इतिहास संरक्षणमा इलाम नगरपालिका

इलाम । जिल्लाकै पहिलो नगरपालिका रहेको इलाम नगरपालिकाले देशकै पहिलो चिया कारखान नजिकै चिया कमाण्ड डाँडामा गजराजसिंह थापाको प्रतिक र इलाम चोक बजारमा चिया टिप्दै गरेको स्टाचु निर्माण गरेको छ । नेपालमा विक्रम संवत् १९२० मा पहिलोपटक चीनबाट चियाको बिरुवा झिकाएर तत्कालीन इलामका बडाहाकिम गजराज सिंह थापाको पहलमा इलामको चिया बगान र चिया कारखानाको स्थापना भएको थियो । डेढ सताब्दी अघिदेखिका तीनै चियाका बुटाबाट इलाममा अहिले पनि चियापत्ती उत्पादन भइरहेको छ । नेपालमा चियाको विकास गरेर जिल्लालाई चिनाएको कारण उनको प्रतिक बनाइएको हो ।

इलाम नगरपालिकाले नेपालका राष्ट्रिय विभुति अरनिकोनामबाट संग्रहालय निर्माण गरेको छ । सय वर्षभन्दा पुरानो राणकालीन दरवारलाई अरनिको संग्रालयको रुपमा विकास गरेको हो । संग्रहालयमा पूर्खाहरुले प्रयोग गरेका ढिकी, जाँतो, ठेकी, चर्खा, गरियो, पेचा, कोलजस्ता घरायसी सामग्री र पञ्चेबाजाहरुलाई संग्रहालयमा राख्न थालिएको छ । जिल्लामा बसोबास गर्ने राई, लिम्बू, शेर्पा, लाप्चा, सुनुवार लगायत विभिन्न जातजातिले प्रयोग गर्ने सांस्कृतिक सामग्री, भेषभुषालाई पनि संग्रहित गरेको छ । संग्रालयमा जातीय संस्कृतिका सामाग्री राख्ने र लोपोन्मूख सामग्रीहरु ल्याएर राख्ने काम भइरहेको छ ।

नगरपालिकाको वडा नम्बर सात स्थित नेपाल बैंक नजिकै शंखधर शाख्वाको प्रतिमा निमार्ण गरेको छ । नगरपालिकाको मर्मत संहार कोषबाट नगरपालिका आँफै निर्माणकको काम गरिरहेको छ । नेपालका राष्ट्रिय बिभूति र नेपाल संबतका प्रवर्तक रहेका उनले नेपालीलाई ऋणबाट मुक्ति दिलाएका थिए । नेपाल सरकारले मिति २०५६/८/३ मा राष्ट्रिय बिभुती घोषणा गरेको थियोे । नगरपालिकाले पर्यटकियस्थलसँगै सहरको सौन्दर्यकरण र राष्ट्रिय एकतालाई बल पुर्याउने उदेश्यले प्रतिक निर्माण गरेको नगर प्रमुख महेश बस्नेतले बताए ।

नगरपालिकाले अब चाँडै पारीजातको शालिक निर्माण गर्ने र इलाम नगरपालिका ९ मा रहेको फाल्गुनन्द एयरपोर्टबाट सुरू हुने र सिध्दिथुम्का, लिङदिनटार, खात्रोक्पा महमाइ हुँदै माङसेबुङ सम्मको सडकको प्रस्थान विन्दुमा महागुरुको प्रतिमासहितको स्वागतद्वार निर्माण गरिने बस्नेतले बताए । प्रमुख बस्नेतले राष्ट्रिय बिभुति महागुरू फाल्गुनन्दको १३६ औं जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्तगर्दे फाल्गुनन्दको प्रतिमासहितको स्वागतद्वार निर्माण गरिने बताएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 1,003 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग