इटहरी । धरानमाजारी २२ औँ अन्तर्रा्ष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको तेस्रो दिन(सोमबार) भएको क्वाटरफाइनल खेलमा एनओसी मनाङ मस्र्याङ्दी क्लब र बेलबारी फुटबल क्लबबीचभएको खेलमा बेलबारी फुटबल क्लब स्तब्ध भएको छ ।
मनाङले ४ गोलगर्दा बेलबारीले एक गोल पनि बदलामा फर्काउन सकेन । पहिलो हाफको२४ औँमिनेटमा मनाङका अन्जान बिष्टले दिएको पासमा निशान लिम्बुले गोल गरे । त्यस्तै, पहिलो हाफको ४३ औँ मिनेटमा बिमल रानाले हेडिङ मार्फत शानदार गोल गरेकाथिए । त्यस्तै, दोस्रो हाफको ७औँ मिनेटमा अन्जान बिष्टले दिएको पासमा दयानन्द सिंहले गोल गरे । त्यस्तै, दोस्रो हाफको २१ औँ मिनेटमा अन्जान बिष्टकै पासमा दयानन्द सिंहले अर्को गोल गर्न सफल भए । उक्त सयम अवधि भरीमा बेलबारीले कुनै गोल फर्काउन नसक्दा स्तब्ध बन्यो । यो जितसँगै मनाङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेल अवधिमा बेलबारीले गोल गर्ने मौकापाए पनि गोल गर्न सफल भएन । दोस्रो हाफको ११ औँ मिनेटमा बेलबारीका बिनोद अधिकारीले उत्कृष्ट प्रहार गरेपनि गोलमा परिणत हुन सकेन । त्यस्तै, दोस्रो हाफको ३५ औँ मिनेटमा उमेश कार्कीले उत्कृष्ट प्रहार गरेपनि उक्तप्रहार पनि गोल हुन सकेन ।
खेलमा मनाङले थुप्रैपटक मौकापाए पनि किप्परले रोक्न सफल भए । पहिलो हाफको २१ औँ मिनेटमा मनाङका पारस खत्रीले प्रहार गरेको गोल बेलबारीका गोलकिप्पर बिष्णु चौधरीले रोक्न सफल भए । त्यस्तै, दोस्रो हाफको १३ औँ मिनेटमा रञ्जन बिष्टले गरेको प्रहार गोलमा परिणत हुन सकेन ।
सोमबारको खेलको म्यानअफ दिम्याच दयानन्द सिंह भए । उनले नगद १५ हजार हातपारे भने बेष्ट गोल गर्ने खेलाडी निशान लिम्बु भए उनले ५ हजार नगद हात पारेकाथिए । खेलको बिजेता टिमले नगद १० लाखसहित ट्रफि हातपार्नेछन् भने उपविजेता टिमले ५ लाखमा चित्त बुझाउँनेछ । खेलमा ८ वटा टिम सहभागी भएका थिएभने ( (मंगलबार )को अन्तिम क्वाटरफाइनल खेल मछिन्द्र क्लब काठमाडौँ र एफबीसीसी कलकत्ता बीचहुने आयोजक धरान फुटबल क्लबले जनाएको छ ।

यसअघि शनिबार भएको उद्घाटन खेलमा भारतको दार्जिलिङ युनाइटेड करसाङ फुटबल क्लबले आयोजक धरान फुटबल क्लबलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ भने आइतबार भएको दोस्रो खेलमा बिभागिय टिम नेपाल पुलिस क्लबले मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई पराजितगर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
