Monday, June 21, 2021
Home भर्खरै रौनक नभएको दसैं

रौनक नभएको दसैं

,

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को प्रभावका कारण मुलुकको आर्थिक गतिविधि ठप्प भएको र कोरोना संक्रमितको संख्या पनि दैनिक रूपमा गुणात्मक हिसाबले बढेको छ । समुदायमा थप संक्रमण फैलिएर त्रास बढिरहेको छ । यस्तो समयमा मनाइने दसैं विगत जस्तो नहुने भएको छ । यतिखेर हरेक व्यक्ति दसैंभन्दा पनि कोरोना संक्रमणबाट आफू र परिवारलाई कसरी बचाउने भन्ने चिन्तामा छन् ।

धेरैले भन्न थालेका छन्– कोरोना महामारीबाट बचियो भने यस्तो दसैं त अर्को वर्ष धुमधामका साथ मनाउँला । त्यसैले यसपालिको दसैंको रौनक हराएको छ ।

सामान्य समय भएको भए यतिखेर काठमाडौंका न्युरोड, असन, इन्द्रचोक, महाबौद्ध, दरबारमार्गलगायतका बजारमा खुट्टा हाल्ने ठाउँ हुँदैनथ्यो । सडकमा मान्छेको भीड, कपडा पसलमा नयाँ कपडा छान्नेको लर्को, सुन पसलमा गहना रोज्नेको लाइन र मोबाइल पसलमा नयाँ मोबाइल किन्नेको भीड हुन्थ्यो । जुत्ता, चप्पल, मसला, कपडा पसल, खसी बजारमा घटस्थापनाको दिनदेखि नै निकै चहलपहल हुन्थ्यो । अहिले विगतमा जस्तो दृश्य देखिएको छैन् ।

जुत्ताचप्पल, मसला, कपडा पसल, खसी बजारमा घटस्थापनादेखि नै निकै चहलपहल हुन्थ्यो । अहिले विगतमा जस्तो उत्साह देखिएको छैन ।

विगतका वर्षमा यहाँ उपभोक्ताले आफूलाई आवश्यक पर्ने सामान र दसैं तिहारका लागि आवश्यक सामान जोहो गर्न निकै तँछाडमछाड एवं घुइँचो नै हुन्थ्यो । त्यति मात्रै होइन, नयाँ गाडी, मोटरसाइकल तथा स्कुटर खरिद गर्नेहरूले दुईपांग्रे तथा चारपांग्रे सवारी साधनका सोरुम घेरिरहेका हुन्थे । टिभी, फ्रिज, मिस्चर जस्ता विद्युतीय सामग्रीदेखि रङरोगन र घर टल्काउने उपाय खोज्दै दसैंका बेला बजारमा निस्किएका मान्छेको भीडले काठमाडौं उपत्यकालगायत मुलुकभरका सबै सहरका गल्लीहरूमा निकै चाप हुन्थ्यो । तर, यसपालिको दसैंमा त्यस्तो भीडभाड देखिएको छैन ।

कोरोना भाइरस (कोभिड–१९) को कहरले मुलुकको आर्थिक गतिविधि निकै धराशायी भएको र संक्रमण दर पनि उच्च रूपमा बढ्दै गएकाले अहिले अधिकांश मानिस दसैंको किनमेलमा निस्किएका छैनन् ।

काठमाडौंका न्युरोड, असन, इन्द्रचोक र महाबौद्धलाई राजधानीकै मुख्य बजारका रुपमा लिइन्छ । यी बजार कोरोना महामारीका कारण सुनसान जस्ते छ । दसैं सामाजिक तथा सांस्कृतिक पर्व मात्र नभएर किनमेलको पर्व पनि हो । व्यवसायीहरू पनि दसैंअघिको समयलाई ‘व्यावसायिक पर्व’का रूपमा लिन्छन् । अहिले सवारी साधन बिक्री गर्ने सोरुममा पनि विगतका वर्षको जस्तो चाप छैन ।

