दशै मनाउन हस्तनाको परिवारलाई खाद्यान्न र नगद सहयोग

गएको विहीबार आठविस नगरपालिका –५ की हस्तना विकलाई खाद्यान्न हस्तान्तरण गर्दै आठविस नगरपालिकाकी उपप्रमुख दिपा बोहरा । दशै मनाउन विक परिवारलाई १३ हजार नगद समेत दिइएको थियो । तस्वीर : भक्तबहादुर शाही /राजधानी

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विकलाई दशै मनाउनको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । जिल्ला स्थित विभिन्न सामाजिक संघ संस्था र सामाजिक अभियान्ताहरुले विक परिवारलाई नगद सहित खाद्यान्न सहयोग गरिएको हो ।

दशैको बेला नाबालक छोराछोरी के खुवाउने भनेर चिन्तामा पिरोलिएकी हस्तनालाई सहयोग पाएपछि आफु खुशी भएको बताईन । उनले भननिन,मेरा बालबच्चालाई के खुवाउला भनेर चिन्ता लागेको थियो । दशै मनाउनको लागि साहुँ महाजन गए । तर कसैले पत्याएनन् । विहिवार दैलेखबाट आएको टोलीले खाद्यान्न र नगद सहयोग गरेपछि नाबालक छोराछोरीलाई मिठो मसिनो बनाएर खुवाउछु । आफुलाई सहयोग मनहरु भगवान बनेर आए । मैले १३ हजार नगद र चामल पाए, खुशी हुदै उनले थपिन ।

केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा हस्तनालाई छाक टार्न समस्या भएको केही सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि हस्तना लागि दैलेख जिल्ला स्थित गैरसरकारी संस्थाबाट सहयोग जुटेको थियो । गरिबीले ठगेको हस्तनाको परिवारलाई गैरसरकारी संस्थाहरुले जीविकोपार्जनमा सहयोग गर्न खोजेपनि वडा कार्यालयले सिफारिस नदिएको र खान लगाउन समेत मुस्किल भएको समचार प्रकाशित पछि सहयोग जुटेको हो । हस्तनाको परिवारको फोटो सहित समाचार प्रकाशन भएपछि प्रतिनीधि सभा सदस्य पार्वती विशुन्केको पहलमा शान्ति चिल्ड्रेन फाउण्डेशनको पाँच हजार र जिल्लास्थित सामाजिक अभियान्ताहरुले सहयोग स्वरुप संकलन गरेको आठ हजार रुपैयाँ सहित १३ हजार रुपैयाँ हस्तनाको परिवारलाई हस्तान्तरण गरिएको छ । बिहीवार आठबीस नगरकी उपप्रमुख दिपा बोहराले रकम हस्तान्तरण गरिन् ।

बडादशैंको मुखमा भोकभोकै बस्न बाध्य विक परिवारलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले खाद्यान्न उपलब्ध गराएको छ । चामल, दाल, तेल, नुन, साबुन, ब्रस, मनजन सहयोग गरेको संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिए । थोरै भएपनि राहत होस् भन्ने उदेश्यले खाद्यान्न सहयोग गरिएको संस्थापक अध्यक्ष थापाले जनाए ।

२८ बर्षिय हस्तनाका चार छोरी दुई गरि छ सन्तान छन् । बस्नलाई बास र उब्जनी हुने बारी समेत नभएकी हस्तनाको कमाई गर्ने पतिको मृत्युपछि परिवार विचल्लीमा परेका हुन् । श्रीमानको कमाईले पालिएको परिवारमा श्रीमानको मृत्यु हुँदा ६ सन्तानलाई पालनपोषण गर्न हस्तनालाई हम्मेहम्मे परेको छ । ‘श्रीमानको उपचारमा लागेको ऋण तिर्न सकेको छैन्, बालबच्चाको पालनपोषणमा समस्या छ, छोराछोरी चावपर्वमा पनि भोकभोकै हुन्छन् की भन्ने चिन्ता थियो ।’ यो बर्ष त सहयोग मनले दशै मनाउला । अब दिन कसरी काट्ने उनले दुखेसो पोख्दै । सहयोगी मनलाई धन्यवाद दिईन ।

तपाइको प्रतिक्रिया
(Visited 406 times, 1 visits today)

epaper

ताजा समाचार

देश र पार्टीको अवस्थाबारे डा. कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल