Monday, June 21, 2021
Home प्रमुख देवी साक्षी राखेर क्लिक–क्लिक (फोटोफिचर)

देवी साक्षी राखेर क्लिक–क्लिक (फोटोफिचर)

,

चापागाउँ (ललितपुर) । ‘ख्वै कस्तो आयो ?’

‘क्लिक’ गर्न नभ्याउँदै आफ्नो छवि हेर्न मोबाइलनिर पुगिसकेका हुन्थे, उनीहरू । पृष्ठभूमिमा मन्दिर पारेर मोबाइलतिर अनुहार सोझ्याउनेहरू पहिले आफ्नै, त्यसपछि मात्रै देवी दर्शन गर्दै थिए ।

‘छ्या कस्तो नराम्रो आको, डिलिट गर,’ काठमाडौं नैकापबाट आएको बताउने शर्मिला भण्डारी साथीसँगै आग्रह गर्दै थिइन्, ‘फेरि अर्को खिच न, प्लिज !’ पोजपोजमा दुबैले पालोपालो फोटो खिचाएपछि मात्रै उनीहरूको चित्त बुझ्यो ।

‘ओई…दर्शन गर्ने हैन ?’ हतारहतार मन्दिर फनक्क घुमेर बाहिरिने ढोकानिरै पुगिसकेकी साथीतिर हेर्दै शर्मिला चिच्याइन्, ‘यता आइज ।’ उनकी साथी के बिर्सेझैं गरी मन्दिरतिर फर्किइन् ।

बज्रबाराही मन्दिर परिसरमा भेटिएका काठमाडौं टोखाका हरिश रेग्मी भन्दै थिए, ‘अरु शक्तिपिठ बन्द छन्, यहाँ त खुल्लै रहेछ ।’

इतिहासअनुसार घना जंगलबीच पाटनका राजा श्रीनिवास मल्ल (नेसं ७८१–८०५) ले बज्रबाराही मन्दिर निर्माण गर्न लगाएका थिए । एकरात उनले सपनामा पाटन मंगलबजारस्थित पुरानो राजदरबार मुलचोकमा अष्टमातृका देवी गणसहित नाचिरहेको देखे

परिवारसहित निजी गाडीमा आएका हरिशले यसपटक काटमारसमेत नगरेको सुनाए । ‘गाडीलाई पनि सामान्य पुजा गरियो,’ कानमा जमरा र निधार रातै पारेका उनले थपे, ‘अहिले एकदमै सतर्कता अपनाउनुपर्ने अवस्था छ, त्यसैले आफ्नै गाडीमा पनि हामी चारमात्रै आयौं ।’

महामारीबीच उपत्यकाका अन्य शक्तिपिठ प्रवेश निषेध गरिए पनि ललितपुर चापागाउँस्थित प्रसिद्ध बज्रबाराही मन्दिर भने खुल्लै छ । दर्शनार्थी स्वयं सतर्कतापूर्वक दर्शन गरिरहेका छन् । विजय दशमीका दिन यहाँ ठुलै मेला लाग्छ । तर, यसपटक कोरोना महामारीका कारण मेला स्थगित गरियो ।

‘कोरोनाका कारण मन्दिरमा विभिन्न कार्यक्रम स्थगित गर्न आग्रह गरेका छौं,’ गोदावरी नगरपालिका–११ वडाध्यक्ष निलबहादुर देशारले राजधानीसँग भने, ‘हाम्रो आग्रहमा वडावासीले पनि साथ दिएका छन् ।’ मठ–मन्दिरलगायत अन्य स्थानसमेत भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरिएको उनले बताए ।

त्यस्तो त, बज्रबाराही मन्दिर धार्मिक वनभित्र वर्षेनि गरिँदै आएको चित्रकला प्रदर्शनीसमेत हुन नपाएको कलाकार सुरेम देशार बताउँछन् । उनका अनुसार महामारी मध्यनजर गर्दै यसपटक प्रदर्शनी स्थगित गरिएको हो । ‘स्थानीय तहको आग्रहलाई हामीले नकार्न सकेनौं,’ कलाकार देशार भन्छन् ।

उपत्यकाका चारमध्ये उत्तरमा श्वेतबाराही, पूर्वमा निलबाराही, पश्चिमा धुमबाराही र दक्षिणमा पर्ने बज्रबाराही बराहको स्त्रीलिंगी रुप हो ।

 

