काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार १११ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा ९ हजार ५३३ पिसिआर नमुना परीक्षण गरिएकामा २ हजार १११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । यसैगरी आज ३ हजार ५३७ जना कोरोना सङ्क्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या एक लाख ६८ हजार १२९ पुगेको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर संक्रिय सङ्क्रमितको सङख्या ३७ हजार २२ पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)






