Tuesday, December 1, 2020
Home भर्खरै सुँक्कसुँक्क गर्दै लुकुण्डोल

सुँक्कसुँक्क गर्दै लुकुण्डोल

स्थलगत

युमाश शेर्पा

घरको ढोका निस्कनेबित्तिकै ३२ वर्षीय शेष नगरकोटीको मन खिन्न हुन्छ । झुपडीनिर डिपीसीमात्रै गरिराखेको अधुरो घरले गिज्याइरहेझैं लाग्छ, उनलाई ।

‘डिपीसी गरेकै दुई वर्ष हुन लाग्यो,’ डण्डी ठड्याइएको शून्य भूइँतिर हेर्दै शेष भन्छन्, ‘बाटो छैन, त्यसैले घर बनाउन पनि सकिरहेको छैन ।’

भन्नैपर्दा २४ घरमात्रै भएको लुकुण्डोल पुग्न बज्रबाराहीस्थित ललितपुर गोदावरी नगरपालिका मुख्य कार्यालयबाट पाँच किलोमिटर पनि टाढा छैन । दुर्गम गाउँझैं लाग्ने लुकुण्डोल गोदावरी नगरपालिका–९ पर्छ । तर, ‘बत्तीमुनिको अँध्यारो’को परिवेशभित्र यहाँका जनता बाँचिरहेका छन् ।

‘अलि पढेलेखेकाहरू बाहिर बस्छन्, त्यतै काम गर्छन्,’ कक्षा १० सम्म पढेको बताउने शेष सुनाउँछन्, ‘हामीले के गर्ने ? एकजनाले मात्रै बोलेर हुँदैन ।’

बिजुलीको पोल गाडेको बाह्र वर्षसम्म बत्तीको लाइन आएन । चापागाउँ पश्चिमतिर पर्ने लुकुण्डोल झलमल्ल हुन थालेकै भर्खर तीन वर्ष लाग्दै छ । अन्य दुर्गम गाउँजस्तै लुकुण्डोलको गुनासो पनि त्यही छ, ‘चुनावका बेला भोट माग्न आउँछन्, त्यसपछि कोही पनि आउँदैछ ।’

१२ वैशाख २०७२ को भूकम्पले गाउँका अधिकांश घर ढाल्यो । लुकुण्डोल झेपडीमा परिणत हुन पुग्यो । अहिले गाउँले चौधरी ग्रुपले बनाइदिएको टहरामा आश्रित छन् । पक्की घर नगण्य बनेका छन् ।

यहाँ खानेपानी सुविधासमेत छैन । वर्षायाम लागेपछि टहराबाट बग्ने पानी संकलन गरेर प्रयोगमा ल्याउने गरेको स्थानीय युवा शेष सुनाउँछन् । ‘खरको छानो भइदिएको भए त्यो पानी पनि कहाँ पाउनु ?’ जस्तापाताको छानो हेर्दै उनले भने, ‘अरु बेला यहीँ नजिकैको खोल्साबाट ल्याउने गरेका छौं ।’

विशेष पर्वका रूपमा कुनै पनि जात्रा नमान्ने बताउने ५६ वर्षीय गोपाल नगरकोटीका छोरा कृष्णकुमार ‘गाउँमै सबैभन्दा बढी पढेलेखे’मध्ये गनिन्छन् । तर, छोराले ‘कहीँ पनि जागिर नपाए’पछि गोपाल खिन्न देखिन्छन् । बज्रबाराही ‘कुलदेउता’ मान्ने स्थानीयले लुकुण्डोलमा मन्दिर नै स्थापना गरेका छन् ।

‘पन्ध्र कक्षा पढ्नेले त कुनै काम पाएन, अब के भन्ने ?’ उनले छोरो कृष्णतिर देखाउँदै थपे, ‘अरुको के कुरा गर्नु ?’
प्याङगाउँस्थित जनभावना क्याम्पसबाट व्यवस्थापनमा स्नातक कृष्णकुमार नगरकोटीले ‘जागिर’को लागि धेरै ठाउँ धाए । तर, काम पाएनन् ।

‘दुई–तीन ठाउँमा जागिरको ट्राइ गरें तर पाइएन,’ अहिले गाउँठाउँमै ज्यामी काम गरिरहेको सुनाउने कृष्ण भन्छन्, ‘त्यसपछि कतै पनि प्रयास गरिनँ, जागिर पाए भने अवश्य पनि गर्नेछु ।’ शिक्षणमा रुचि राख्ने उनी अहिले आफ्ना बुबासँगै ज्यामी काममा निस्कने गरेका छन् ।

