Friday, December 4, 2020
Home Breaking News राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन, उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने

राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन, उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छन् । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको हो । भूकम्प गएको वर्ष विसं २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले रानीपोखरीबाटै नेपालका सबै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि शिलान्यास गरेकी थिइन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले प्राकृतिक एवं सांस्कृतिक सम्पदाले समृद्ध प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाडौँ उपत्यकाको संरक्षण र विकासका निम्ति यो कार्य एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले ‘भूकम्पबाट घरबारविहीन सबैलाई घरबासको व्यवस्थासहित पुनःस्थापना गर्नेछौँ, भूकम्पबाट क्षतविक्षत भएका हाम्रा सांस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनःर्निर्माण गर्नेछौँ’ भन्ने अठोट र प्रण पूरा हुन लागेकामा खुशी व्यक्त गर्दै बाँकी संरचना चाँडै बन्ने अपेक्षा व्यक्त गरिन् ।

कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरीको आफ्नै ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय महत्व छ । आफ्ना दिदीबहिनी नहुने दाजुभाइले भाइटीका लगाउने महत्वपूर्ण तीर्थस्थलका रूपमा यहाँ रहेको बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रताप मल्लकालीन ग्रन्थकूट शैलीमा पुनःनिर्माण भएको छ ।

उनले प्राधिकरणले परम्परागत प्रविधि, शैली र निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र मन्दिरले हाम्रा पुरातात्विक सम्पदाको संरक्षण र पुनर्निर्माणका क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडीखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी बृहत्तर गुरुयोजना तयार पारेको जानकारी पाउँदा खुशी लागेको बताइन् । उनले सबै सरोकार पक्षसँग समन्वय गरी उक्त गुरुयोजनालाई कार्यान्वयनमा लैजानका निम्ति शुभकामना दिइन् ।

यो पनि पढ्नुहोस   भरतपुरबाट कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

‘पुनर्निर्माण हुँदै गरेको धरहरा र यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँवासीलाई विशाल खुलाक्षेत्र उपलब्ध गराउनेछ । यसबाट सांस्कृतिक चाडपर्व मनाउन, खेल मैदानका रुपमा प्रयोग गर्न तथा स्वदेशी एवं विदेशी पर्यटकहरूका आकर्षणको केन्द्र बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु’, राष्ट्रपतिले भनिन् ।

रानीपोखरीसँगै अवस्थित ऐतिहासिक दरबार हाइस्कूलको पुनःनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम हुनु सराहनीय भएको बताउँदै विद्यालयले योग्य नागरिक तयार गरी मुलुकको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पु-याएको र विनाशकारी भूकम्पबाट क्षतिग्रस्त यस भवनलाई पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पु-याउने मित्र राष्ट्र चीन सरकार र चिनियाँ जनताप्र आभार व्यक्त गरिन् । सो विद्यालय शैक्षिक गुणस्तरको मानक हुने विश्वास उनले व्यक्त गरिन्् ।

पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूलको उद्घाटन भएकामा खुशी व्यक्त गर्दै उनले भूकम्पपछिको पुनःनिर्माणमा नेपाल सरकारले लिएको नीति, योजना र कार्यान्वयन ढाँचा भावी पुस्ता र बाह्य जगत्का निम्ति प्रेरक बन्न सक्ने विश्वास व्यक्त गरिन् ।रासस 

(Visited 93 times, 1 visits today)
Loading comments...

आजको समाचार

उदयपुरको सौर्य सिमेन्ट खानीमा बम विस्फोट, ५ जना घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ८ मर्जेतपुरस्थित भान्टारीमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति अज्ञात समुहले शक्तिशाली बम विस्फोट गराएको छ ।...

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

दमक । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज...

बालिकाको बलात्कारपछि हत्या गरेका किशोर प्रहरीलाई छलेर फरार

धनगढी। बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् । गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी...

सम्पादकीय : सहुलियत ऋण सदुपयोगको प्रश्न

जनजीविकालाई सरल, सहज र सामान्यीकरण गर्नका लागि सरकारले कृषि, पशुपालन, उद्यमशीलता, उद्योग र यस्तै स्थानीय स्वरोजगारका कुराहरूमा वार्षिक २ प्रतिशत ब्याज लिनेगरी सहुलियत ऋण...

सेवानिवृत्त राष्ट्रसेवकको क्षमता उपयोगको व्यवस्थापन

नेपालको संविधानको राज्यका निर्देशक सिद्धान्त र नीतिहरूमा पूर्वकर्मचारी, सैनिक र प्रहरीलगायतका पूर्वराष्ट्रसेवकहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई राष्ट्र हितमा समुचित उपयोग गर्ने नीति रहेको...

साताका लोकप्रिय समाचार

अरिंगालले लियो रमिलाको ज्यान

सप्तरी । अरिंगालले टोकेर गम्भीर घाइते भएकी सप्तरीका एक महिलाको बुधबार उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका १ बस्ने राजेश भन्ने...

