–सचिवसमेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सीता उपचाररत अस्पाताल ट्रमा सेन्टरमा गई सो रकम बराबरको चेक हस्तान्तरण गरे । यसअघि नेपाल ब्याडमिन्टन संघले उनको उपचारको सहयोगको लागि शुक्रबार ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । सीतालाई आइतबार डिस्चार्ज गरिएको छ । ट्रमा सेन्टरमा डाक्टर सरोज राईसहितको टोलीले गत बिहीबार उनको घुँडाको सफल शल्यक्रिया गरेको थियो । ८ असोजमा प्रशिक्षण दौरान लडेर उनको घुँडामा चोट लागेको थियो ।

चोट लागेको तीन सातापछि शल्यक्रिया भएको हो । घुँडाको एसिएल टियर भएको थियो । गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलुकद (साग) सीता सम्मिलित टोलीले टिम इभेन्ट्समा कांस्य पदक जितेको थियो । यसअघि असोज तेस्रो तथा राष्ट्रिय खेलाडी कल्याणकारी कोषले चार खेलाडीलाई उपचारका लागि रकम हस्तान्तरण गरेको थियो । कल्याणकारी कोषमा जम्मा गरिएको रकमको व्याजबाट समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