Monday, June 14, 2021
Home Not-to-be-missed अभिनेता राजेश हमालको म्युजिक भिडियो मोड

अभिनेता राजेश हमालको म्युजिक भिडियो मोड

,

काठमाडौं । अग्रज अभिनेता राजेश हमाल पछिल्लो समय म्युजिक भिडियोमा बढी व्यस्त हुन थालेका छन् । भिडियोप्रति उनको मोह अचम्मले बढेको छ । लकडाउनका कारण लामो समय मौन रहेका उनी गत असोजबाट म्युजिक भिडियोतर्फ सक्रिय भएका हुन् ।

गत असोजमा विपन्न प्राविधिकहरूलाई राहत प्रदान गर्ने क्रममा उनले अब केही समय आफू राम्रा गीतको म्युजिक भिडियोमा सक्रिय रहने बताएका थिए । सो घोषणापछि राजेशलाई एकपछि अर्को म्युजिक भिडियोमा लगातार प्रस्ताव आएको छ । यही क्रममा यी अभिनेताले यो एक महिनामा आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
उनको बिहीबार मात्र एउटा नयाँ भिडियो रिलिज भएको छ । राजेश हमालले अभिनय गरेको लोकलयमा आधारित नयाँ गीत मालिंगो…को भिडियो रिलिज भएको हो । जसमा आफ्नो नातिनीको उमेरकी गायिका स्मिता दाहालसँगै उनकै भिडियोमा राजेश हमाल जोडी बनेर प्रस्तुत भएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिताको संरक्षक जोडी भएर राजेश हमाल उत्रिएका छन् । भिडियोमा राजेश हमाल पत्रिका पु-याउने हकरको भूमिकामा देखिएका छन् । स्मितालाई जबरजस्ती करणीबाट राजेशले जोगाएपछि उनीहरूबीचको प्रेम यो भिडियोमा देखाइको छ ।

यो गीतलाई स्मिता र राजनराज शिवाकोटीले गाएका हुन् । निर्देशक सरोज ओलीले यो भिडियोमा राजेश हमाल र स्मिता दाहाललाई प्रस्तुत गरेर १७ वर्षकी किशोरी र ६० पुग्न लागेका पुरुषबीच पनि प्रेम हुन्छ भन्ने देखाएका छन् ।

अभिनेता राजेशले अभिनय गरेको अर्को गीत यादका लहरहरू…को भिडियो तिहारकै मुखमा सार्वजनिक गरियो । जसमा अभिनेता राजेशसँग अभिनेत्री करिश्मा मानन्धर प्रस्तुत भएकी छन् । राज सागरको संगीत, डा. प्रकाश पौडेलको शब्द रहेको यो गीतलाई अन्जु पन्तले गाएकी हुन् ।

अभिनेत्री करिश्मासँग अभिनेता राजेश लामो समयपछि भिडियोमा प्रस्तुत भएका हुन् । यो गीतको भिडियोमा यी करिश्मा र राजेशलाई पुरानो प्रेमी प्रेमिकाको रूपमा निर्देशक हरि हुमागाईंले प्रस्तुत गरेका छन् । भिडियोमा एकले अर्कालाई याद गरेरको देखाइएको छ । उनीहरूको विगतको प्रेम सम्बन्धलाई पनि सम्झनाबीच भिडियोमा प्रस्तुत गरिएको छ ।

अभिनेता राजेश हमालको भनाइमा छोटो समयमा राम्रो पारिश्रमिक आउने र दर्शकमाझ निरन्तर प्रस्तुत हुन पाइने माध्यम म्युजिक भिडियो हो । अहिलेको अवस्थामा चलचित्रको छायांकन अझै केही समय नहुने भएकाले आफूले म्युजिक भिडियोलाई निरन्तरता दिएको उनले बताएका छन् ।

तिहारअघि मात्र गायक तथा मोडल दुर्गेश थापासँग एउटा गीतको भिडियोमा अभिनेता राजेश दुर्गेशको दाइ बनेर प्रस्तुत भएका छन् । यो भिडियो अहिले प्रतीक्षामा रहेको छ । जसबाट राजेश पनि निकै आशावादी छन् ।

