थप ३३०९ जनामा कोरोना पुष्टि, ३८४४ जना संक्रमणमुक्त

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम

काठमाडौं । देशभरमा आज ३ हजार ३०९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ३ हजार ८४४ सङ्क्रमणमुक्त भएका छन् ।

आजसम्म एक लाख ४४ हजार ९७८ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार ९११ पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर हालसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ८२ हजार ९२३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार १४४ नमूना परीक्षण भएको थियो । क्वारेन्टिनमा रहेकाको सङ्ख्या १ हजार ३०५ छ ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु