काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको ६९औं जन्मदिनको अवसरमा ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सो पुस्तक राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका हुन् । आफ्नो जन्मदिनको अवसर पारेर ओलीले पुस्तक ल्याएका हुन् ।
२४० पृष्ठको सो पुस्तकमा ओलीले विकास र समृद्धि’bout देखेका सपना र त्यस’bout गरिएको महŒवपूर्ण सम्बोधन एवं लेखहरू समावेश गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीका ९० वर्षीय बुबा मोहनप्रसाद ओलीले मञ्चमा पुस्तकको पाना पल्टाएपछि जन्मदिनको शुभकामना देखिएको ब्यानर सार्वजनिक भयो ।
किताब सार्वजनिक समारोहमा प्रधानमन्त्री ओलीले तानाशाहीदेखि लोकतन्त्रसम्म आफूले देखेको सपना भएको बताए । देश उर्वर र प्राकृतिक स्रोतले भरिपूर्ण रहेको बताउँदै उनले उत्पादन र वितरणमा समुचित व्यवस्था भने गर्न नसकिएकोे बताए ।
काम गर्न सक्ने युवा शक्ति देशमा भएको भन्दै प्रधानमन्त्री ओलीले दृष्टिकोण र प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता रहेको बताए । दुई ठूला मुलुकको बीचमा नेपाल भएकाले समृद्ध बनाउन सम्भव भएको बताए ।
यसैबीच, प्रधानमन्त्री ओली आइतबार आफ्नो जन्मदिन मनाउन तेह्रथुम जाने भएका छन् । प्रधानमन्त्री ओली आइतबार ६९औं जन्मदिन मनाउन तेह्रथुमको आठराईमा रहेको आफ्नो पुख्र्यौली घर जान लागेको बालुवाटार स्रोतले जनाएको छ ।
ओलीको जन्मघर आठराई गाउँपालिका–४ (साविकको इवा गाविस–२ स्थित तीनसल्ले खानीगाउँ) मा छ । त्यही घरमा ओलीको जन्म भएको थियो । उनको बाल्यकाल र किशोरावस्था त्यही घरमा बितेको थियो । पछि उनको परिवार झापा बसाइँ सरेको हो । ओलीले आफ्नो पुरानो घर दसैंअघि पुनर्निर्माण गर्न लगाएका थिए । जन्मदिनको अवसरमा ओलीको घरमा नेकपा जिल्ला कमिटी तेह्रथुमले विशेष कार्यक्रमको आयोजना गर्ने कार्यक्रम छ । सो कार्यक्रमलाई ओलीले सम्बोधन गर्नेछन् ।