दसैं आयो, बृद्ध र एकल महिलाको भत्ता आएन

????????????????????????????????????

सङ्खुवासभा । सामाजिक सुरक्षा भत्ताको आशमा रहेका खाँदबारी नगरपालिकाका बृद्ध बृद्धाको यो सालको दसैँ खल्लो भएका छ । कोरोना भाइरस संक्रमण तथा बढ्दो महंगी र त्यस माथी बर्ष दिनको चाडमा मिठो मसिनो खाने र नयाँ लुगा लगाउने आश बोकेका बृद्ध बृद्धाहरु निराश भएका छन् । कोरोना महामारीका कारण देखाउँदै खाँदबारी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नदिए पछि उनिहरु निरास भएका हुन् ।

खाँदबारीले कर्मचारी, शिक्षक र जनप्रतिनिधीको तलब र पर्व खर्च निकासा गरेपनि सामाजिक सुरक्षा भत्ता भने वितरण गर्न नसकोको हो । बृद्धबृद्धाहरुले ऋण खोजेर दशै मान्न बाध्य भएको खाँदबारी–४ का ८६ बर्षिय स्थानिय बैरव राईले गुनासो गरे । कोरोना महामारी र संकट परेको बेला भत्ता नपाउदा झन मन खिन्न भएको राईले बताए । उनी जस्तै रमाईलो गरी दशै मनाउने सोच बनाएका बृद्धबृद्धाहरु भत्ता नपाएर खिन्न भएका छन् ।

खाँदबारीले कर्मचारी, शिक्षक र जनप्रतिनिधीको तलब र पर्व खर्च निकासा गरेपनि सामाजिक सुरक्षा भत्ता भने वितरण गर्न नसकोको हो

आर्थिक अवस्था कमजोर भएकाहरुलाई सामाजिक सुरक्षा भत्ताले गुजरा चलाउन टेवा पुर्याउँदै आएको थियो । चौमासिक रुपमा वितरण हुने सामाजिक सुरक्षा भत्ता स्थानिय सरकारकाले वितरण गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएकाहरुलाई समस्या भएको छ । दशै घरआगनमा आइसक्दा पनि भत्ता नआएको खाँदबारी नगरपालिका –१ का ८८ बर्षिय धनश्याम श्रेष्ठले जानकारी दिए । भत्ता नपाउदा दशैं दशैं जस्तो नलागेको श्रेष्ठले दुखेसो पोखे । खाँदबारी नगरपालिकामा जेष्ठ नागरिक जेष्ठ नागरिक एकल महिला, विधवा महिला र दुई दलित जेष्ठ सहित २६ सय ४३ जनाले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । त्यस्तै पाँचखपन नगरपालिकामा १४ सय भन्दा बढी सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।

बृद्ध मात्र होईन एकल महिला, अपांग समेत निराश बनेका छन् । खाँदबारी नगरपालिकाले ढिला गरि रकम निकासा गरेका कारण बैंकले समय भुक्तानी गर्न नसकेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालयका प्रबन्धक अनिस रायमाझीले बताए । संखुवासभाजिल्लामा रहेका १० स्थानिय तह मध्ये केही स्थानिय तहले सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । जिल्लाको पाँचखपन, मकालु, खाँदबारी लगायतले सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको हो ।