इतिहासै खोतल्हो भने लुकुण्डोलको कथा सयौं वर्ष पुरानो लाग्छ । आफूहरू ‘कहाँबाट आएका हौं ?’ भन्ने स्थानीय ठ्याक्कै भन्न सक्दैनन् । डाँडाबीच खाल्डोको गाउँमा कमैको नजर पर्ने गरेका छन् ।

सडक सञ्जालले नछोएकोले गाउँलेलाई नजिकैको चापागाउँ बजार पुग्नसमेत झन्डै एकघण्टा लाग्छ । हिँडेरै जाने हो भने यहाँ पुग्न नक्खु खोला बाटो प्रयोग गर्दा फरक पर्दैन ।

यो पनि पढ्नुहोस   बीर अस्पताल अगाडीको ढलपोखरीले महानगरको इज्जत जाँदैन ? (फोटोफिचर)

लुकेको हो वा लुकाइएको ? त्यो त समयले नै बताउँला † तर, लुकुण्डोल ‘हाइकिङ’का लागि सुन्दर गाउँ हो । पर्यटकीय प्रवद्र्धन गर्ने हो भने ‘एकरात घरबास’ अर्थात् ‘वान नाइट होमस्टे’ लागि प्रबल सम्भावना बोकेको छ, लुकुण्डोलले ।

‘पर्यटक पुग्न थालेपछि स्थानीय जीवनस्तर स्वतः उकासिनेमा शंकै छैन,’ गाउँठाउँ डुलेर त्यसलाई क्यानभासमा उतार्दै आएका कलाकार सुरेम देशार भन्छन्, ‘त्यो हिसाबले लुकुण्डोले पनि सम्भावना देखाएको छ ।’

‘चित्रयात्री’ देशार प्रायः पुराना गाउँवस्ती घुमिरहन मन पराउँछन् । यही मेसोमा उनको नजरमा पछिल्लो समय परेको गाउँ हो, लुकुण्डोल ।

‘आन्तरिकसँगै बाह्य पर्यटनको दृष्टिले यो ठाउँ उत्तम छ,’ अघिल्लो दिनमात्रै यहीँको ‘स्पट’ चित्र बनाएका कलाकार देशारले सुनाए, ‘अब विस्तारै यहाँँको विकास हुनेमा हामी आशावादी छौं, धेरै गाउँ सुरुमा यसरी नै ओझेलमा थिए । तीमध्ये घलेगाउँ पनि एक थियो, अहिले घलेगाउँ पर्यटक क्षेत्रमा प्रसिद्ध बन्न पुगेको छ ।’

हुन त, लुकुण्डोलका लागि सडक–खानेपानी तड्कारो आवश्यक भएको वडाध्यक्ष आत्मराम थापा क्षेत्रीलाई थाहा नभएको हैन । उनी बिनापूर्वाधार बाटो खनिएको कच्ची सडक लुकुण्डोलसम्म पु¥याइएको बताउँछन् । ‘सोही कारण गाडी गुडाउन सहज पक्कै छैन,’ वडाध्यक्ष क्षेत्री भन्छन्, ‘इटाइटीभन्दा डुकुछापबाट बाटो लान उपयुक्त हुने भएपछि काम अघि बढाइएको छ ।’

स्थानीयस्तरमा जागरण नआउँदा विकास निर्माण अलपत्र पर्ने अवस्था आउने विश्लेषण गर्छिन्, लुकुण्डोल वडा सदस्य वडासदस्य दुर्गा सुनुवार नेपाली ।

‘बिना हस्तक्षेप विकास निर्माणका काम अघि बढ्नै सक्दैन,’ उनी भन्छिन्, ‘हरेक क्षेत्रमा यो गाउँ ओझेल परेको छ, यसप्रति स्थानीय तहको ध्यानसमेत पुग्न सकेको छैन ।’

खेतीपातीमा खासै निर्भर हुन नसकेका स्थानीयसँ ज्यालादारी र मजदुरीबाहेक विकल्प छैन । जिविकोपार्जनमै बढी ध्यानकेन्द्रित भएका कारण पनि गाउँठाउँको विकास निर्माणप्रति स्थानीय पहल हुन नसकेको वडासदस्य नेपाली बताउँछिन् ।

अब भने समस्या समाधान गर्ने पक्षमा उभिएका छौं

गजेन्द्र महर्जन, मेयर, गोदावरी नगरपालिका, ललितपुर

सहरी क्षेत्रबाट नजिक भएर पनि लुकुण्डोल दुर्गम ठाउँ नै हो । त्यहाँ खासै धेरै वस्ती पनि छैन । त्यस्तै, २०–२५ घर होलान् । अलिक खाल्डोमा रहेको हुनाले भौगोलिक हिसाबले विकटझैं लाग्छ ।

