Sunday, May 9, 2021
Home Breaking News भारतीय सेनाध्यक्षको भ्रमण: सम्बन्ध सुधारमा ग्रिन सिग्नल

भारतीय सेनाध्यक्षको भ्रमण: सम्बन्ध सुधारमा ग्रिन सिग्नल

फर्किए नरवणे

,

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणबाट नेपाल र भारतबीचको सीमा विवादपछि बिग्रिएको सम्बन्ध सुधारमा ग्रिन सिग्नल देखिएको छ ।

नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गर्न नेपाल आएका नरवणेको राष्ट्रपति, प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीहरूसँगको भेटपछि सीमा विवादको विषयले बिग्रिएको दुई देशको सम्बन्धमा उपाधि ग्रहण परम्पराको निरन्तरतासँगै सुधारको संकेत देखिएको हो ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गरेका नरवणेले राष्ट्रपति भण्डारीसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए ।

यसैगरी, शुक्रबार उनले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सदिऔं पुरानो विशिष्ट सम्बन्ध रहेको स्पष्ट पारेका छन् । उनले सोही सम्बन्धका कारण नै दुई देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको पनि स्मरण गरेका छन् ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार भेटका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच देखिएको समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल सरकारका पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले पहिले खासै चासो नहुने यस्ता भ्रमण सीमाका विषयमा नरवणेले दिएको अभिव्यक्तिकै कारण चर्चामा आएको र नेपाली सेनाका प्रधानसेनापतिले सो समयमा जवाफी प्रतिक्रिया नदिँदा यो भ्रमण हुन सकेको बताए ।

नरवणेको भ्रमण दुई देशबीच बिग्रिएको सम्बन्ध सुधारमा ‘आइसब्रेक’ भएको समेत प्रधानले स्पष्ट पारे । ‘नरवणेले सीमा विवादमा विवादास्पद अभिव्यक्ति दिए तर हाम्रा सेना प्रमुखले बुद्धिमताको प्रयोग गरे । त्यसकारण यो भ्रमण सम्भव भयो, यो भ्रमण सीमा विवादपछि बिग्रिएको दुई देशको सम्बन्ध सुधारमा आइसब्रेक हो,’ पूर्वरक्षामन्त्री प्रधानले राजधानीसँग भने ।

भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल सहभागी थिए भने नरवणेसँगै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी थिए ।

भारतले सीमा विवादका सम्बन्धमा कूटनीतिक वार्ताका लागि चासो नदेखाए पनि केही साताकै अन्तरालमा रअ प्रमुख सामन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणले समेत दुई देशको सम्बन्ध सुधारमा ग्रिन सिग्नल दिएको हो ।

कतिपयले दुई देशबीच राजनीतिक र कूटनीतिक सम्बन्ध चिसिएको बखत सैन्य कूटनीतिको सहारामार्फत सम्बन्ध सुधारको पहल थालिएको समेत भन्दै आएका छन् ।

राष्ट्रपति भण्डारीले नरवणेलाई बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी थिइन् । यो उपाधि पाउने रनवणे भारतीय सेनाका १८औं प्रमुख हुन् ।

विगत सात दशकदेखि दुई देशका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रहेकामा सेनाध्यक्ष नरवणेलाई सो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ । यो उपाधि पहिलो पटक सन् १९५० मा तत्कालीन भारतीय सेना प्रमुख सेनापति जनरल केएम करिअप्पालाई प्रदान गरिएको थियो ।

भारतीय सेनाध्यक्ष नरवणे शुक्रबार तीन दिने औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्माले बिदाइ गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

(Visited 927 times, 1 visits today)
Loading comments...

आजको समाचार

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

साताका लोकप्रिय समाचार

गण्डकी र सुदूरपश्चिमका नवनवियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको शपथ

काठमाडाैं । गण्डकी र सुदूरपश्चिमका नवनवियुक्त प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र...

चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि...

