Thursday, November 19, 2020
Home Editor-Picks काठमाडाैंमा देखिएन दसैंकाे राैनक

काठमाडाैंमा देखिएन दसैंकाे राैनक

काठमाडाैं ।  राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण भेगमा गतवर्षको दशैँमा टोलैपिच्छेका चौतारी, चोक एवं सार्वजनिक स्थलमा लिङ्गे, जाँते र रोटे पिङ हालेर चचहुई गर्दै खेल्ने मानिसको भीड भेटिन्थ्यो । तर यस वर्ष भने पिङ भेट्न नसकिएको कागेश्वरी मनोहरा–५ की मनीषा सिम्खडाले बताए ।

साना बच्चाका लागि केही घरको छतमा साना पिङ हालेर खेलाएको दृश्य देखिन्छ । सार्वजनिक स्थलमा पिङ हाल्दा भीड बढी हुने र कोरोनाको महामारी फैलने डरले सांंस्कृतिक खेलको आनन्द लिनबाट मानिस बञ्चित भएका छन् । गोकर्णेश्वर नगरपालिका–३ स्थित पर्यटकीय स्थल तारेभीरमा भने स्थानीयवासी दशैँमा पिङ खेलेर रमाइरहेका भेटिन्छन् । पिङमा रम्ने काठमाडौँका अन्य क्षेत्रका मानिस यस वर्ष भने सामाजिक सञ्जालमा व्यस्त छन् । धेरैको चाहना नयाँ नयाँ टिक टक बनाएर पोष्ट गर्नतिर गएको छ । आपसमा भेटघाट गर्न पनि मानिस डराएका छन् ।

कोरोनाबाट बच्न नजिकको आफन्तकहाँ मात्र पुगेर मान्यजनबाट आशीर्वाद लिएका मानिस राजधानीकै एक कुनाबाट अर्को कुनामा जान सकेका छैनन् । निजी सवारी हुनेहरु आफन्तकहाँ पुगेपनि सार्वजनिक यातायात प्रयोग गरेर जानेहरु बढ्दो सङ्क्रमणबाट हिँड्न तर्सिएका छन् । सामाजिक सञ्जालद्वारा मान्यजनबाट आशीर्वाद लिएर चित्त बुझाएको चन्द्रागिरी–१ का रामचन्द्र भण्डारीले बताउनुभयो । त्रासकै बीच यस वर्ष राजधानी बाहिर जाने सवारीमा पनि विगत वर्षमा जस्तो भीड भएको छैन ।

यो पनि पढ्नुहोस   काठमाडौँ उपत्यकामा थपिए १०३८ जना संक्रमित

टीका, जमरासहित आशीर्वाद लिने क्रम जारी

सुरक्षित रुपमा नजिकका आफन्तकहाँ पुगेर टीका र जमरा सहित मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम आज आश्विन शुक्ल त्रयोदशीको दिन पनि जारी रहने छ । यो क्रम आश्विन शुक्ल पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

केही मानिसले कात्तिक महिनामा परेको दशैँमा टीका लगाउनुहुन्न भनी सामाजिक सञ्जाललगायत माध्यमबाट चलाएको हल्लामा कुनै शास्त्रीय सत्यता नरहेको समितिको ठहर छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले चान्द्रमास अनुसार अहिले पनि आश्विन शुक्ल पक्ष नै रहेकाले त्यस्तो हल्लाका पछि नलाग्न सवैमा आह्वान गरे । “हाम्रा चाड पर्व, तिथि, श्राद्ध चान्द्रमास अनुसार मनाइन्छ, यसैले अहिले कोजाग्रत पूर्णिमासम्म कोरोना भाइरस सङ्क्रमण नफैलने गरी सुरक्षित रुपमा टीका ग्रहण गर्न शुभ छ, सौरमास अनुसार कात्तिकमा दशैँ परेको यो पहिलोपटक होइन, यस वर्षमात्र किन यसरी हल्ला गरियो ? यसको खोजी गर्नु जरुरी छ, भ्रमको पछि नलागौँ”, उनले भने ।

पछिल्लो समय मौलिक संस्कृतिमाथि आक्रमण गर्ने चलाइने यस्ता हल्लाका पछि नलागी सांस्कृतिक पर्वको शास्त्रीय मान्यता बुझेर त्यस अनुसार अघि बढ्न धर्मशास्त्रविद्हरुले आम मानिसमा आह्वान गर्नुभएको छ । वैदिक सनातनी परम्परामाथि भ्रम फैल्याउन विगत केही वर्षदेखि मौलिक धर्म, संस्कृति लक्षित हल्ला चलाउने क्रम जारी रहेकाले सचेत हुन नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईको भनाइ छ ।

(Visited 171 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

मानहुँकोट जाँदै गरेको माइक्रो दुर्घटना : १ को मृत्यु, ५ जना घाइते

दमौली । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । पोखराबाट मानहुँकोट जाँदै...

दिल्लीमा वायु गुणस्तर अति नराम्राे

नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी दिल्लीमा वायुको गुणस्तर खस्किएर अति न्यून अवस्थामा पुगेको छ । शुक्रबार बिहानको वायुको गुणस्तर अति नराम्रो अवस्थाको देखिएको अधिकारीहरुले...

बैतडीको खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३४ घाइते

बैतडी । बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत...

सचिवालय बैठक बोलाएकै समयमा प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक प्रधानमन्त्री निवासमा डाकिएको छ । नेपाल कम्युनिष्ट...