यो मन्दिर चापागाउँ पूर्वी क्षेत्रमा अवस्थित छ । यसको पूर्वतिर झरुवारासी, बडीखेल, दक्षिणतिर लेले, पश्चिमतिर पागाल नख्खु खोला, छम्पी एवं उत्तरतिर ठेंचो पर्छ । देवीको वेदीक प्रांगणबीच निर्मित पश्चिमाभिमूखि मन्दिरको भूइँमा निर्माण गरिएको छ ।

मन्दिरमा तीन मूर्ति प्रस्थापित भइसकेका छन् । वेदिकानिरको सानो जलकुण्ड अहिलेसम्म छ । वेदिका दायाँबाँया काठमा कुँदिएका वा चित्रित देवीका केही मूर्ति अझै प्रष्ट देखिन्छन् ।

बज्रबाराही उपवनको पश्चिमतिर बाटोछेउ सत्तल–धर्मशाला छन् । उपवन दक्षिण पश्चिमीछेउ तत्कालीन श्री ५ सरकारबाट सञ्चालित आयुर्वेद औषधालय छ ।

के भन्छ इतिहास ?

इतिहासअनुसार घना जंगलबीच पाटनका राजा श्रीनिवास मल्ल (नेसं ७८१–८०५) ले बज्रबाराही मन्दिर निर्माण गर्न लगाएका थिए । एकरात उनले सपनामा पाटन मंगलबजारस्थित पुरानो राजदरबार मुलचोकमा अष्टमातृका देवी गणसहित नाचिरहेको देखे ।

सपनाबारे राजा श्रीनिवास मल्लले बज्रचार्य कुलपाद र राजोपाध्याय मधुसूदनसित सरल्लाह गरे । उनीहरूको सुझावअनुसार राजाले अष्टमातृका नृत्य वर्षैंपिच्छे नवरात्रिभर नचाउने व्यवस्था गरे । सपनापछि श्रीनिवासले अष्टमातृका मन्दिर अर्थात् बज्रबाराही देवी मूर्ति स्थापना, मन्दिर निर्माण गरेको र जात्रा चलाएको कथन छ ।

गजुर नभएको मन्दिर

चाख लाग्दो अर्को कुरा बज्रबाराही मन्दिरमा गजुर छैन । कथनअनुसार ठेंचोमी अर्थात् ठेंचोवासी भक्त आशानारायण महर्जनले मन्दिरमा गजुर चढाउने विचार गरे । त्यसै रात उनले सपनामा मन्दिर चुलिँदै आकाशतिर पुगिरहेको देखे । भोलिपल्ट बिहानै उनले गजुर राख्ने सोच तुरुन्तै त्यागिदिए । त्यसै बेलादेखि मन्दिर गजुरविहीन रहन गएको जनविश्वास छ ।
गजुर नभएकै कारण यस ठाउँमा मानापाथी भर्दा वा माना पाथी हिसाब गर्दा झुसी भर्न नहुने परम्परा कायमै छ । मुलुकी देवानी संहितामा पनि ठूली र सानी पाथीबारे उल्लेख छ । बज्रबाराहीबाहेक काठमाडौंमा रहेको मरुगणेश मन्दिरमा पनि गजुर राख्न नहुने मान्यता छ ।

(Visited 241 times, 1 visits today)
Loading comments...

आजको समाचार

सेयर बजार याे साता : ८१ अर्बको कारोबार

  काठमाडाैं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ८१ अर्बको सेयर कारोबार भएको छ । गत साता निकै चम्किएको सूचक र कारोबार रकम यस...

चाइनीज स्याउ तस्करीमा सुनसरीका एसपी संलग्न रहेको आशंका

  इटहरी । लकडाउनको मौका छोपेर पछिल्लो केही महिनायता भारतसँगको खुल्ला सीमाबाट तस्करीको धन्दा मौलाएपछि आर्थिक लेनदेनको विवादमा मुछिएका सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा...

आयल निगमद्धारा बाढी पिडितलाई खाद्यान्न र ग्यास सहयोग

  काठमाडौँ । नेपाल आयल निगमले सिन्धुपाल्चोकका बाढी पिडित परिवारहरुलाई खाद्यन्न ग्यास सहयोग गरेको छ । निगमले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा बाढी पिडित परिवारलाई...

साम्राज्ञीका ‘बोल्ड’ तस्विर (फोटोफिचर)

  काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह ‘बोल्ड’ अभिनेत्रीका रुपमा चिनिन्छिन् । बोल्ड यस अर्थमा कि उनी आफ्नो काममा ‘बोल्ड’ छिन् । केबल संख्या र पैसाका...

