Thursday, June 24, 2021
Home राजनीति नेकपा गम्भिर अवस्थामा : प्रचण्ड

नेकपा गम्भिर अवस्थामा : प्रचण्ड

नेकपा विवाद

,

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेका बेला अध्यक्ष पुष्पकमल दाहालले अवस्था गम्भीर भएको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा संक्षिप्त कुरा गर्दै अध्यक्ष दाहालले पार्टीको अवस्था गम्भीर रहेको बताए । पार्टीको अवस्था गम्भीर रहेको भए पनि समाधानहीन भने नभएको उनको भनाइ छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लिखित रूपमै भ्रष्टाचारीलाई संरक्षण गरेको, गुट सञ्चालन गरेकोलगायतका गम्भीर आरोप लगाएका अध्यक्ष दाहालले भने, ‘परिस्थिति गम्भीर भए पनि समाधानहीन छैन ।’

अध्यक्ष दाहालले सचिवालय बैठकमा लिखित रूपमै प्रम ओलीमाथि गम्भीर आरोप लगाएपछि ओलीले आरोप पुष्टि गर्न चुनौती दिएका छन् । आरोप पुष्टि भए आफूले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छोड्ने पुष्टि नभए आरोप लगाउनेले आफ्नो पद त्याग्नुपर्ने अडानसहित अर्को बैठकमा ओलीले जवाफ दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लिखित रूपमै भ्रष्टाचारीलाई संरक्षण गरेको, गुट सञ्चालन गरेकोलगायतका गम्भीर आरोप लगाएका अध्यक्ष दाहालले भने, ‘परिस्थिति गम्भीर भए पनि समाधानहीन छैन

पार्टीभित्रको शक्ति संघर्ष चर्किएका बेला अध्यक्ष दाहालले ओली निकटका तीन नेतासँग शुक्रबार पार्टी केन्द्र्रीय कार्यालय धुम्बाराहीमा छलफल गरेपछि यस्तो प्रतिक्रिया जनाएका छन् । सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको छुट्टाछुट्टै भेटघाटपछि अध्यक्ष दाहालले पार्टीभित्र देखिएको विवाद समाधान हुने संकेत गरेका छन् ।

अध्यक्ष दाहालसँग भेटेका तीनै जना नेताले सचिवालय बैठकमा प्रस्तुत प्रतिवेदन फिर्ता लिन आग्रह गरेका छन् । तर, अध्यक्ष दाहालले प्रस्ताव फिर्ता नभई सचिवालय, स्थायी कमिटी बैठकमा छलफल हुने अडान व्यक्त गरेका छन् ।

नेकपा सचिवालय सदस्य पोखरेलले अर्को बैठकमा जवाफसहितको प्रतिवेदन अध्यक्ष ओलीले प्रस्तुत गर्ने बताएका छन् । अध्यक्ष दाहालले सचिवालय बैठकमा पेस गरेको प्रतिवेदन सार्वजनिक भइसकेकाले फिर्ता लिनुको औचित्य नभएको उनले बताए ।

‘भ्रष्टाचारीलाई संरक्षण गर्नेदेखि गुट सञ्चालनसम्मका आरोप लगाइएको छ । ती सबै तथ्यहीन र आधारहीन छन्,’ पोखरेलले भने । उनले यसको जवाफ बैठकमै प्रम ओलीले दिने बताए ।

‘त्यसलाई आरोप मात्र भन्न सकिन्छ, प्रस्ताव भन्न सकिँदैन,’ पोखरेलले भने, ‘यो जुन रूपमा आएको छ, त्यो प्रक्रिया पनि मिलेको छैन । पार्टीभित्रको बैठकमा दुई अध्यक्षबीच सल्लाह भएर आउने हो तर त्यो कतै सल्लाह भएको छैन ।’

उक्त प्रस्तावमा प्रधानमन्त्रीले अस्वीकार गरेकाले यसलाई प्रस्तावका रूपमा स्वीकार नहुने उनले बताए । आगामी १३ मंसिरको सचिवालय बैठकमा यसमा थप छलफल हुने उनले बताए ।

नेकपा महासचिव पौडेलले पार्टीको परिस्थिति गम्भीर रहेको बताएका छन् । नेकपा स्रोतका अनुसार महासचिव पौडेलले अध्यक्ष दाहाललाई प्रधानमन्त्री ओलीमाथि आरोपसहितको प्रतिवेदन फिर्ता लिन आग्रह गरेका छन् । तर, दाहालले फिर्ता नलिने र ओलीले जवाफसहितको अर्को काउन्टर प्रतिवेदन पेस गर्ने बताईसकेको अवस्थामा महासचिव पौडेलले अवस्था गम्भीर बन्दै गएको प्रतिक्रिया दिएका छन् ।

‘सचिवालय बैठकमा राख्नुभएको प्रस्ताव फिर्ता लिएर सहमतितर्फ अघि बढ्नुस्,’ अध्यक्ष दाहालसँग महासचिव पौडेलले गरेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भने ।

(Visited 200 times, 1 visits today)
Loading comments...