घरायसी सामग्री बेच्ने व्यापारीहरू पनि विगत ६ महिनादेखि बन्द कोठामा थुनिएका छन् । कोरोना संक्रमण फैलिने जोखिमका कारण सरकारले नै अझै ठूलो संख्यामा मानिस जम्मा हुन प्रतिबन्ध लगाएको छ ।

दसैंमा सरकार तथा निजी क्षेत्रले आफ्ना कर्मचारीलाई एक महिनाको तलब बराबरको रकम दसैं खर्च (दसैं पेस्की) भनेर दिने परम्परा छ । जसले गर्दा जनमानसमा सामान्य अवधिमा भन्दा बढी पैसा आउने भएकाले त्यस्तो रकमलाई नयाँ वस्तु जोड्ने अवसरका रूपमा प्रयोग हुँदै आएको छ । तर, यसपालि निजी क्षेत्रमा कार्यरत धेरैले विगतका वर्षहरूमा जस्तो दसैं भत्ता पाएका छैनन् । त्यसले पनि व्यापार घटाएको सम्बन्धित व्यवसायीको भनाइ छ ।

यसैगरी, लामो समय विदेशमा रहेका नेपालीहरू दसैं–तिहार मनाउन स्वदेश फर्किने गरेका छन् । विदेशबाट फर्किएका नेपालीले घर फर्कंदा केही नयाँ सामान खरिद गरेकै हुन्छन् । तर, कोरोनाको त्रासले यसपालि अधिकांशले अत्यावश्यक सामान मात्रै खरिद गरेका छन् । अहिले विदेशबाट आएका व्यक्तिहरू घरभन्दा पहिले आइसोलेसनमा बस्नुपर्ने बाध्यात्मक नियमका कारण अत्यावश्यक नपरी कुनै पनि वस्तु खरिदमा ध्यान दिन छोडेको उनीहरूको भनाइ छ ।

उपभोक्तामा शिथिलता आएपछि व्यापारीले मात्रै जाँगर चलाएर केही हुँदैन । माग पक्ष नबढी पूर्ति पक्ष नबढ्ने जानकारी गराउँदै अर्थविद् डा. पोषराज पाण्डेले भने, ‘यो अर्थशास्त्रको सिद्धान्त हो । कोरोना संक्रमण दर उच्च भइरहेका कारण अहिले उपभोक्ता, उत्पादक आयातकर्ता सबै निराश छन् ।’ कोरोना त्रासकै कारण यसपालिको दसैंमा विगतका वर्षहरूमा जस्तो व्यापार हुने सम्भावना न्यून रहेको पाण्डेको भनाइ छ ।

जसका कारण अहिले अत्यावश्यकबाहेक हरेक वस्तुको माग लगभग शून्यमा झरेको छ । अर्कातर्फ सर्वसाधारणबीच पुनः काठमाडौंमा लकडाउन त हुने होइन भन्ने त्रासले पनि व्यवसायीले बढी सामान जोहो गर्न चाहेका छैनन् ।

अझै सरकारले कोरोना फौलने जोखिम भन्दै सिनेमा हल, पार्टी प्यालेस खोल्न दिएको छैन । ६ महिनादेखि बन्द रहेको होटल सरसफाइ गरी माकुराको जालो पुछ्न थालेका छन् । अझै होटलमा ग्राहकको रौनक छैन । भर्खरै वायुसेवा कम्पनीहरूले पनि हवाई सेवा सुरु गरेका छन् । दसैंका लागि नयाँ प्याकेज सार्वजनिक गरेका छन् । तर, उपभोक्तालाई त्यस्ता कुनै पनि प्याकेज तथा अफरले छुन सकेको छैन ।