साताका लोकप्रिय समाचार

प्रदेश १ मा घट्यो बजेटको आकार, ३२ अर्बको बजेट सार्वजनिक

  विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ३२ अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना...

जब बेहुलाले मोटरसाइकलमै बेहुली भित्र्याए

संखुवासभा । न बाजागाजा न जन्तीको लावालस्कर । कोरोना संक्रमणका कारण हाल विवाह समारोहमा यस्ता गतिविधि देखिँदैनन् । जिल्ला प्रशासनले समेत यस्ता गतिविधिमा पूर्णतः...

नेपाल एसियन कपको तेस्रो चरणमा, प्ले अफ खेल्नु नपर्ने

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले एसियन कपका लागि छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्दा अब प्ले...

कोरोना तेस्रो लहरको जोखिममा बालबालिका

काठमाडौं सम्भावित तेस्रो लहरको कोरोना संक्रमण मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो...

अर्जेन्टिनाको साँघुरो जित

  ब्रासिलिया । दक्षिण अमेरिकी कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्काे उपाधि दावेदार उरुग्वेमाथि १–० को...

ट्रेन्डिङ

बिस्केट जात्राको रथ तान्दा मध्यराति ढुङ्गा हानाहान, १९ घाइते

भक्तपुर । भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते...

केन्द्रीय कारागारमा कैदीको शंकास्पद मृत्यु

काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका एक कैदी बन्दीको शंकास्पद मृत्यु भएको छ । केन्द्रीय कारागारको भद्र ब्लकमा जेल जीवन बिताइरहेका सिद्धार्थनगर...

गुणस्तरीय खाद्यान्न देऊ

दशैं, तिहार, छठजस्ता महत्वपूर्ण चाडपर्वको आगमनसँगै बजारमा गुणस्तरीय खाद्यान्नको माग बढ्नु स्वाभाविकै हो । केही मीठो खाने र केही राम्रा परिकार बनाउने चाहनाले पनि...

हल बन्दका कारण टेलिभिजनबाटै चलचित्र रिलिज

काठमाडौं । कोरोना संक्रमणका कारण निरन्तर लकडाउन जारी छ । नेपालका सिनेमा घरहरू कहिले खुल्छन् भन्ने टुंगो छैन । आफ्नो चलचित्र निर्माण सम्पन्न गरेर...

राजनीतिमा दोस्रो पुस्ता उदयको सार्थकता

राजनीति राज्य सञ्चालन गर्ने नीति हो । योभित्र शासन, शासन व्यवस्था, व्यवस्था सञ्चालनका विधि, नियम तथा प्रशासनिक संयन्त्र परिचालनका साथै देशीविदेशी कूटनीति तथा पारस्परिक...

लकडाउनमा शान्त जनकपुरधाम (फोटोफिचर)

जनकपुरधाम । लकडाउनपछि जनकपुरधामको बजार आज पनि पूर्णरुपले बन्द नै रह्यो । हरेका चोकमा प्रहरीहरुले कडा सुरक्षा दिइरहेका थिए । लकडाउनको अवज्ञा...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक वृद्धको निधन भएको छ । प्रतिष्ठानका प्रवक्ता डा आशिष श्रेष्ठका अनुसार धरान...

सय कटेपछि नयाँ दाँत

लमजुङ । लमजुङको एक गाउँ निवासी एक सय वर्ष नाघेका वृद्ध रामबहादुर मालुवा अझै पनि हट्टाकट्टा छन् । फरासिलो बोली वचनका उनी यस उमेरमा...

कास्कीमा कोरोनाका सक्रिय केस ५ सय पार

पोखरा । गण्डकी प्रदेशमा पहिलो पटक कास्कीमा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । प्रदेशका अन्य जिल्लामा क्रमशः संक्रमित संख्या घट्दै गएकोमा कास्कीमा...

धनगढीका कोरोना संक्रमित काठमाडौँ रेफर

धनगढी । धनगढीका एक जना कोरोना संक्रमितलाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ । सेती प्रादेशिक अस्पतालमा उपचार उनको स्वास्थ्यमा समस्या देखिएपछि थप...

दुई सातामा सात गुना बढी थपिए कोरोना सङ्क्रमित

काठमाडौँ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

पेस्तोलसहित तीनजना भारतीय नागरिक पक्राउ

मोरङ, ३० फागुन । मोरङको सुनवर्षी नगरपालिका– ८ हर्चनगढीबाट प्रहरीले पेस्तोल सहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले बिहिबार...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)