खानेपानीको समस्याभन्दा लुकुण्डोलमा अझैसम्म पनि सडक सञ्जाल पुग्न सकेको छैन । जसका कारण स्थानीयलाई निकै समस्या छ । सडक बन्न नसकेको र भौगोलिक विकटताकै कारण त्यहाँ खानेपानी समस्या भएको हो । त्यो समस्या यसपटक समाधान गर्ने पक्षमा हामी छौं ।

सडक स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखेका छौं । यसबाहेक पर्यटकीय दृष्टिकोणको हिसाबले देवीचौरमा ‘होमस्टे’ थालनी गर्दैगर्दा लुकुण्डोललाई हामीले प्राथमिकतामा राखेका छौं ।

(Visited 121 times, 1 visits today)
Loading comments...

आजको समाचार

सितोरिय कराते खेलाडी सम्मानित

बारा । बारामा सितोरिय कराते खेलाडी एक कार्यक्रमको बिच सम्मानित भएका छन् । कलैया उपमहानगरपालिका वडा नम्वर २७ बिजुलपुर रामपुरको विधालयमा एक कार्यक्रमको आयोजना...

देशप्रेमको गीत लिएर आइन् सुजाता

काठमाडौं । गायिका सुजाता केसीले नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली...’ बजारमा ल्याएकी छन् । जसमा सुजाताले देशको जग्गा विदेशले मिचेको कुरामा जनतालाई सह्य नभएको...

विद्यालय कतै खुल्यो, कतै खुलेको भोलिपल्टै बन्द

सप्तरी । लामो समय पश्चात् खुलेका सप्तरीको शम्भुनाथ नगरपालिकाका केही विद्यालय संचालनमा आएको भोलिपल्टै पुनः बन्द भएका छन् । कोरोनाको जोखिम कायमै रहेको निष्कर्ष...

सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्न चीन प्रतिबद्ध

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङ्हेले सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।...

धादिङमा चार महिनामा एक अर्ब रेमिट्यान्स

धादिङ ।  धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । चालु वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा...

साताका लोकप्रिय समाचार

प्रदेश १ का प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति सङ्क्रमण देखिएको उनको...

बागलुङमा ३८ वटा अबैध बन्दुक बरामद

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाको विभिन्न स्थानबाट प्रहरीले ३८ थान अवैध भरुवा बन्दुक बरामद गरको छ । कात्तिक अन्तिम सातादेखि अवैद्य बन्दुक...

बिश्व हिन्दु महासंघकाे कर्णाली प्रदेश प्रमुखमा शाह मनोनित

काठमाडौं । बिश्व हिन्दु महासंघको कर्णाली प्रदेश प्रमुख ऋषिकेश जंग शाह मनोनीत भएका छन। महासंघका अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले आज केन्द्रिय कार्यलयमा एउटा कार्यक्रमको...

फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँगै नेपाली कूटनीतिक आयाम फराकिलो बन्दै गएको महसुस हुन थालेको छ । यसअघि भारतीय पक्षबाट भएको कूटनीतिक भ्रमणले नेपाल भारतबीचमा उच्चस्तरीय कूटनीतिक...

अलविदा ! फुटबल लिजेन्ट म्याराडोना

व्यूनर्सआयर्स । अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको हिजो बुधबार हृदयघातबाट निधन भयो । दुई साताअघि मात्रै राजधानी ब्युनर्स आयर्स नजिकको एक अस्पतालमा उनको मस्तिष्कको शल्यक्रिया...

ट्रेन्डिङ

कलैयामा प्रहरी जवानलाई कोरोना संक्रमण

बारा । जिल्ला प्रहरी कार्यलय कलैयामा कार्यरत एक जना प्रहरी जवानमा कोरोन संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यलयको मुद्धा फाटमा कार्यरत प्रहरीको कोरोना चेकजाँच...

२२ औँ बुढासुब्बा गोल्डकप : मनाङसँग बेलबारी स्तब्ध

इटहरी । धरानमाजारी २२ औँ अन्तर्रा्ष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको तेस्रो दिन(सोमबार) भएको क्वाटरफाइनल खेलमा एनओसी मनाङ मस्र्याङ्दी क्लब र बेलबारी फुटबल...

बाढीपहिरो पीडितको व्यवस्थापन गर

मनसुन सुरु भइसकेकाले बाढीपहिरोको प्रकोप बढ्दै जान थालेपछि धनजनको क्षति हुनेक्रम उकालो लाग्दा यसले सबैलाई चिन्तित बनाएको छ । कोरोना महामारीको नियन्त्रण र व्यवस्थापनमा...