नेपाल लाइफले ल्यायो तिहारको सांगीतिक शुभकामना गीत

‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल, सगरमाथाझँै उच्च छौँ हामी, मन छ राम्रो, हृदय विशाल... । ’ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार सार्वजनिक गरेको...

ट्रेन्डिङ

दाँत सफा नराख्दा हृदयघात

मुख शरीरको प्रवेशद्वार र ऐना हो । टम्म मिलेका अनारका दानाझै सेता दाँत अनि गुलाफी गिजाले सौन्दर्यका लागि मात्र नभई शरीरमा भएका...

तनहुँ पहिरो अपडेट : मृतकको सङ्ख्या ११ पुग्यो

दमौली । पहिराले पुरिएर सोमबार बिहानदेखि बेपत्ता भएका एक जनाको शव आज भेटिएको छ । पहिराले घर पुरिँदा बेपत्ता भएका व्यास नगरपालिका–११ ओडारेका ४५...

सीडीओ र समन्वय समितिको अधिकार कटौती किन नगर्ने ?

काठमाडौं । सर्वोच्च अदालतले देशभरको प्रमुख जिल्ला अधिकारीको अधिकारको विषयमा सरकारलाई प्रश्न गरेको छ । संघीय शासन व्यवस्थाअनुसार स्थानीय सरकार र प्रदेशलाई बलियो बनाउनुको...

समायोजन प्रक्रियामा गम्भीर त्रुटि

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी समायोजन प्रक्रियामा गम्भीर त्रृटि देखिएको छ । समायोजन प्रक्रिया पारदर्शी र...

दोलखामा बस दुर्घटना हुँदा ३ जना गम्भीर घाइते

दोलखा । दोलखाको मेलुङ गाउँपालिकास्थि पवटीमा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन् भने आधा दर्जन बढी सामान्य घाइते भएका छन्...

अब स्कुलको पाठ्यक्रममा पनि चलचित्र शिक्षा

काठमाडौं । नेपाल सरकार शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले आगामी वर्षदेखि स्कुलका पाठ्यक्रममा चलचित्र शिक्षा राख्ने भएको छ । जसका लागि विकास बोर्डका अध्यक्ष...

दाहाल, नेपाल र गौतम छलफलमा पार्टी एकताको बाँकी काम टुंगोमा पुर्‍याउने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच शुक्रबार छलफल भएको छ । छलफलमा...

बाँसबारीको पहिलो हार

काठमाडौं । एराउन्ड दि हिमालयज बाँसबारी क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो हार बेहोरेको छ । लिगको पाँचौं चरणको खेलमा बाँसबारी नयाँ बस्ती...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौँ उपत्यकामा थपिए १०३८ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।...

१४४२ जना कोरोना संक्रमित थपिए, ३५३८ जना निको

काठमाडौँ । मुलुकभर एक हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७३१ जनाको पिसिआर...

नेकपा सचिवालय बैठक १० दिनपछि पुनः बस्ने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । आगामी बैठकमा अध्यक्ष एवं...

बैतडीमा कक्षा ११ को परीक्षा सञ्चालन

बैतडी । बैतडीका बिभिन्न बिद्यालयमा कक्षा ११ को परीक्षा बुधबारदेखि सञ्चालन भएको छ । गत जेठ महिनामै सम्पन्न हुनुपर्ने शैक्षिक सत्र २०७६ को परीक्षा...

भर्खरै

प्रभु साहको प्रश्न– ‘हत्यारासंग घाँटी जोडेर बाबुराम र महन्थजीले कस्तो सुशासनको कुरा गरेका हुन ?

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पुर्व मन्त्री प्रभु साहले बिभिन्न हत्याकाण्डका हत्यारासंग घाँटी जोडेर सुशासन आउँन नसक्ने बताएका छन् । आज...

पुनः एकताको लयमा फर्कँदै नेकपाका शीर्ष नेता

काठमाडौँ । हरेक महिनाजसो आन्तरिक विवादमा उत्रिएर सहमति गर्दै आएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पछिल्लो समय उत्पन्न कलहलाई पार्टीका आधिकारिक...

मानहुँकोट घुम्न आएका थापा मृत अवस्थामा फेला

तनहुँ । क्याम्प फायरका लागि भनी आएका एक युवकको सुतिरहेको अवस्थामा मृत्युु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिकाका-३५ बर्षीय सागर थापा रहेका छन् ।...

काठमाडौँ उपत्यकामा थपिए १०३८ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।...

धेरै पढिएका

हुम्लामा ४ नयाँ कोरोना संक्रमित भेटिए

सिमकोट । कात्तिक १८ गतेदेखि कोरोना सङ्क्रमण मुक्त भएको हुम्लामा बिहीबार राति चार नयाँ सङ्क्रमित भेटिएका छन् । कोरोना लक्षण भएको आशङ्कामा स्वाब परीक्षणका...

आज लक्ष्मीपूजा, शनिबार दिउँसो १ बजेर ४९ मिनेटपछि औंसी तिथि

ललितपुर । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै...

आज गाई, गोरु र हलि तिहार

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा...

११९७ संक्रमित थपिए, आज ९ जनाको निधन

काठमाडौं । विगत २४ घन्टामा १ हजार १ सय ९७ जना संक्रमित थपिएका छन् । ४ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

मानहुँकोट घुम्न आएका थापा मृत अवस्थामा फेला

(Visited 90 times, 1 visits today)