सांसद पराजुलीलाई कोरोना संक्रमण, चालक पनि संक्रमित

धनकुटा । धनकुटाका प्रदेश सांसद ईन्द्रमणी पराजुलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको हो । सांसद पराजुलीलाई केही दिन अघिदेखि ज्वरो र जिउ दुख्ने समस्या सुरु भएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार स्वाब दिएका पराजुलीको मंगलबार रिपोर्ट पोजिटिभ आएको हो । मंगलबारदेखि ज्वरो केही कम भएको भएपनि जिउ दुख्ने समस्या भने उस्तै रहेको सांसद पराजुलीले बताए । ‘दुई तीन दिनदेखि ज्वरो आएपछि घरमै बसेको थिए । आज (मंगलबार) बाट ज्वरो अलिक कम भएको छ ।’ सांसद पराजुलीले भने–‘तर, जिउ दुख्ने समस्या चै उस्तै छ । ढाड अलिक बढी दुखिरहेको छ ।’

सांसद पराजुली असोज २२ गते बिराटनगरबाट धनकुटा फर्किएका थिए । संक्रमण पुष्टि भएपछि अहिले उनी धनकुटा सदरमुकामस्थित घरमै ‘होम आईसोलेशन’ बसेका छन् । संक्रमणपछि सांसद पराजुलीले आफुसँग केही दिन यता सम्पर्कमा आएकाहरुलाई सजगता अपनाउँन सामाजिक सञ्जालमार्फत आग्रह पनि गरेका छन् । ‘विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट अछुतो रहन सकिएन ।’ सांसद पराजुलीले फेसबुकमा लेखेका छन्–‘मेरो पीसीआर रिपोर्ट पोजिटिभ आएकाले मसँग ५–७ दिनबीचमा कन्ट्राक्टमा रहनु हुने मित्रहरुले सजकता अपनाउनु हुन अनुरोध गर्दछु ।’

यसअघि धनकुटाका प्रदेश सांसद कुसुम श्रेष्ठलाई पनि कोरोना संक्रमण देखिएको थियो । उनी अहिले संक्रमणमुक्त भईसकेकी छन् । यसैबीच, सांसद पराजुलीसँगै उनका सवारी चालक सन्तोष रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेककटहरे घर भएका चालक रायमाझीको पनि पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । संक्रमण पुष्टि भएपछि उनी पनि सांसद पराजुलीसँगै होम आईसोलेशनमा बसेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित