Sunday, June 13, 2021
Home Breaking News १९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तार

१९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तार

,

काठमाडौं । नेपालमा १९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु भएको छ । २०५८ सालयता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गए पनि भण्डारण क्षमता बढाइएको थिएन ।

पहिलोपटक १९ वर्षपछि निगमले आफ्नै लगानीमा पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु गरेको हो । पोखरास्थित निगमको प्रदेश कार्यालयको परिसरमा रहेको ७७ रोपनी जग्गामा निर्माण कार्य सुरु गरिएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम भण्डारण क्षमता विस्तार कार्यको औपचारिक रूपमा शिलान्यास गरेका छन् ।

पेट्रोलियम पदार्थको वार्षिक माग १५ प्रतिशतले वृद्धि भए पनि निगमले १९ वर्षअघिकै भण्डारण क्षमताबाट आपूर्ति गर्नुपर्ने बाध्यता थियो । अहिले निगमले ७७ करोड लगानीमा १० हजार किलोलिटर क्षमताको डिजेल भण्डारण गृह निर्माण सुरु गरेको हो । भण्डारण क्षमता बढ्दा निगमलाई पेट्रोलियम पदाथ आपूर्तिमा सहज हुने भएको छ ।

निगमका अनुसार २०५८ मा एसियाली विकास बैंक (एडीपी) को सहयोगमा काठमाडौंको थानकोट र पोखरामा भण्डारण क्षमता बढाएको थियो । त्यो समययता पेट्रोलिय भण्डारण क्षमता बढाउन सकेको थिएन । दिनकै माग बढे पनि निगमले १९ वर्षपछि भण्डारण क्षमता बढाउन सुरु गरेको हो । सो भण्डारण कार्य एक वर्षभित्रमै सक्ने लक्ष्य रहेको निगमले जनाएको छ । हाल निगमसँग देशभर पेट्रोलियम पदार्थ भण्डारण क्षमता करिब एक सातालाई मात्र पुग्ने रहेको छ ।

निमगले थप नयाँ १० हजार किलोलिटरको क्षमताको भण्डारण गृह बनाउँदा यसले ४० देखि ४५ दिनको माग धान्नेछ

निगमको तथ्यांकअनुसार पेट्रोल करिब ६ दिनलाई डिजेललाई ११ दिन र हवाई इन्धन करिब १२ दिनका लागि मात्र धान्न सक्ने क्षमता छ । २०७२ सालमा भारत सरकारले नेपालमा नाकाबन्दी गरेपछि सरकारले ९० दिनलाई पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारण क्षमता बढाउने नीति ल्याएको थियो । सो नीतिअनुसार नै निगमले भण्डारण क्षमता बढाउने कामको सुरुवात गरेको हो । सरकारको नीतिअनुसार निगमले दिन प्रतिदिनको बढ्दो पेट्रोलियम मागलाई आवश्यकताअनुसार पूर्ति गर्न ९० दिनका लागि झापा, सिराहा, चितवन र भैरहवामा गरी चार स्थानमा जग्गासमेत खरिद गरेको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले इन्धनको आपूर्ति व्यवस्थालाई सहज बनाउन पोखरामा १० हजार किलोलिटर डिजेलको भण्डारण गृह निर्माणको काम सुरु गरिएको जानकारी दिए । पोखराबाट सुरु गरिएको भण्डारण गृह निर्माण कार्य अन्य प्रदेशमा पनि क्रमिक रूपमा गरिनेछ ।

निगमका अनुसार हाल पोखरामा तीन दिन पेट्रोल र ११ दिन डिजेलको माग धान्ने क्षमता रहेको छ । निमगले थप नयाँ १० हजार किलोलिटरको क्षमताको भण्डारण गृह बनाउँदा यसले ४० देखि ४५ दिनको माग धान्नेछ । यसले गण्डकी प्रदेशको इन्धन आपूर्तिमा सहज हुने निमगले जानकारी दिएको छ । पछिल्लो समय गण्डकी प्रदेशमा इन्धनका माग बढ्दै गए पनि भण्डारण क्षमता न्यून हुँदा आपूर्तिमा असहज भएको गण्डकी प्रदेश कार्यालयले जानकारी दिएको छ ।

थप १० हजार किलोलिटर क्षमताको भण्डारण बढाएपछि यस क्षेत्रमा आपूर्ति व्यावस्थामा सहज हुने अपेक्षा गरिएको छ । हाल यस कार्यालयबाट कास्की, तनहुँ, स्याङ्जा, पर्वत, म्यादी र बाग्लुङमा इन्धन आपूर्ति गर्दै आएको छ । गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको खपत हरेक वर्ष बढ्दो क्रममा छ । प्रदेशमा हरेक दिन ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुन्छ ।

एक दिनमा यस प्रदेशमा ३ लाख २५ हजार लिटर डिजेल र १ लाख ४२ हजार लिटर पेट्रोल बिक्री भइरहेको छ । यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र ३ लाख ५० हजार लिटर पेट्रोलको भण्डारण क्षमता छ । प्रदेशको हालको दैनिक खपत र भण्डारण अवस्था तुलना गर्दा पेट्रोलियमको आपूर्तिमा कुनै कारणले अवरोध भए प्रदेशमा डिजेलको माग ७ दिन र पेट्रोलको माग २ दिन मात्रै धान्न सक्छ । थप १० हजार किलोलिटर डिजेलको भण्डारण बढाएपछि ३० दिनलाई पुग्ने कार्यलयले जानकारी दिएको छ ।

अहिलेको डिपो निर्माण गर्न इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले प्राविधिक अध्ययन गरेको हो । यो भण्डारण गृहको कुल निर्माण लागत ७७ करोड नेपाली रुपैयाँ हुनेछ । दुई वर्षभित्र निर्माणको काम सकिने समय अवधि निर्धारण गरिए पनि निर्माणको ठेक्का पाएका समानान्तर–रेलिगेयर–भारत ट्यांकस जेभी कम्पनीले र पोखरा भण्डारण गृह निर्माण तथा पुनरुत्थान परियोजनाले एक वर्षभित्र सक्ने जानकारी दिएका छन् ।

(Visited 219 times, 1 visits today)
Loading comments...

आजको समाचार

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

साताका लोकप्रिय समाचार

नगर प्रहरीको दिक्षान्त समारोह समापन

मुगु । जिल्लामा रहेको एकमात्र नगरपालिका छायानाथ रारा नगर पालिकाले नगरको शान्तिसुरक्षा कायमगर्न नगर प्रहरी भर्ति गरी तिन महिने तालिम समापन गरी नगर प्रहरीलाई...

जोकोभिच फ्रेन्च ओपनको फाइनलमा

पेरिस । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश पुगेका छन् । फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको खेलमा साविक विजेता...

साँढे किन बाँधेको भन्दै महिलालाई निर्घात कुटेर भागेका यादव ९ वर्षपछि पक्राउ

  सप्तरी, राजविराज । महिलालाई निर्घात कुटपिट गरेको आरोपमा अदालतबाट २ वर्ष कैद सजाय तोकिएका एक फरार अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

अटल पाइलाहरू

घुमफिर यो वसन्त याममा सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले अनुमति लिएका थिए । सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४ सय ८ ले अनुमति लिएको...

चिनियाँ डाक्टर चेनचेन गरिब तथा विपन्नलाई खाद्यान्न वितरण गर्दै

  काठमाडौं । कोरोना भाइरसको महामारीका बेला नेपालमा रहेका चिनियाँ नागरिक डा. सिया चेनचेनले गरिब तथा विपन्न नागरिकहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गर्दै आएकी...

ट्रेन्डिङ

सर्वोच्चमा २५ रिट पेस

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा २५ वटा निवेदन पेस भएका छन् । गत ७ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले...

भ्रष्टाचारका २ हजार विषय विस्तृत अनुसन्धानमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका २ हजार विषय र उजुरीमाथि विस्तृत अनुसन्धान थालिएको जनाएको छ । आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले हाल...

स्थानीय तहबाट मनलाग्दी ‘पास’

काठमाडौं । कोरोना संक्रमणको सन्त्रासपछि देश बन्दाबन्दी (लकडाउन) मा छ । सडकमा अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट पास लिएका सवारीबाहेक अन्यलाई चल्न बन्देज लगाइएको...

धनकुटामा खाद्यान्न बोकेको गाडी खोलाले बगायो

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित सिम्सुवा खोलामा आएको बाढीले गाडी बगाएको छ । धरानबाट खाद्यान्न बोकेर साँगुरीगढीको गुर्धुम जाँदै गरेको को.१.ज १५४४ नम्बरको...

संयमता नअपनाउँदा कलाकार विवादमा

काठमाडौं । लकडाउनका बेला संयमता अपनाउनुको साटो भेला भएर सँगै खानपिन गर्दा कलाकारहरू यतिबेला विवादमा तानिएका छन् । यही सोमबार लकडाउनकै समयमा कलाकार अनुराग...

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २४ हजार ५०० नाघ्यो

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २४ हजार ५०० नाघेको शनिबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ४२९ कोरोना भाइरसका नयाँ...

भोलिबाट युरोकप फुटबल सुरु

काठमाडौं । यस वर्षको युरोकप फुटबल प्रतियोगिता भोलि शुक्रबारबाट सुरु हुँदैछ । भोलि जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न शहरमा युरोकप खेलिंदै...

पैसा फ्याक्ने महिला बस्ने एरिया सेनिटाइज

जनकपुरधाम । जनकपुरधामको महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एकजनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि महिला बस्ने एरियालाई विहानैदेखि सेनिटाइज...

भरतपुर महानगरमा एकहप्ता लकडाउन

चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्र तीनदिनमा २३ जना कोराना सङ्क्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने भएको छ । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा...

फेरि तीन दिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून...

घटनाको अनुगमन गर्न मानव अधिकारको टोली रुकुम–जाजरकोट प्रस्थान

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको टोली अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुमपश्चिममा ५ जनाको मृत्यु र एकजना वेपत्ता भएको घटनाको...

कनेक्टिविटी र डाटा मार्फत डिजिटल नेपालको यात्राको सशक्तिकरण

पछिल्ला २१ बर्षदेखि, ह्वावेले नेपालको आईसीटी उद्योगमा सेवा गर्दै आएको छ । सूचना र सञ्चार प्रविधि (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको विश्वाको एक अग्रणी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)