काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को चपेटामा सम्पूर्ण संसार नै ठप्प प्रायः रहेको बेला हाम्रो मुलुक अछुतो रहने कुरै भएन । लकडाउन र निषेधाज्ञाले आम सर्वसाधारण निराश भएको रिमालले राष्ट्रिय भावले ओतप्रोत गीत सार्वजनिक गरे ।
उक्त गीतमा चर्चित गायक सुगम पोखरेलको स्वर रहेको छ भने संगीत मोहित मुनालले दिएका छन् । गीतको म्युजिक भिडियोमा देशको रक्षा गर्न नागरिक जागरुक हुनुपर्ने सन्देश प्रवाह गरिएको छ ।
शालीन, भद्र स्वाभावका रिमाल कर्मचारी तथा सहकर्मीमाझ पनि अलग्गै पहिचान बनाउन सफल छन् । केही गरौं भन्न चाहने रिमालले गीत मार्फत पनि आम मानिसलाई जागरुक बनाउन खोजेका छन्
नयाँ पुस्तालाई देशभक्तिको भावनासहित नयाँ जोश र जाँगरसाथ अघि बढ्न प्रेरित गर्ने गीतका प्रत्येक शब्द देश प्रेमको भाव पस्कन सफल छ । गीतले नयाँ पुस्तामा उत्साहका साथ काम गर्ने प्रेरणा दिने रिमालको विश्वास छ ।
करिब बीस वर्षदेखि कृषि विकास बैंकमा बैंकरको रुपमा कार्यरत रिमाल बैंक अन्तर्गत हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । शालीन, भद्र स्वाभावका रिमाल कर्मचारी तथा सहकर्मीमाझ पनि अलग्गै पहिचान बनाउन सफल छन् । केही गरौं भन्न चाहने रिमालले गीत मार्फत पनि आम मानिसलाई जागरुक बनाउन खोजेका छन् ।
पश्चिम नेपालको नेपालगञ्जमा जन्मिएका रिमाल हाल भक्तपुरको बालकोटमा बसोबास गर्दै आएका छन् । आफ्नो पहिलो सिर्जनालाई दर्शक स्रोताले मन पराउने विश्वास गर्दै थप सांगीतिक कोशेली ल्याउने रिमालको अठोट छ ।






