काठमाडौं । गायक सन्जीव पराजुलीको आफ्नो नयाँ गीत ‘बाल्यकालको सम्झना…’को भिडियो दर्शकमाझ शुक्रबार ल्याएका छन् । जसलाई उनले ‘बालापनको उमेर’को दोस्रो संस्करणका रूपमा ल्याएका छन् । यो गीतमा वसन्त सापकोटाको शब्द र संगीत छ ।
यो गीतको भिडियो गणेश शाहीको निर्देशनमा तयार भएको हो । भिडियोमा सन्जीव पराजुली, सिम्रन कार्की, विप्रभ सापकोटा, शालीन पराजुली र सन्रिका भट्टराईको अभिनय छ । भिडियोलाई फराज अर्पणको छायांकन तथा सम्पादन गरेका हुन् ।
गीतको छायांकन ललितपुरको छम्पिदेवी उच्च माध्यमिक विद्यालयमा गरिएको हो । सो विद्यालयका बालबालिकालाई भिडियोमा समेटिएको छ । गीतको कर्णप्रिय भावलाई भिडियोमार्फत प्रस्तुतको कोसिस गरिएको छ । सन्जीवले यसअघि नाई मलाई थाहा छैन…, किन कर्के…, जस्ता चर्चित गीतहरू दर्शकमाझ भिडियोका रूपमा ल्याइसकेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)






