बाजुरा(मार्तडी) । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा शाहलाई संक्रमण पुष्टि भएको हो । शनिबार गरिएको परीक्षणमा मन्त्री शाह र उनकी श्रीमतीलाई कोरोना पनि पुष्टि भएको मन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजानिक गरेका छन् ।
मन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ‘कोरोनालाई परास्त गरी छिट्टै काममा फर्किन्छु ।’ कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि आफूलाई कोरोनामा भएको प्रष्ट्याउदै मन्त्री शाहले भने, ‘मेरो स्वास्थ्यमा खासै समस्या छैन्, कोरोनालाई परास्त गरी छिट्टै काममा फर्किनेछु ।’ गृह जिल्ला बाजुरामा दशैँ मनाएर फर्किएका मन्त्री शाहले सामान्य ज्वरो र पखाला लागेपछि शंका लागेर परीक्षण गराएको बताउँदै अहिले स्वास्थ्यमा समस्या नरहेको उनले बताए ।
मन्त्री शाहकी पत्नी लक्ष्मी भट्ट शाहलाई समेत संक्रमण पुष्टि भएको छ, भने मन्त्रीका साला र सवारी चालकलाई पनि संक्रमण देखिएको छ । उनीहरु अहिले धनगढी स्थित सरकारी निवासमै सेल्फ आईसोलेसनमा बसेका छन् । यसअघि करिब १५ दिन अगाडी आन्तरिक मामिला तथा कानून मन्त्रालयका सवारी चालकमा पनि संक्रमण देखिएको थियो ।