Thursday, May 6, 2021
Home भर्खरै कोरोना उपचारबाट पछि हटेको सरकारको स्पष्टोक्ति

कोरोना उपचारबाट पछि हटेको सरकारको स्पष्टोक्ति

जनताको मागअनुसार नै शुल्क लिने निर्णय

,

काठमाडौं । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट पछि हटेकामा सरकारको सर्वत्र निन्दा भइरहेको बेला सरकारले भने नागरिक तथा निजी क्षेत्रको चाहना र मागअनुसार सो कदम चालिएको दाबी गरेको छ । गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई सहज बनाउन जनताको चाहना र मागअनुसार सो कदम चालिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको भनाइ छ ।

स्वास्थ्यमन्त्री ढकालले मंगलबार भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई सहज बनाउन जनताको चाहना र मागअनुसार निजी क्षेत्रको समझदारी र साझेदारीमा शुल्क तिर्न सक्नेहरूका लागि सशुल्क सेवा उपलब्ध गराउन आवश्यक ठानी यी कदम चालिएका हुन् ।’

सरकारको निर्णयले आफ्नै खर्चबाट परीक्षण र उपचार खर्च गर्न सक्ने र चाहने व्यक्तिका लागि सशुल्क उपचार प्राप्त गर्ने अवसर दिएको उनको भनाइ छ ।

बिरामी वा निजको परिवारले उपचार गर्न नसक्ने घोषणा गरेमा ती व्यक्तिको परीक्षण र उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्ने गरी व्यवस्था मिलाइएको

स्वास्थ्यमन्त्री ढकालले महामारीको सुरुवाती दिनदेखि नै कोभिड–१९ को परीक्षण तथा उपचार निःशुल्क गरिँदै आएकामा नागरिक तथा निजी क्षेत्रको चाहना र मागअनुसार निजी क्षेत्रबाट सञ्चालित प्रयोगशाला र अस्पतालमा कोभिडको परीक्षण तथा उपचार भइरहेको बताए ।

उनले भने, ‘कोभिड बिमा वा स्वास्थ्य बिमा वा अन्य किसिमका व्यवस्थाबाट समेत स्वास्थ्य परीक्षण र उपचारको प्रबन्धसमेत गरिएको छ । आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीलाई लक्षण वा चिह्न देखिएमा परीक्षण तथा उपचार निःशुल्क गरिनेछ ।’

उनले उपचारका लागि अस्पतालमा पुगेपछि आर्थिक अवस्था कमजोर भएमा अस्पतालबाट सिफारिस गरेमा वा बिरामी वा निजको परिवारले उपचार गर्न नसक्ने घोषणा गरेमा ती व्यक्तिको परीक्षण र उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्ने गरी व्यवस्था मिलाइएको बताए ।

स्वास्थ्यमन्त्री ढकालले सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा रहेको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण रोकथामलाई मध्यनजर गर्दै २ हजार ६ सय वटा भेन्टिलेटरसहितको आईसीयू तयारी अवस्थामा रहेको जनाएको छ । यस्तै, थप ४ सय भेन्टिलेटरसहितको आईसीयू निर्माणको चरणमा रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अक्सिजन र मनिटरसहितका ३ हजार ५ सय हाइ डिपेन्डेन्सी युनिट थप्ने कार्यलाई तीव्र रूपमा अघि बढाइएको छ । यसले कोभिड–१९ का सिकिस्त बिरामीको उपचारलाई सहज बनाउनेछ ।

अस्पताल नभएका ६ सय ४९ वटा स्थानीय तहमा पाँच बेडको अस्पताल स्थापना गरी सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए । योसँगै स्थानीय तहमा अस्पताल सेवाका लागि ३ हजार २ सय ४५ बेड थपिनेछन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार जिल्लास्थित ५८ अस्पताललाई २५ र ५० बेडमा स्तरोन्नति गर्दा ९ सय २२ बेड, साबिकका ११ अञ्चल, उपक्षेत्रीय र क्षेत्रीय अस्पताललाई २ सय बेडको जनरल अस्पतालमा स्तरोन्नति गर्दा १ हजार ३५ बेड थप गर्ने कार्य अगाडि बढेको छ । प्रदेशस्थित ७ संघीय अस्पताललाई ५ सय बेडमा स्तरोन्नति गर्दा १ हजार गरी ६ हजार २ सय २ बेड थप गर्ने कार्य अगाडि बढाएको जनाएको छ ।

हालसम्म देशभरि २ लाख ३१ हजार ४ सय ५ व्यक्तिले निजी तथा सरकारी प्रयोगशालाबाट शुल्क तिरी परीक्षण गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कोभिडका लागि ७० वटा अस्पताल तोकिएकामा १७ अस्पताल निजी क्षेत्रका रहेका छन् ।

परीक्षण घट्दा संक्रमित घटे
कोरोना भाइरस पहिचानका लागि परीक्षण दर घटेसँगै संक्रमितको संख्या पनि घट्ने गरेको छ । मंगलबार १३ हजार ८ सय ६१ जनाको मात्रै परीक्षण भएको छ । यसरी हेर्दा परीक्षणदर घटेको समयमा संक्रमितको संख्या पनि कम देखिएको छ ।

