Saturday, September 25, 2021
Your Ads Here
HomeEditor-Picksनेकपा विवादः शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला पार्टी बैठक अन्योलमा

नेकपा विवादः शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला पार्टी बैठक अन्योलमा

,
sharethis

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला पार्टी बैठक एवं छलफल अन्योलमा परेको छ ।

पार्टी भित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शिर्ष नेताहरु आ–आफ्नै रणनीति अनुसार अगाडी बढने प्रयासमा छन् । विवाद समाधानका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले चासो नदिएपछि विवाद पेचिलो बन्दै गईरहेको छ ।

प्रधानमन्त्री ओलीले अबसंगै बस्न नसकिने भन्दै छुटिन भन्ने कुरा गरेको दाहालले खुलासा गरेपछि पार्टी फुट नजिक पुगेको हो । तर पार्टीकै नेताहरुले एकतालाई जोगाउँनुपर्ने पक्षमा उभिएका छन् । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले समस्या समाधानका लागि अध्यक्षद्धय ओली र दाहाल बीचका साथै सचिवालय बैठकमा छलफल भए निकास निष्कने बताए ।

‘पार्टी भित्रको छलफल्, बहश र अन्तरसंघर्षलाई ब्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिऔं । राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार, नीति र प्रबृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं’ श्रेष्ठले भने ।

प्रधानमन्त्री ओलीले अबसंगै बस्न नसकिने भन्दै छुटिन भन्ने कुरा गरेको दाहालले खुलासा गरेपछि पार्टी फुट नजिक पुगेको हो

स्थायी र सचिवालय कमिटीको निर्णय उल्लंघन गर्दै सहमती विपरित प्रधानमन्त्री ओलीले मन्त्री, राजदुत नियुक्ति गरेपछि अध्यक्ष दाहालसंगको दुरी बढेको छ । यसका साथै कर्णाली प्रदेश विवादमा देखिएको विवाद समाधान गर्नुको सटा अध्यक्षद्धय ओली र दाहालले फरक फरक निर्देशन गर्नुले विवाद उत्कर्षमा पुगेको हो ।

नेकपा पर्साका नेता महेश चौरसिया हत्याकाण्ड, प्रधानमन्त्री ओली र भारतीय गुप्चर संस्था रअ प्रमुख सामन्तकुमार गोयलसंगको गोप्य भेटघाटले समेत दुई अध्यक्षका बीचमा दुरी बढाउँने काम भएको नेकपा स्रोतको दावी छ । तर बालुवाटार स्रोतले प्रधानमन्त्री ओलीलाई दाहाल सहितका नेताले घेराबन्दी गर्न थालेकाले विवाद बढेको दावी गर्छ ।

अध्यक्षद्धय ओली र दाहालका बीचमा छलफल गराउँनका लागि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ सक्रिय भएका छन् । प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई टेलिफोन सम्बादमा ‘वान टु वान’ छलफलका लागि प्रस्ताव गरेको नेकपा स्रोतको दावी छ ।

छलफल गरेर समस्या समाधान गर्नुपर्ने ओलीको प्रस्ताव रहेको छ । तर अध्यक्ष दाहालले वान टु वान छलफल नगर्ने भन्दै सचिवालय बैठक बस्नुपर्ने जवाफ फर्काएका छन् । प्रधानमन्त्री ओली अहिले तत्काल सचिवालय बैठकको आवश्यकता नै नभएको अडानमा रहेका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

अध्यक्षद्धय ओली र दाहालको टेलिफोन सम्बाद पश्चात नेम्वाङले दुबै नेताका बीचमा छलफल गराउँन पहल गरिरहेको नेकपा स्रोतले जनाएको छ । तर छलफल गर्ने वातावरण बन्न नक्साद अनेक टिप्पणी सार्वजनिक भईरहेको छ । पार्टी फुटले कसैलाई फाईदा नहुने भन्दै एकताको बिकल्प नभएको नेम्वाङले शुरु देखी नै आफ्नो अडान राख्दै आएका नेता हुन् ।

यसैबीच अध्यक्ष दाहालसंग खटपट भएर सहकार्य नहुने निष्कर्षमा पुगेका प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसंग सहकार्यका लागि प्रस्ताव गरेका छन् । गत ४ र ११ कात्तिकमा ओली र नेपाल बीच दुई पटक घण्टौ छलफल भएको थियो । सो छलफलका क्रममा ओलीले सहकार्यका लागि प्रस्ताव गरेका थिए ।

