Tuesday, June 22, 2021
Home Editor-Picks कर छल्न गोर्खा ब्रुअरीद्वारा अदालतमा मुद्दै मुद्दा

कर छल्न गोर्खा ब्रुअरीद्वारा अदालतमा मुद्दै मुद्दा

गोर्खा ब्रुअरीको बदमासी लुकाउन खोज्दा तीन न्यायाधीशकै जागिर चट

,

काठमाडौं । नेपालको बजारमा बढी हिस्सा जमाउँदै आएको खेतान गु्रपद्वारा सञ्चालित बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले कर छल्न विभिन्न अदालतमा मुद्दा दर्ता गर्दै आएको पाइएको छ । ब्रुअरी विभिन्न न्यायाधीशलाई प्रलोभनमा पारेर कर छली धन्दामा सफलसमेत हुँदै आएको छ । यसअघि कर छली गरी राष्ट्रिय सम्पत्तिमा क्षति पु¥याउन खोज्ने गोर्खा ब्रुअरीको बदमासीलाई साथ दिँदा उच्च अदालत पोखराका तीन न्यायाधीशको जागिर गएको थियो ।

गोर्खा बु्रअरीको अन्तःशुल्कको विवाद विगत ६ वर्षदेखि चल्दै आएको छ । उसले नेपालमा उत्पादन गर्ने काल्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियरमा माल्ट (प्रशोधित जौ) नभई कनिकाको मात्रा धेरै प्रयोग गरेको ठहर गर्दै आन्तरिक राजस्व विभागले बियरको मान्यता नदिई लोकल रक्सीमा रूपान्तरण भई हाल विवादमा आएको सो कम्पनीले यसअघिका वर्षमा अन्तःशुल्क कम तिर्न अदालतमा मुद्दा हाल्दै आएको थियो ।

९० करोड अन्तःशुल्क नतिरे गोर्खा ब्रुअरी बजारमा जान नपाउने

गोर्खा ब्रुअरीको विवाद नयाँ होइन । अहिले पनि राजस्व न्यायाधिकरण र सर्वोच्च अदालतमा तीनवटा आर्थिक वर्षमा कर कार्यालयले निर्धारण गरेको अन्तःशुल्कको मुद्दा विचाराधीन रहेको छ । आर्थिक वर्ष २०७०-७१ र २०७१-७२ को मुद्दा राजस्व न्यायाधीकरणमा विचाराधीन रहेको छ । जसमा कर कार्यालयले आर्थिक वर्ष २०७०-७१ मा ७ करोड १८ लाख र २०७१-७२ मा १५ करोड ६१ लाख रुपैयाँ कर निर्धारण गरेको थियो ।

२०७६ जेठको पहिलो साता आन्तरिक राजस्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई ८८ करोड रूपैयाँ कर निर्धारण ग-यो । गोर्खा ब्रुअरीले बियर उत्पादन गर्दा खेर गएको कच्चा पदार्थ (जर्ती) धेरै कटाएको भन्दै कर कार्यालयले २०७३ देखि २०७५ सालसम्मको अन्तःशुल्कबापत यो रकम निर्धारण गरेको थियो ।

कर कार्यालयले कर निर्धारणको सूचना दिएपछि त्यसको १५ दिनभित्र जवाफ बुझाउनुपर्ने कानुनी व्यवस्था छ। कर कार्यालयले जवाफ चित्त नबुझाएर कर निर्धारण गरिदिए आन्तरिक राजस्व विभागका महानिर्देशकसमक्ष पुनरावलोकनका लागि निवेदन दिने कानुनी व्यवस्था छ । तर, यो व्यवस्था लत्याएर कम्पनीले कर कार्यालयविरुद्ध उच्च अदालत पोखरामा रिट दर्ता गरेको थियो ।

