महाधिवेशन कार्यतालिका फेर्दै कांग्रेस

काठमाडौं । आगामी ७ देखि १० फागुनमा पार्टीको १४औं महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकिने निष्कर्षपछि नयाँ खाकाको तयारी थालेको छ ।

केही दिनदेखि नियमित बस्दै आइरहेको पदाधिकारीसहितका केही शीर्ष नेताहरूको अनौपचारिक बैठकमा पार्टीभित्र देखिएका विवाद मत्थर हुँदै गएपछि कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै महाधिवेशनको मिति परिमार्जन गर्न लागेको हो ।

पछिल्ला केही महिनायता कांग्रेसभित्र सभापतिले गठन गरेका विभाग, भ्रातृ संस्थासहित शुभेच्छुक संस्थाहरूको थप गरिएका म्याद, क्रियाशील सदस्यता वितरण, समायोजनलगायतमा विवाद रहँदै आइरहेको थियो ।

सल्लाह र छलफल भइरहेकै छ । धेरै विषयमा छलफल बाँकी छ, टुंगिसकेको छैन, छिटै टुंगिएला ।
– पूर्णबहादुर खड्का, महामन्त्री, कांग्रेस

तर, ती विषयमा असन्तुष्ट पक्ष मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूह ब्याक हुने मनस्थितिमा पुगेपछि कांग्रेस महाधिवेशनको कार्यतालिका परिमार्जनको तयारीमा लागेको हो । तर, वरिष्ठ नेता पौडेलले भने सो विषयमा मुख खोलेका छैनन् । यस्तै, सभापति शेरबहादुर देउवा पनि आफैं नबोली महामन्त्रीद्वय पूर्णबहादुर खड्का र शशांक कोइरालालाई खाका बनाउने जिम्मेवारी दिएका छन्् ।

दुई महामन्त्रीले आफ्नो पक्षका केही नेताहरूलाई राखेर प्रस्ताव तयार पारेपछि २८ कात्तिकमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्नेछन् । महामन्त्री खड्काले नेताहरूबीच अझै पनि धेरै विषयमा छलफल भइरहेको र केही विषय टुंगिन बाँकी रहको बताए ।

‘सल्लाह, छलफल भइरहेकै छ । धेरै विषयमा छलफल बाँकी छ । टुंगिसकेको छैन, छिटै टुंगिएला,’ महामन्त्री खड्काले राजधानीसँग भने । सभापति देउवा निकट एक नेताका अनुसार साउन अन्तिम साता वा भदौमा महाधिवेशन गर्ने गरी देउवाले छलफल गरिरहेका छन् ।

तर, कांग्रेसभित्रको तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाले भने वैशाख अन्तिम वा जेठभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउँदै आइरहेका छन् ।

अब वैशाख अन्तिम वा जेठभित्रै महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तत्काल परिमार्जन गर्नुपर्छ ।
– कृष्णप्रसाद सिटौला, नेता, कांग्रेस

‘फागुनको मिति नकारात्मक ढंगबाट प्रभावित भइसक्यो, अब वैशाख अन्तिम वा जेठभित्रै महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तत्काल परिमार्जन गर्नुपर्छ । तत्काल खाका नल्याइए महाधिवेशनमा सन्देश हुन्छ,’ सिटौलाले भने ।

पौडेल समूहले भने महाधिवेशन’bout बोलेको छैन । विभाग गठन, समायोजन र क्रियाशील सदस्यता, भ्रातृ तथा शुभेच्छुक संगठनलगायतका मुद्दा अघि सारेर सो समूहले १२ असोजमा १६ बुँदे विरोधपत्र बुझाएको थियो ।

सो विषयमा छलफल गर्दै गर्दा १७ असोजमा केही नेतालाई कोरोना संक्रमण पुष्टि भएपछि त्यसयता निरन्तर केन्द्रीय समिति बैठक सर्दै आइरहेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक सूचना जारी गर्दै २८ कात्तिकका लागि बैठक बोलाइएको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 363 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रसुवाको आमाछोदिङमाे–१ मा एमालेको प्यानल नै विजयी