छैन दसैंलाई नयाँ नोट
दसकौंदेखि दसैंमा दक्षिणाका रूपमा प्रयोग गरिने नयाँ नोट यस पटक नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले कोभिड–१९ संक्रमण उच्च दरले बढिरहेको र केन्द्रीय बैंककै पदाधिकारी पनि संक्रमणको सिकार भएकाले नयाँ नोट वितरण कार्यलाई स्थगित गरेको हो । राष्ट्र बैंकका डेपुटी गभर्नरसहित विभिन्न विभागका कर्मचारीलाई कोरोना संक्रमण भएसँगै यस वर्ष दसैंमा नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंकले जनाएको छ । विगतका वर्षमा जस्तो अहिले नयाँ नोट वितरण गर्न सहज नहुने बताउँदै नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकरण भट्टले भने, ‘हामी यो वर्ष नयाँ नोट वितरण नगर्ने योजनामा छौं ।’

त्यसैको परिणाम हरेक वर्ष नयाँ नोट वितरणको सीमा घटाउँदै आएको राष्ट्र बैंकले यसपालि कोरोना भाइरस (कोभिड–१९) लाई कारण देखाएर नयाँ नोट वितरण कार्य बन्द गरेको छ विगतमा दसैंको पहिलो दिनबाटै काठमाडौंका विभिन्न बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकका शाखाहरूमा नयाँ नोट लिन सर्वसाधारणको निकै ठुलो भीड लाग्ने गरेको थियो । अहिले त्यस्तो अवस्था छैन । भीडमा बसेर नयाँ नोट लिन खोज्दा दसैंका बेला आफू पनि कोरोना संक्रमित भइन्छ कि भन्ने त्रासका कारण अहिले सर्वसाधारणले नयाँ नोटलाई त्यति महत्व नदिएको सम्बन्धित सरोकारवालाको भनाइ छ ।

(Visited 148 times, 1 visits today)
Loading comments...

आजको समाचार

निषेधाज्ञा खुकुलाे, कुन पसल कुनबार खाेल्न पाइने (सूचीसहित)

  काठमाडाैं । काठमाडौँ उपत्यकामा केही खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले...

कपडा, जुत्ता चप्पल देखि सुनचाँदी पसल पनि खोल्न पाइने

  काठमाडौँ । सरकारले कोरोना संक्रणम रोकथाम तथा नियन्त्रण गर्न गरेको निषेधाज्ञालाई खुकुलो बनाउँदै कपडा जुत्ता चप्पल पसल देखि सुनचाँदी पसल सम्म खोल्न पाइने निर्णय...

सेयर बजारमा पहिरो, ६३ अंकले घट्यो

  काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । ३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९...

कोरोना भ्याक्सिन पुर्याउन हिँडेकी महिला मृत भेटिइन्

धनगढी । डडेल्धुरामा मृत फेला परेकी एक युबतीको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ । शनिबार परशुराम...

छाउपडीमाथी बनेको ‘टालो’ दर्शकलाई मन पर्याे

  काठमाडौं । मध्य तथा सुदुरपश्चिमको गाउँ तथा पहाडी भेगमा प्रचलित छाउपडी प्रथामा आधारित नेपाली कथानक चलचित्र ‘टालो’ अहिले चलचित्र बजारमा चर्चा को बिषय बनेको...

साताका लोकप्रिय समाचार

निषेधाज्ञा खुकुलो भएसँगै बैंकहरूको कोटा प्रणाली हट्यो

काठमाडौं । मंगलबारदेखि लागू हुनेगरी काठमाडांै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आगामी ७ असारसम्म जारी निषेधाज्ञा केही खुकुलो बनाएसँगै बैंकहरूको कोटा प्रणाली पनि हटेको...

कोभिड व्यवस्थापनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सक्रियता

  नेपालमा कोभिड–१९ को संक्रमणको दोस्रो लहर सुरु भएदेखि हालसम्ममा सरकारले यस महामारीविरुद्ध जुध्ने रणनीतिहरूमा निरन्तर विकास, परिमार्जन एवं संशोधन गर्दै आएको छ । सरकारले...