गोर्खा ब्रुअरी फ्याक्ट्री नवलपुरमा भएकाले उच्च अदालत पोखरा गएको थियो । तर, अदालतले आफ्नो क्षेत्राधिकार नाघेर गोर्खा ब्रुअरी कम्पनीको मुद्दा हेर्दै कर निर्धारण नगर्न आदेश दियो । उच्च अदालत पोखराका न्यायाधीशद्वय जीवनहरि अधिकारी र नरबहादुर शाहीको संयुक्त इजलासले कर निर्धारण नगर्न अन्तरिम आदेश जारी ग-यो । यही अन्तरिम आदेश लिएर कम्पनीका प्रतिनिधि कर कार्यालय पुगे, कर निर्धारणको प्रक्रिया रोकिएको थियो । कर कार्यालय भरतपुरले क्षेत्राधिकार मिचेको भन्दै सर्वोच्चमा रिट दर्ता भयो ।

भरतपुर कर कार्यालयले दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले प्रादेशिक क्षेत्राधिकार विषयमा गम्भीर त्रुटि गरी आदेश गरेको भन्दै ‘उच्च अदालतका न्यायाधीशहरु रामचन्द्र यादव, जीवनहरि अधिकारी र नरबहादुर शाहीलाई न्याय परिषद् ऐन २०७३ बमोजिम आवश्यक छानबिन र कारबाही गर्ने प्रयोजनका लागि उच्च अदालत पोखराबाट २० जेठ र १ असारमा गरेको आदेशको प्रतिलिपिसमेत साथै राखी न्यायपरिषद्मा पठाउनू’ भनी आदेश गरेको थियो ।

न्यायपरिषद् तानिएलगत्तै न्यायाधीश यादव र अधिकारीले राजीनामा दिए । साथै न्यायपरिषद्ले न्यायाधीश शाहीलाई बर्खास्त गरेको थियो । सर्वोच्चको आदेशलगत्तै भरतपुर कर कार्यालयले गोर्खा ब्रुअरीलाई ८७ करोड ९० लाख अन्तःशुल्क निर्धारण गरेको थियो ।

आन्तरिक राजस्व विभागले ‘गुणस्तर नपुगेको भन्दै बियरबाट लोकल रक्सी’मा घटुवा गरेको गोर्खा ब्रुअरीले नयाँ दर अनुसार ९० करोड रुपैयाँ अन्तःशुल्क चुक्ता नगरेसम्म उसले उत्पादन गरेका वियरलाई बजारमा लैजान रोक लगाएको छ ।

विभागको निर्णयसँगै एक साताअघिदेखि बजारमा बियर जान बन्द भएको छ । गोर्खा ब्रुअरीका टुबोर्ग, गोर्खा र काल्सबर्गका बियर अहिले गोदाममै थन्किएका छन् । गुणस्तरहीन सामान प्रयोग गरेर कम अन्तःशुल्क तिर्दै आएको गोर्खा ब्रुअरीको यो धन्दा करिब ६ वर्षदेखि चल्दै आएको छ ।

आर्थिक वर्ष २०७२-७३ मा कर कार्यालय भरतपुरले निर्धारण गरेको २९ करोड १६ लाख रुपैयाँ कर निर्धारणविरुद्ध गोर्खा ब्रुअरी सर्वोच्च अदालत गएको थियो । सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजालासले कर असूली प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको थियो ।

त्यसपछि गोर्खा ब्रुअरीले अदालतको आदेश देखाउँदै अन्तःशुल्क छल्दै आएको छ । ६ वर्षदेखि अन्तःशुल्कमा विवादमा रहेको गोर्खा बु्रअरीले फरक फरक अदालतमा मुद्दा दायर गरेपछि कर अधिकारीले कर कानुनविपरीतको काम भएको बताएका छन् ।

अझै झुक्याउँदै ठगी गर्ने दाउ
नयाँ अन्तःशुल्क दर कायम भएपछि गोर्खा ब्रुअरीका केही उत्पादन थन्क्याएर अन्यलाई भने बजारमा पठाएर झुक्याउन खोजेको छ । गोर्खा ब्रुअरीले सर्वसाधारणलाई ठगी गर्नकैलागि यसरी झुक्याउने प्रयास गरेपछि आन्तरिक राजस्व विभागका अधिकारी थप सक्रिय भएका छन् ।