आजको समाचार

मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति, वर्षा नसकिउन्जेल पानी नआउने

  काठमाडाैं ।  निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा र एक अर्ब रूपैयाँ भन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र...

९७ अर्बको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले जलविद्युत् परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा...

घरमा सुतिरहेकाे बेला आएको पहिरामा पुरिएर तीनको मृत्यु

  राेल्पा ।  अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९ लिउनमा तीनजनाको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनीहरुको मृत्यु...

अशक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछ : प्रधानमन्त्री

  काठमाडाैं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको...

चुस्त प्रशासन जरुरी

निर्वाचनका लागि सरकारले गर्ने विभिन्न तयारीहरूमध्ये प्रशासनिक तयारी सबैभन्दा महŒवपूर्ण र प्रभावकारी हुन्छ । निर्वाचन सम्पन्न गर्ने कार्यकारी भूमिका मूलतह प्रशासन संयन्त्रको रहन्छ ।...

साताका लोकप्रिय समाचार

उच्च रक्तचापले बेहोस भएकी महिलाले जन्माइन् सन्तान

  दोलखा । उच्च रक्तचापको कारण बेहोस भएर ढलेकी महिलाको शल्यक्रिया गरी चरिकोट अस्पतालले सकुशल सुत्केरी गराएको छ । शल्यक्रियापछि बच्चा र बच्चाको स्वास्थ्य स्थिती...

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गरेका छन् । सर्वाेच्चको आदेशपछि अदालतमा लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले अदालतले...

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

  जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

९७ अर्बको लगानी स्वीकृत

  काठमाडौं । लगानी बोर्डले जलविद्युत परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा...

ट्रेन्डिङ

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान...

डर्टमुन्ड स्तब्ध

म्युनिख । जर्मन बुन्डेसलिगामा उपाधि यात्राबाट बाहिरिएको बोरुसिया डर्टमुन्ड तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी माइन्जसँग २–० ले स्तब्ध बनेको छ । बायर्न म्युनिख लगातार आठौं...

पञ्चे बाजा बज्न छोड्यो बिहेमा

दैलेख । पञ्चेबाजाको एक पटक यस्तो समय थियो गाउँघर र शहरबजारमा । छोराछोरीको विबहेको सिजनभरी दैनिक जसो पञ्चेबाजाको आवाज घन्किथ्यो । पञ्चेबाजा बज्ने बित्तिकै...

जनस्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिने

काठमाडौं । कोरोना भाइरस संक्रमणले बन्द शैक्षिक संस्था क्रमशः खुल्दै थालेका छन् । जनस्वास्थ्यका न्यूनतम मापदण्ड कार्यान्वयन गर्दै विद्यालय सञ्चालनमा आउन थालेका हुन् । कोरोनाका...

बंगलदेशसँग पाँच वर्षपछि हार

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग हार बेहोरेको छ । नेपाली टोली बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा २–० ले पराजित भएको हो...

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैतमा हुने निर्वाचनको मिति नजिकिएसँगै अहिले व्यवसायीबीच चुनावी महोल तात्न थालेको छ ।...

विशेष सेवा विधेयकको आवश्यकता

सूचना तथा सञ्चार र प्रविधिका क्षेत्रमा भएको उच्चस्तरको विकासले संसार एक गाउँ प्रतीत भएको छ । मानिस संसारभरि विभिन्न राज्यमा जहाँतही सहज आवागमन गरिरहेका...

माङसेबुङको सामाजिक सुरक्षा भत्ता सचिवको गोजीमा

इलाम । इलामको माङसेबुङ गाउँपालिकाका ३ जेष्ठ नागरिक सामाजिक सुरक्षाको अधिकारबाट वञ्चित भएका छन् । वडा नम्बर २ सुमसाजुमका जेष्ठ नागरिक हरिप्रसाद श्रेष्ठ, हरिप्रसादकी...

निर्मला प्रकरणको अनुसन्धान अन्तिमतिर : प्रहरी

धनगढी । दुई वर्षअघि भएको कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान अन्तिमतिर पुगेको छ । लामो समयदेखि घटनाको सुक्ष्म तवरले अनुसन्धान...

कलाकार स्व. मनुजबाबु मिश्रको नयाँ कृति ‘एकलानुभूति’

काठमाडौं । झन्डै ३० वर्ष काठमाडौँको बौद्ध महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका कला एवम् साहित्यका विशिष्ट स्रष्टा स्व. मनुजबाबु मिश्रका निबन्धहरूको सङ्ग्रह ‘एकलानुभूति’ मंगलबार...

५१ व्यापारिक फर्मलाई कारबाही

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन महिनामा ५१ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ । विभागले ‘उपभोक्ता संरक्षण ऐन २०७५’ बमोजिम...

कांग्रेस बैठक : १४औं महाधिवेशन ७–१० फागुनमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको १४औं केन्द्रीय महाधिवेशन ७ देखि १० फागुनसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । यसअघिको गत १६...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)