कोरोना भाइरस सक्रिय संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । हाल देशभर सक्रिय संक्रमित ४१ हजार ७ सय ७५ रहेका छन् । मंगलबार देशभर थप ३ हजार ९३ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ जना पुगेको छ ।

संक्रमणमुक्त हुनेको संख्या पछिल्लो २४ घण्टामा २ हजार १ सय ८ रहेको छ । योसँगै हालसम्म ९६ हजार ६ सय ९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७ सय ६५ पुगेको छ ।

काठमाडौं उपत्यकामा मंगलबार १ हजार ७ सय दुई जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४ सय ३१, ललितपुरमा १ सय २३ र भक्तपुरमा १ सय ४८ जनालाई कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर ३ सय ५१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांकअनुसार ७८ जना भेन्टिलेटरमा र २ सय ७३ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा १ सय ५० जना आईसीयू र ४९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४८ जना आईसीयू र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३० जना आईसीयू र १६ जना भेन्टिलेटरमा र प्रदेश २ मा १० आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यस्तै, सुदूरपश्चिममा ८ आईसीयू र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आईसीयू र चार जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा सात जना आईसीयू उपचाररत रहेका छन् ।

(Visited 182 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि...

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

साताका लोकप्रिय समाचार

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

बेलायतबाट नेपाली चलचित्र

काठमाडौं । दन्त चिकित्सक डा. कपिल रिजालले नयाँ चलचित्र निर्माण गरेका छन् । उनले आफ्नो निर्देशनमा लघु चलचित्र कर्मा: लाइफ इज ए बुम-याङ, यु...

हत्याको आठ महिनापछि अभियुक्त पक्राउ

गुल्मी । गुल्मीमा हत्याको सात महिनापछि अभियुक्त सार्वजनिक गरिएको छ । जिल्लाको इस्मा गाउँपालिका –१ छिनुवामा आफ्नै पसलमा कुटपिट गरि हत्या गरिएका मोति बहादुर...

सर्वसाधारणलाई मास्क बाँड्दै प्रदेश प्रमुख झा

जनकपुर । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले सर्वसाधरणलाई मास्क वितरण गरेका छन् । कोरोना माहामारीको दोस्रो लहर सुरु भएपछि जनकपुरधाममा प्रदेश प्रमुख...

भक्तपुरमा एकै परिवारका तीन जना अचेत अवस्थामा भेटिए, एकको मृत्यु

भक्तपुर । भक्तपुरमा एकै परिवारका ३ जना अचेत अवस्थामा फेला परेका छन् । सुर्यविनायक नगरपालिका वडा नं १० मिलन चोक स्थित वर्ष ६२ को...

ट्रेन्डिङ

पोखरामा एकै दिन १३ जनामा कोरोना संक्रमण

पोखरा । कास्कीमा एकै दिन १३ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये १ जना महिला हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परीक्षणमा...

महाशिवरात्रिमा पशुपति दर्शनका लागि पाँच स्थानबाट लाम

काठमाडौं । यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना...

त्रिभुवन विश्वविद्यालयमा जागरण जरुरी

नेपालको सबैभन्दा ठूलो र पुरानो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय अहिले आलोचनाको केन्द्रमा रहेको छ । यस मातहतका क्याम्पस तथा निकाय पनि टीकाटिप्पणी र आलोचनाको...

दुर्घटनामा घाइते भएका सीपी मैनालीलाई हेलिकोप्टरबाट काठमाडौ लगियो

महोत्तरी । महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइते सबैलाई उपचारका लागि काठमाडौं लगिएको छ...

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं । शीर्ष नेताबीच उत्पन्न विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यसअघि...

प्रधानमन्त्री ओलीको आह्वान ‘सबै परिवर्तनकारी शक्ति एक हौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक र परिवर्तनकारी दललाई एकजुट हुन आह्वान...

आईएमईपे एपमा मोबाइल उपहारको अफर

काठमाडौं । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीको संख्या १० लाखभन्दा बढीपुगेको छ ।यससहित एप डाउनलोड...

पहिलोपटक काभ्रेमा पाँच जनामा कोरोना संक्रमण पुष्टि

काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले बताए । उनका अनुसार काभ्रेको रोशी...

‘गल्ती सच्याएर आउनुस्’

देउखुरी । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन दाहाल–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला...

जनताका समस्या कसरी हटाउने भन्नेमा कहिल्यै छलफल गर्नुहुन्न किन ? : केपी शर्मा ओली

हामी एउटा गम्भीर र जटिल मोडमा उभिएका छौं । यो अत्यन्तै छर्लंग छ र छर्लंग हुँदै गएको छ । यो निकै जटिल छ ।...

कीर्तिमानी आरोही आङरिता शेर्पाको निधन

काठमाडौं । चिर परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । उनको आज सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा ७२ वर्षको उमेरमा...

संक्रमित पाँच महिने शिशुसहित दुईको मृत्यु

धरान । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको ज्यान गएको छ । मोरङ, सुन्दर हरैँचाका शिशुको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)