यिनै अभिनेता राजेश एक महिनाअघि दसैंको छेका पारेर गायक प्रकाश पराजुली र गायिका देवी घर्तीको गीतमा मोडलको रूपमा प्रस्तुत भएका थिए । मञ्जरी…बोलको यो लोकभाकामा अभिनेता राजेशले अभिनेत्री वर्ष शिवाकोटी र गायक अभिनेता प्रकाश सपूतसँग अभिनय एवं नृत्य गरेका छन् । यो गीतको भिडियो पनि आफूलाई मन परेको यी अभिनेताको कथन छ ।

एक महिनाअघि नै अभिनेता राजेश अर्को नयाँ गीत सम्झिएर जिन्दगी…मा मोडल बनेर प्रस्तुत भए । प्रमोद खरेलले गाएको यो अधुनिक गीतमा सपना पुनको शब्द र देवकुमार चौधरीको संगीत थियो । यो गीतको भिडियोमा अभिनेता राजेशले मोडल पुष्पा लिम्बुको जोडी बनेर अभिनय गरेका थिए । जसमा अभिनेता राजेशको अभिनय प्रशंसनीय छ ।

एक दिनमा छायांकन सम्पन्न हुने एउटा गीतको म्युजिक भिडियोमा अभिनेता राजेश हमालले १ लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । गीत र टिम हेरेर उनले आफ्नो पारिश्रमिक तय गर्छन् । उनलाई यतिबेला थुप्रै म्युजिक भिडियोबाट प्रस्ताव आएको छ । सबै भिडियो गर्ने हो भने दिन दिनै भिडियोमै व्यस्त हुने पनि यी अभिनेताको कथन छ ।

उनी भिडियोबाट आफुले निर्माण गर्र्ने एउटा चलचित्रको तयारीमा पनि छन् । जसमा उनी निर्देशनसमेत गर्ने योजनामा छन् । तर, काठमाडौंमा कोरोनाको महामारी अझै नघटेका कारण आफ्नो नयाँ फिल्म कहिलेबाट सुरु गर्ने भन्ने निष्कर्षमा अभिनेता राजेश हमाल पुग्न सकेका छैनन् ।

(Visited 144 times, 1 visits today)
Loading comments...

आजको समाचार

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

साताका लोकप्रिय समाचार

नागरिकता अध्यादेश राेक्ने न्यायाधीशलाई महाअभियोग : प्रभु साह

  काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले नेपाल नागरिकता (पहिलो संसोधन) अध्यादेश, २०७८ लाई तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश दिने न्यायाधीशहरु...

किर्ते समिति बनाएर २० लाख खाने वडाअध्यक्षको योजना

  नुवाकोट । नुवाकोटको लिख गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष भोलाप्रसाद सेढाईले नक्कली उपभोक्ता समिति बनाएर २० लाख रुपैयाँ हिनामिना गर्न खोजेपछि स्थानियवासी...

भाइले गोली हाने, दाइले बचाए

तुलसीपुर । सामान्य विवाद हुँदा अमिनलाई गोली हानेको आरोपमा दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ टिकरी निबासी...

बजेटका सबै कार्यक्रमहरु कार्यान्वयन हुन्छन् : अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित सबै कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन् । उनले दुविधा र अन्योल नराख्न अनुरोध गर्दै...

युवा संघ पनि २ जेठकै अवस्थाबाट अगाडी बढछ : नरेश शाही

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले ‘फुटेर होईन जुटेर, व्यक्तिको लागि होईन राष्ट्रको लागि’ भन्दै एकताबद्ध भएर...

ट्रेन्डिङ

थला परे प्रजातन्त्र सेनानी घोइरो कामी

लमजुङ । लमजुङका प्रजातन्त्र सेनानी ८४ वर्षीय घोइरो कामी भन्ने दलबहादुर विक बिरामी परेका छन् । पछिल्लो २ हप्ता यतादेखि स्वास्थ्यमा समस्या भएकाले उनी...