अहिले सो कम्पनीले इन्ग्रिडेन्ट्स परिवर्तन गरेर उत्पादन सुरु गरेको जानकारी कर कार्यालयलाई गराइएको छ । आन्तरिक राजस्व विभागले कर कार्यालयलाई कम्पनीले यसअघि प्रयोग गरेको इन्ग्रिडेन्ट्सको विवरण, उत्पादनको मौज्दात र बजार पठाउन बाँकी बियरको स्टक लिन पनि निर्देशन दिइसकेको छ ।

(Visited 320 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

साताका लोकप्रिय समाचार

जैविक विविधतामा ध्यान देऊ

सर्वोच्च अदालतले जैविक विविधतामा ध्यान दिँदै सरकारले संरक्षित क्षेत्रमा जलविद्युत् निर्माण गर्न पाउनेगरी ल्याएको नयाँ निर्णय कार्यान्वय नगर्न नगराउन आदेश जारी गरेको छ ।...

बढीपहिरो अपडेट : ११ जनाको मृत्यु, २५ बेपत्ता

  काठमाडाैं ।  मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ । जेठ ३१...

कोरोना भ्याक्सिन पुर्याउन हिँडेकी महिला मृत भेटिइन्

धनगढी । डडेल्धुरामा मृत फेला परेकी एक युबतीको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ । शनिबार परशुराम...

रासायनिक मल वा जैविक विषादीको समग्र व्यवस्थापन

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ, कृषिको अत्यधिक उत्पादनका...

ट्रेन्डिङ

शम्भुजीतलाई संगीत साधक अवार्ड, अन्जु र सम्राट उत्कृष्ट

काठमाडौं । नेपाली संगीत क्षेत्रमा साढे चार दशक लामो समयदेखि योगदान दिएको भन्दै वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई संगीत साधक सम्मानबाट काठमाडौंमा बिहीबार सम्मानित गरिएको...

नाग्म बजारमा पहिरो जाँदा तीन घर पुरिए, एक बालकको मृत्यु

कर्णाली । कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहानमा पहिरो जाँदा तीन घर पुरिएका छन् ।...

भर्चुअल प्रदर्शनीमा सेटिब्रेटीका कार्टुन चित्र

काठमाडौं । विगतमा प्रत्यक्ष प्रदर्शन हुँदै आएको क्यारिकेचर तथा कार्टुन कला प्रदर्शन कोरोना संक्रमणका कारण यसपटक अनलाइनमार्फत सुरु भएको छ । ‘नेपाली क्यारिकेचर ०७७...

अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका...

कृषि अनुदानलाई यसरी प्रभावकारी बनाउन सकिन्छ

मानव शरिरको लागि चाहिने बहुसंख्यक पोषकतत्वहरु कृषि उपजबाट नै प्राप्त हुन्छ । त्यसैले यो मानिसको उत्पत्तिसँगै प्रचलनमा आएको आदिम पेशा हो । नेपालीहरुको प्रमुख...

पानी पिउन जाँदा डुबेर ८ वर्षिय बालिकाको मृत्यु

बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा नगरपालिका १ अम्कोट घर भएका...

जन्ती बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु, मृतक बढन सक्ने

हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा जन्ती बस दुर्घटना भएको छ । बुधबार साँझ जन्ती बोकेको ना ३ ख ३५५६ बस दुर्घटना भएको...

नेताहरू बीचको एकता नै आजको आवश्यकता हो : मुख्यमन्त्री पौडेल

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई दलदलमा फसाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेप्रति खबरदारी आवश्यक रहेको बताउएका छन् । प्रधानमन्त्री केपी शर्मा...

सभामुख ज्यु, अब जनता समाजपार्टीले प्रधानमन्त्री बनाउछ : राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले अब जनता समाजबादी पार्टीले देसको प्रधानमन्त्री बनाउने बताएका छन् । शनिवार संसदमा बोल्ने क्रममा सभामुख अग्नि सापकोटाले...

मायालुहरुका लागि आयो नयाँ मोबाइल एप

काठमाडौं । अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले ‘आइकनफेस’ नामक एक एप सञ्चालनमा ल्याएका छन् । लकडाउनले घरमै बसिरहेका मानिसलाई लक्षित गर्दै उनीहरुले यो एप...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)