विराटनगर विमानस्थल समयअघि नै स्तरोन्नति हुन्छ : मन्त्री कुसियैत

मोरङ । प्रदेश १ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री जगदीश कुसियैतले विराटनगर विमानस्थलको स्तरोन्नति समयभन्दा अघि नै सम्पन्न हुने बताएका छन् । विराटनगर...

तनहुँकी ६९ वर्षिया महिलाले जितिन् कोरोना

काठमाडौ । तनहुँको व्यास नगरपालिका–१ रतौली निवासी ६९ वर्षीया महिलाले कोरोनालाई जितेर सकुशल घर फर्र्किएकी छिन् । उच्च मनोबलकै कारण उनले कोरोना जित्न सफल...

रौतहटमा एकैदिन २६ जनामा कोरोना संक्रमण

रौतहट । सोमबार रौतहटमा थप २६ जनालाइ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत जेठ ६ गते पठाएको १ सय २३ जनामध्ये २६...

सनसिटीमा रहेका २९८ मा सङ्क्रमण देखिएन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका २९८ जनाको परीक्षण गरेकोमा कसैमा पनि कोभिड–१९ को सङ्क्रमण नभेटिएको जनाएको छ...

प्रयोगमै नआई संशोधनतिर प्रदेश लोकसेवा ऐन

सुर्खेत । प्रमाणीकरण भएको १० महिनापछि प्रदेश लोकसेवा आयोगसम्बन्धी ऐन संशोधन हुने भएको छ । कर्णाली प्रदेशसभाले गत जेठमा पारित गरी...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बीर अस्पताल अगाडीको ढलपोखरीले महानगरको इज्जत जाँदैन ? (फोटोफिचर)

काठमाडौं । नेपालकै जेठो अस्पताल बीर अस्पतालको मुख्य गेटवाहिर सडकमा पानीको आहाल (ढलपोखरी) जमेको एक महिना पुग्न लाग्यो । सडकमा फोहोरको पोखरी वनेको दृष्य सामान्य...

इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देमा पिकअप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अवस्था जटिल...

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

काठमाडौँ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य...

थप १ हजार ४७४ जना कोरोना संक्रमित पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एक हजार ४७४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९...

भर्खरै

नेकपाको ‘दस्तावेज युद्ध’

मौसम चिसिँदो छ । महामारीको त्रास कायमै छ तर खोपको अनुसन्धान र परीक्षणमा भएको हालसम्मको प्रगतिले आशा जगाएको छ । छिमेकी मुलुकहरू भारत र...

आर्थिक सुशासनलाई कमजोर हुन नदेऊ

‘म पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिने छैन’ भन्ने वर्तमान सरकारको मुख्य नारा थियो । प्रधानमन्त्री ओलीले आर्थिक सुशासनका लागि आफ्ना मन्त्रीहरूलाई...

फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँगै नेपाली कूटनीतिक आयाम फराकिलो बन्दै गएको महसुस हुन थालेको छ । यसअघि भारतीय पक्षबाट भएको कूटनीतिक भ्रमणले नेपाल भारतबीचमा उच्चस्तरीय कूटनीतिक...

घरको इज्जत फाली भन्दै छोरीको हत्या गर्ने बाबु आमा पक्राउ

रौतहट । छोरीको हत्या गरेको आरोपमा बाबु आमा पक्राउ परेका छन् । गत कात्तिक २६ गते जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा १७ वर्षीया अमृता...

धेरै पढिएका

म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाइते

बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जीप दुर्घटनामा एकको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् । बाबियाचौर लाम्पाटाबाट...

सार्थक कूटनीतिक प्रयासको खाँचो

लामो समयदेखि विवादित रहँदै आएको नेपाल भारतको सीमा समस्या उच्चस्तरीय कूटनीतिक प्रयासबाट हल खोजिनु राम्रो कुरा हो । यसले दुवै देशका बीचमा कूटनीतिक स्थायीत्व...

दोहोरी तथा रात्रिकालिन व्यवसाय खोल्न अनुमति नदिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले सरकार तथा सरोकारवाला निकायले तत्काल दोहोरी तथा रात्रिकालिन व्यवसाय खुलाउनुपर्ने माग गरेका छन्...

सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्न चीन प्रतिबद्ध

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङ्हेले सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   वीरका कर्मचारी आन्दोलनमा

सीमा विवादको समाधान उच्च तहबाटै खोजिने

(Visited 90 times, 1 visits today)