काठमाडौं र भक्तपुरका सिडियो फेरिए

काठमाडौं । गृह मन्त्रालयले काठमाडौ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) परिवर्तन गरेको छ । आइतबारको मन्त्रीस्तरीय निर्णयबाट सिडिओहरू हेरफेर गरिएको हो । काठमाडौंको प्रमुख...

१ सय २ व्यापारिक फर्ममाथि कारबाही

काठमाडौं । लकडाउनको समयमा अनुचित रूपमा व्यापारिक गतिविधि गर्ने १ सय २ व्यापारिक फर्ममाथि कारबाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले...

बागबजारका व्यवसायीमा काेराेना देखिएपछि थाक्रे गाउँपालिकाको जुँगेखोला क्षेत्र सिल

धादिङ ।  थाक्रे गाउँपालिका–८ स्थित जुँगेखोलामा बसोबास गर्ने एक व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उक्त क्षेत्र सिल (बन्द) गरिएको छ । जेठ ६ देखि ११ गतेसम्म...

अभिनेता अर्जुनले प्लाज्मा दान गर्ने

मुम्बई । बलिउड अभिनेता अर्जुन कपुर विगत १६ दिनदेखि कोरोना भाइरसको चपेटामा छिन् । आफ्ना चिकित्सकहरूको सल्लाहअनुसार उनी होम आइसोलेसनमा छन् । कोरोना पोजेटिभ...

रोगप्रतिरोधात्मक शक्ति आर्जनका लागि योग

स्थुल शरीर स्वस्थ नभएमा सूक्ष्म शरीर स्वस्थ हुन सक्दैन । सूक्ष्म शरीर स्वस्थ नभए जीवात्माले आनन्द प्राप्त गर्न सक्दैन । अतः जीवात्मा स्वस्थ हुन,...

तरकारी खेती गर्ने किसानलाई अनुदान, बजार स्थानीय सरकारले खोजिदिने

सिन्धुपाल्चोक । लिसंखुपाखर गाउँपालिका–२लिसंखुका भिमबहादुर श्रेष्ठले यो वर्ष तीन रोपनी क्षेत्रफलको आफ्नो जग्गामा बन्दा र गोलभेडा लगाउने योजना बनाएका छन् । दुइ रोपनी जग्गामा...

कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै नेपालगन्ज

नेपालगन्ज । भारतमा दोस्रो चरणको कोरोना संक्रमण तीव्र रूपले फैलिएपछि त्यसको असर सीमावर्ती सहरमा पर्न सुरु भएको छ । पछिल्लो समय बाँकेमा अप्रत्याशित रूपमा...

धनकुटामा किरा परेको अवस्थामा भेटियो बेवारिसे शव

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिम्सुवामा बेवारिसे शव फेला परेको छ । सिम्सुवास्थित कोशी राजमार्ग नजिक करिब ५०/५५ बर्ष उमेरको एक पुरुषको शव फेला...

मुगुम गाउँपालिकाद्वारा यार्सा टिप्न रोक

मुगु । मुगुको पूर्वीउत्तरी भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकमा रहेका विभिन्न पाटन र वन क्षेत्रमा यस बर्ष यार्सागुम्बु टिप्न रोक लगाइएको छ । विश्वमा...

जन्मेदेखि १८ वर्षसम्म सुतेको सुत्यै !

पर्वत । यहाँको एक विकट गाउँका १८ वर्षीय किशोर जन्मेको १४ दिनदेखि अहिलेसम्म सुतेको सुत्यै छन् । शुरुमा मेनेन्जाइटिस (मस्तिष्कको झिल्ली गम्भीर तरिकाले सुनिने...

काठमाडौंका सडकमा चारतारे झण्डा फरर (फोटोफिचर)

काठमाडौं । ०४६ सालमा भएको बहुदलिय प्रजातन्त्र पूर्नस्थापनाका लागि भएको आन्दोलनमा नेपाली कांग्रेस र वाममोर्चाले संयुक्त आन्दोलन गरे । तत्कालिन सरकारको बिरुद्ध काठमाडौं लगायत...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)