अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा आउन केही समय लाग्ने

हिजो सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा आउन केही समय लाग्ने भएको छ । यो वर्ष अत्याधिक मात्रामा हुलाकमार्फत् मतदान भएकाले नतिजा ढिलो सार्वजनिक हुने भएको हो ।

अहिले ५० राज्यमध्ये ४१ राज्यको नतिजा सार्वजनिक भइसक्यो । सार्वजनिक नतिजा अनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार वाइडेनले २ सय २४ र राष्ट्रपति डोनाल्ड ट्रम्पले २ सय १३ आफ्नो पक्षमा पारेका छन् । जित्नका लागि सर्वाधिक मत ल्याइराख्नु पर्दैन, २ सय ७० ल्याए पुग्छ ।

बेग्लाबेग्लै प्रान्तमा हुलाकबाट प्राप्त मतपत्र गन्नका लागि अलग अलग नियम छ । त्यसैले विभिन्न प्रान्तको नतिजा पनि बेग्लाबेग्लै समयमा प्राप्त हुनेछ । फ्लोरिडा र एरिजोना जस्ता प्रान्तमा नोभेम्बर ३ भन्दा एक साताअघि नै गन्न सुरु गरिन्छ । तर विस्कोसिन र पेन्सिलभेनिया जस्ता प्रान्तमा मतदानकै दिनबाट गन्न सुरु गरिन्छ । अर्थात् त्यहाँबाट प्राप्त हुने नतिजा आउने समय लाग्छ ।

बेग्लाबेग्लै प्रान्तमा हुलाकबाट प्राप्त मतपत्र स्वीकार गर्ने समयसीमा पनि अलग अलग छ । जर्जियाजस्तो प्रान्तमा नोभेम्बर ३ भन्दा अघि खलालिएको मतपत्र मात्र गनिन्छ । जबकी ओहायो जस्ता प्रान्तमा ३ नोभेम्बरमा खसालिएको मतपत्रसमेत गनिन्छ ।

स्पष्ट छ, केही प्रान्तको अन्तिम नतिजा प्राप्त हुन केही सातासम्म लाग्न सक्छ । यस्तो अवस्थामा भन्न कठिन हुन्छ, नयाँ राष्ट्रपति को हुन्छ भनेर । यसभन्दा अघि सम्पन्न निर्वाचनमा यस्तो कहिले पनि भएको थिएन । (४ जीएमटी) सम्म अन्तिम नतिजा प्राप्त भइसक्छ । त्यसबेलासम्म पश्चिमी क्षेत्रमा मतदान समाप्त भइसक्छ ।

अहिलेसम्म नतिजा ठ्याक्कै यही समयमा आइरहेको थियो, तर सन् २०१२ मा १५ मिनेट ढिलो आएको थियो । अहिलेको प्रतिस्पर्धा एकदमै ‘टफ’ छ, डोनाल्ड ट्रम्पले पेन्सिलभेनियाको नतिजा आफ्नो पक्षमा लिँदासम्म आम मानिसको आँखा टेलिभिजनमा थियो ।

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

epaper

ताजा समाचार

आइभरी कोस्टका लागि ९० औं मिनेटमा निर्णायक गोल, इक्वेडर स्तब्ध