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

नेकपामा दुई लाइन संघर्षको बीजारोपण

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ण्का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक अर्कालाई आरोप–प्रत्यारोप गर्दै लिखित प्रतिवेदन पेस गरेपछि पार्टीभित्र स्पष्ट...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

सुनको मूल्य ५०० ले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला...

ट्रेन्डिङ

सलह किराबारे जानकारी दिन कृषिमन्त्रीले पत्रकार सम्मेलन गर्दै, नआत्तिन आग्रह

काठमाडौं । नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति नपुर्याएको भन्दै कृषि मन्त्रालयले किसानहरुलाई नआत्तिन भनेको छ । कृषिमन्त्री घनश्याम भुषालले...

समृद्धि र सुखका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्छ : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापाले समृद्धि र सुखका लागि शान्तिसुरक्षा मजबुत हुनुपर्ने बताएका छन् । प्रहरी चौकी जुटपानीको नवनिर्मित भवनको आज यहाँ...

बजार, यात्रा र वितरण प्रणालीमा सुशासन खोइ ?

काठमाडौं । कोभिड–१९ को महामारी फैलिरहेको र चाडबाड नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि काठमाडौं उपत्यकामै सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल भएको...

प्रियंकाको विवाह १५ फागुनमा

काठमाडौं ।  अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाह अबको ११ दिनपछि हुने भएको छ । डेढ वर्षअघि इंगेजमेन्ट गरेका अभिनेता आयुष्मान र अभिनेत्री प्रियंकाले २०७६...

सचिवको सरुवा (को कहाँ सूचीसहित)

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत केहि सचिवहरुको सरुवा गरेको छ भने केहिलाई पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवको...

कर्मचारीमा कोरोना पुष्टि भएपछि जिप्रका सिरहा एक साताको लागि बन्द

लहान । कार्यालयका कर्मचारीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दा सम्बन्धी बाहेक सम्पूर्ण सेवा आजदेखि...

काठमाडाैंमा पाँच ठाउँमा सुपथ मूल्य पसल सञ्चालन हुने

काठमाडाैं ।  दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी...

लकडाउनकाे उपयाेग यसरी गर्दैछ सडक विभाग

काठमाडाैं । ‘लकडाउन’ जारी रहेसँगै आवश्यक स्वास्थ्य सावधानी अपनाएर विभिन्न स्थानका सडक आयोजनालाई निरन्तरता दिइने भएको छ । सडक विभागले सरकारले...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

प्रहरी समायोजनको प्रारम्भिक काम सुरु

काठमाडौं । नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास भएलगत्तै गृह मन्त्रालयले समायोजनको काम अघि बढाएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी...

नेकपा विवाद : अध्यक्षद्धय ओली र दाहाल बीच सम्वाद हुनै छोडयो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढदै गईरहेका बेला दुई अध्यक्षका बीचमा सम्बाद हुन छोडेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी...

बालिकाको बलात्कारपछि हत्या गरेका किशोर प्रहरीलाई छलेर फरार

धनगढी। बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् । गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी...

कसरी ल्याइँदै छ नेपालमा कोरोनाविरुद्धको खोप ?

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य...

भर्खरै

घाँस काट्न गएकी बालिकामाथी यौन दुर्व्यवहार

काठमाडौं । ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कञ्चनरुप नगरपालिका–११ बस्ने २४ वर्षीय दिपक गाईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाँस काटन...

उदयपुरको सौर्य सिमेन्ट खानीमा बम विस्फोट, ५ जना घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ८ मर्जेतपुरस्थित भान्टारीमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति अज्ञात समुहले शक्तिशाली बम विस्फोट गराएको छ ।...

१० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ

बैतडी । १० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय मानबहादुर...

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

दमक । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज...

धेरै पढिएका

भु माफियाको नाममा रहेको १ सय २२ बिगाह जमिन सरकारको नाममा फिर्ता

रौतहट । लामो समय देखी भु माफियाले कब्जा गरेको १ सय २२ बिगाहा जमिन नेपाल सरकारको नाममा फिर्ता भएको छ । रौतहटको गुजरा नगरपालिका...

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा शुक्रबार थप ४१ हजार ३२२ जनामा कोभिड–१९ संक्रमण भएपछि कुल संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण...

देश बचाउन हिन्दु राष्ट्रको माग : राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले आम जनता र युवा पिढीको राजसंस्था र हिन्दु राष्ट्र प्रतिको चाहना तार्किक निष्कर्षमा पु-याउन आवश्यक...

जहाँ विद्यापतिले १२ वर्ष अध्ययन गरे

जनकपुरधाम । मैथिली भाषाका महाकवि विद्यापतिले १२ वर्षसम्म बसेको ठाउँमा सौन्दर्यकरण गर्ने भएको छ । महोत्तरीको बनौली गाउँमा प्रदेश सरकारले १२ करोड रुपैयाँको लागतमा...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   बालिकाको बलात्कारपछि हत्या गरेका किशोर प्रहरीलाई छलेर फरार

बौद्धमा आमाछोरी मृत फेला, श्रीमान अचेत

(Visited 90 times, 1 visits today)