निजी विद्यालय चरम संकटमा

काठमाडौं । कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी...

खोप अभियानमा गति देऊ

सरकारले अपेक्षा गरेअनुसार खोप अभियान प्रभावकारी रूपमा लक्षित वर्गसम्म पुग्न सकिरहेको छैन् । लक्षित वर्गभित्र पनि अझैं पौने २ करोड मानिस खोपको प्रतीक्षामा छन्...

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गरेका छन् । सर्वाेच्चको आदेशपछि अदालतमा लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले अदालतले...

ट्रेन्डिङ

सडक पहुँच भएको ठाउँमा ३० मिनेटभित्रै उद्धार

काठमाडौं । सरकारले मनसुन सुरु भएसँगै विपद्बाट हुने घटना न्यूनीकरण्का लागि जोखिम क्षेत्रको नक्सा तयार गरी प्रतिकार्य योजना बनाएको छ । प्रतिकार्य योजनामा विपद्बाट...

करणीको आरोपमा गाउँपालिकाका एक कर्मचारी पक्राउ

इलाम । जबरजस्ती करणीको आरोपमा इलामको माङसेबुङ गाउँपालिकाका एक कर्मचारी पक्राउ परेका छन् । माङसेबुङ गाउँपालिका ६ चिसोपानी पंचमी बजारका ५५ वर्षीय असिस्टेन सबइन्जिनियर...

धरहरामा ३३० किलोको गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक...

फिल्म क्षेत्रमा बहिनी पश्मिनालाई ऋतिकको स्वागत

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशनले आफ्नो बहिनी पश्मिना रोशनलाई बलिउड फिल्ममा डेब्युका लागि स्वागत गरेका छन् । ऋतिकका बुबा राकेश रोशन र काका...

पाँच दिनयता संक्रमित ह्वात्तै बढे

काठमाडौं । कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो...

स्कुल बससँग मोटरसाइकल ठोक्किँदा वृद्धको मृत्यु

दमक । स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ–३ सुरुङ्गास्थित हरिकूल...

भोटेकोशीमा भिषण बाढीपहिरो : दुईको शब भेटियो, एक चिनियाँसहित २१ जना बेपत्ता (तस्बिरमा हेर्नुस् वितन्डा)

बाह्रबिसे । गए राति १२ बजेदेखि परेको अविरल वर्षाले भोटेकोशीमा भिषण बाढी पहिरो गएको छ । बाढीमा परी २ जनाको ज्यान गएको छ भने...

रिस्ता बस्नेत नेहा कक्कडकाे गीतमा

काठमाडाैं । नेपाली कलाकार रिस्ता बस्नेतले बलिउडमा डेब्यु गर्ने भएकी छन । चर्चित भारतीय गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको...

नगर प्रमुखलाई हातपात गर्नेलाई रिहाई गर्न माग गर्दै सप्तरी कांग्रेसको प्रदर्शन

राजविराज । आफ्ना निर्दोष कार्यकर्तालाई झुठा मुद्दा लगाई पक्राउ गरिएको भन्दै आईतवार नेपाली काँग्रेस सप्तरीले राजविराजमा विरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रेस सप्तरीका...

सीमारक्षक जनताका नाममा

नेपाल र दक्षिणी छिमेकी देश भारतका बीचमा रहेको पूर्वी नेपालको सीमावर्ती इलाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालको भूमि मिची जबर्जस्ती पिलर गाडेको थाहा...

आज विहान यो वर्षकै बढी जाडो

We woke reasonably la काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज विहान यो वर्षकै कम मापन भएको छ । न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन भएको...

प्रदेश २ सरकारद्वारा दोस्रो चरणको राहत वितरण सुरु

सप्तरी, राजविराज । लकडाउनका कारण समस्यामा परेका विपन्नहरुका लागि प्रदेश २ सरकारले दोस्रो चरणको राहत वितरण कार्य सोमबार देखि सुरु गरेको छ । प्रदेश २...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)