शम्भुजितको गीतमा पुष्प र सुनिसाको प्रेम

काठमाडौं । वरिष्ट संगीतकार शम्भुजित बास्कोटा र गायिका मञ्जु थापाको युगल स्वरमा नयाँ गीत ‘पा¥यो माया जालैमा ...’ बजारमा आएको छ । बासकोटाले यो...

बिहेको भोज खाँदा तनहुँमा ३५ जना बिरामी

तनहुँ ।  व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी...

कास्कीमा एकै दिन भेटिए अहिलेसम्मकै धेरै ३१० संक्रमित

पोखरा । कास्कीमा एकै दिन ३ सय १० जना संक्रमित भेटिएका छन् । यो संख्या एकै दिनमा भेटिएका संक्रमितमध्ये उच्च हो । प्रदेश स्वास्थ्य निर्देशनालय,...

ट्रेन्डिङ

जन्मभूमि टेक्न नपाउँदा बगेको आँसु

सरकारले जनताको अभिभावकत्व निर्वाह गर्नुपर्छ । सीमा क्षेत्रमा भात न पानी भएर निराशाले पुर्पुरोमा हात राख्दै देश र घर सम्झेर तड्पनुपरेका नेपालीको दुर्दशालाई सरकारले...

नेकपा दाहाल–नेपाल समूहद्वारा को बैंक खाता रोक्न पत्राचार

काठमाडौं । नेकपा विभाजन भएपछि नेकपाका दाहाल–नेपाल समूहले तत्कालीन नेकपा एमालेको नाममा रहेका बैंक तथा वित्तीय संस्थाहरूको खाता रोक्का गर्न सम्बन्धित निकायमा पत्र पठाएको...

इन्टरनेट सेवामा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत...

फेरि पश्चिमी वायुको प्रभावः वर्षाको सम्भावना कमै

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । हिजो बेलुकादेखि देशको पश्चिमी भू–भाग हँुदै प्रवेश गरेको वायुको प्रभावले...

टयाक्टर दुर्घटनामा दुई घाईते

दैलेख । सोमबार साँझ ६ बजे दैलेखको दुल्लू नगरपालिका ९, भजनिया पोखरीमा टयाक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाईते...

तातोपानी आइपुग्यो चिनियाँ मल (फोटोफिचर)

दिनेश थापा, सिन्धुपाल्चोक । मलको अभाव हुदै गएपछि सरकारले पहिलो पटक उत्तरी छिमेकी चीनबाट खरिद गरेको मल तातोपानी भन्सार कार्यालयमा आइपुगेको छ । तातोपानी भन्सारबाट...

राहत वितरण गरेर नेविसङ्घ ५१औँ स्थापना दिवस मनाउँदै

काठमाडौं । नेपाली काँग्रेसको सबैभन्दा प्रभावशाली भातृ संस्था नेपाल विद्यार्थी सङ्घ स्थापनाको ५० वर्ष पूरा गरी आज ५१औँ वर्षगाँठ मनाउँदै छ । विसं २०२७...

चार हप्तापछि मेलम्चीकाे सुरुङमा पानी हाल्न सकिने

काठमाडौँ । खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा मन्त्री थापा सुन्दरीजलदेखि...

नक्कली मुद्रासहित दुई जना पक्राउ

रामेछाप । नक्कली मुद्रासहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खाँडादेवी गाउँपालिका-१ चुरे बस्ने ५२ वर्षीय ढकल बहादुर तामाङ...

मजबुद सहकारी अभियान

नेपालको सहकारी अभियानले ६४ वर्षको अवधिमा आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणको क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्न सफल भएको छ । त्यति मात्र होइन, देशको...

बालिका बलात्कार आरोपमा दाङमा वृद्ध पक्राउ

तुलसीपुर । बालिकालाई बलात्कार गरेको आरोपमा पश्चिम दाङमा एक वृद्ध पक्राउ परेका छन् । १० बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–५ काँसीपुर निबासी ५५...

काठमाडौं प्लेअफमा

काठमाडौं । क्यामरुनी फरवार्ड मेसौके ओलुमोउको ह्याट्रिक मद्दतमा काठमाडौं रेजर्सले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीमाथि पुनरागमन जित निकाल्दै प्ले अफमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)