वरिष्ठ नेता नेपाललाई नेता प्रदिप नेपालले समेत ओलीसंग सहकार्यका लागि सुझाव दिएका छन् । अस्वस्थ रहेका नेता प्रदिपलाई भेटन माधवकुमार उनकै घर गोठाटार सोमबार साझ पुगेका थिए । एकताका घनिष्ट सम्बन्ध रहेका माधवकुमार र प्रदिपका बीचमा पछिल्लो समिकरणका बारेमा लामो छलफल भएको नेकपा स्रोतले जनाएको छ ।

एउटै सैद्धान्तिक पृष्ठभूमि र संघर्षबाट आएका नेताहरु मिलेर जानु नै उपयुक्त हुने सुझाव प्रदिपले दिएका छन् । विशेषगरी जनताको बहुदलीय जनवाद (जबज) का लागि पनि मिल्नुपर्ने भन्दै उनले त्यसको वातावरण बनाउने बताए ।

प्रदिपको सुझाव सुनेका माधव नेपालले समस्या आफूमा नरहेको जवाफ दिए । ‘एउटै पार्टीका नेताहरु किन नमिल्ने ? समस्या केपी ओलीमै छ, ओलीलाई सम्झाउँनुस्’ माधव नेपालले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो ।

गत शनिबार प्रधानमन्त्री ओलीनिकट नेताहरुले प्रदीप नेपालसँग घण्टौ छलफल गर्दै ओली र नेपाललाई मिलाउँन आग्रह गरेका थिए । त्यसको दुई दिनपछि माधवकुमार र प्रदिपका बीचमा छलफल हुनुलाई नेताहरुले चासोका साथ हेरिरहेका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा सहितका नेताहरु प्रदिप नेपाललाई भेटेका थिए ।

यसैबीच नेकपा महासचिव एवं अर्थ मन्त्री विष्णु पौडेल र स्थायी कमिटीका सदस्य भीम रावलका बीचमा मंगलबार छलफल भएको छ । ओली निकटका पौडेल र नेपाल निकटका रावलका बीचमा राष्ट्रियसभा गृहमा भएको भेटघाटलाई दुई नेताका बीचमा नयाँ समिकरण बनाउँने अर्थका रुपमा लिईएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 501 times, 1 visits today)

आजको समाचार

बाजुरामा अनन्ते मेला सकियो, देउडा सकिएन

  बाजुरा । बाजुराबासीको मौलिक साँस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले बडो महत्वका साथ मनाउने गरेका छन् । अनन्तेलाई दशै तिहार जस्तै उत्साह र उमंगका...

एमाले छाड्ने प्रभु साहकाे संकेत : क्रान्तिकारीहरुको ध्रुवीकरण हुँदैछ

  गौर । पूर्वमन्त्री प्रभु साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भईरहेको बताएका छन् । आज रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा स्थानीयसंग अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई...

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

  काठमाडाैं ।  नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको...

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

साताका लोकप्रिय समाचार

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

बागलुङमा राजनीतिक गतिविधि चलायमान

बागलुङ । बागलुङमा राजनीतिक गतिविधि चलायमान भएका छन् । कोरोना त्रासको कारण लामो समयदेखि बन्द गरिएको सामुहिक भेला, गोष्ठी, सभा, सम्मेलन जस्ता कार्यक्रम कोरोनाका...

नेपाल रत्न स्व. कृष्णप्रसाद भट्टराइलाई

  काठमाडौं ।सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण पाँच सय बढीलाई प्रदान गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा...

कर्मचारी संगठन कार्यालयमा प्रहरी हस्तक्षेप,एकसय बढी पक्राउ

  काठमाडौ । प्रमुख प्रतीपक्षी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा प्रहरीले हस्तक्षेप गरि १ सय बढि कर्मचारीलाई पक्राउ गरेको छ । नेकपा...

ट्रेन्डिङ

अनमाेल केसी : साइन गर्दै फिल्म छोड्दै

  काठमाडौं । पछिल्लो समय अभिनेता भुवन केसीपुत्र अनमोल केसीको ‘सेड्युल’ नै फिल्म साइन गर्ने अनि छोड्ने । गृह ब्यानरको तीन फिल्मसमेत उनको सूचीबाट हटेका...

बिहेको निम्तोमा जन्ममिति अनिवार्य

उदयपुर । बालबिवाहलाई कानुनले दण्डनीय अपराध घोषणा गरेपछि यहाँका अधिकाश छापाखानाहरुमा दुलाहा दुहलीको जन्म मिति अनिवार्य उल्लेख गरि कार्ड छाप्नु पर्ने...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)