Thursday, January 21, 2021
Home Breaking News सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलागौँ : प्रधानमन्त्री ओली

सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलागौँ : प्रधानमन्त्री ओली

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे ।

फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए । ‘हामी समृद्धिका लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो’, प्रधानमन्त्री ओलीले भने ।

अर्को प्रसङ्गमा उनले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको बताए । छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उनको भनाइ थियो ।
उनले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै हालसम्म कञ्चनजङ्घामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने उनले बताए । घुन्सावासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिनेसमेत उहाँको भनाइ थियो ।

सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई रु पाँच लाखको छात्रवृत्ति दिएकी छन् । उनले ज्येष्ठ नागरिक तथा वृद्धवृद्धालाई न्यानो कपडासमेत वितरण गरेकी थिइन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्बाङलगायतको सहभागिता थियो ।

घुन्सावासीमा उत्साह

कञ्चनजङ्घा हिमालको प्रवेशद्वार मानिने हिमाली गाउँमा प्रधानमन्त्रीसहितका उच्चपदस्थ व्यक्तित्वको उपस्थितिले घुन्सावासी उत्साहित देखिएका छन् । जिल्लाको दुर्गम घुन्साको विकासमा सरकारको ध्यानाकर्षण हुने जनाउँदै स्थानीयवासी हर्षित बनेका हुन् । कञ्चनजङ्घाको काखमा रहेको घुन्सा पर्यटकीय क्षेत्र हो । पर्याप्त विद्युत् र इन्टरनेटको सेवासुविधा नहुँदा सास्ती खेप्दै आएका घुन्सावासीले अब सो समस्या हट्ने आशा गरेका छन् ।

यो पनि पढ्नुहोस   भारत सरकारले नेपाललाई दियो १० लाख डोज कोरोनाबिरुद्धको खोप

यस्तै घुन्सा नमूना गाउँ बन्नेमा समेत उनीहरु विश्वस्त देखिएका छन् । ‘हाम्रो यस्तो दुर्गम गाउँमा प्रधानमन्त्रीलगायतको उपस्थितिले हामी धेरै आशावादी बनेका छौँ, हामीले झेल्दै आएको स्वास्थ्य उपचार, विद्युत्, टेलिफोनसहित इन्टरनेटको समस्या समाधान हुन्छ होला’, स्थानीयवासी हिमाली चुङ्दाकले भने ।

विगतमा स्वास्थ्योपचार नपाएर धेरैले सुत्केरी अवस्थामा ज्यान गुमाउनुपरेको, स्वास्थ्यमा जटिल समस्या आउँदा बिरामीलाई बोकेर तीन दिनपछि मात्र अस्पताल पु¥याउनुपरेको, देशविदेशबाट आउने पर्यटकलाई समेत स्वास्थ्यमा समस्या आउँदा टुलुटुलु हेर्नुपरेको जस्ता पीडा स्मरण गर्दै चुङ्दाकले घुन्सावासी अब त्यस्ता समस्याबाट मुक्त हुनेमा ढुक्क रहेको बताए । यस्तै विगतका तुलनामा यस क्षेत्रमा पर्यटन गतिविधिसमेत बढेर जानेमा यहाँका बासिन्दा ढुक्क बनेका छन् ।

प्रमसमक्ष घुन्सावासीका माग

घुन्सालाई नमूना गाउँका रुपमा विकास गर्न यहाँका बासिन्दाले माग गरेका छन् । स्थानीयवासीले प्रधानमन्त्रीसमक्ष मागपत्र पेश गर्दै पर्यटन प्रवद्र्धनका लागि विशेष अनुमति खारेज गर्नुपर्ने, कञ्चनजङ्घा पदमार्गको स्तरोन्नति गर्नुपर्ने, घुन्सा लघु जलविद्युत्को क्षमता वृद्धि गरी खम्बाचेन, ग्याब्ला र अम्जिलासालगायत गाउँमा विद्युतीकरण विस्तार गर्नुपर्ने जस्ता आग्रह गरेका हुन् ।

यस्तै यस क्षेत्रको पहिलो बस्ती खम्बाचेतको नापी छुट भएका जग्गाको पुरानो प्रमाणपत्रका आधारमा नापी गरी लालपुर्जा उपलब्ध गराउन र यहाँका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी उपलब्ध गराइदिनसमेत स्थानीयवासीले अनुरोध गरेका छन् ।

घुन्सामा २०७१ सालमा नै सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको थियो । आफ्नै भवन नहुँदा समस्यामा परेको स्वास्थ्य एकाइले दुई वर्षअघि मात्र भवन पायो । घुन्सा फाउण्डेशनको पहलमा भवन स्थापना भएको हो । पर्याप्त स्वास्थ्यकर्मी नहुँदा जटिल समस्याका बिरामी अन्यत्रै जानुपर्ने बाध्यता छ ।

सदरमुकाम फुङ्लिङबाट सवारी साधन र पैदल गरी दुई दिनका समयमा मात्र पुगिने घुन्सामा पर्याप्त स्वास्थ्यकर्मी भए स्थानीयवासीलाई मात्रै नभई देशविदेशबाट आउने पर्यटकलाई समेत फाइदा पुग्ने स्थानीयवासीको भनाइ छ । यस्तै पर्यटन प्रवद्र्धनका निमित्त आवश्यक पूर्वाधारलगायतको विकासमा ध्यान दिनसके पर्यटकको आगमनमा वृद्धि हुँदै जाने र त्यसले समग्र घुन्सावासीलाई मात्रै नभई मुलुकलाई नै फाइदा पुग्ने स्थानीयवासीको विश्वास छ ।

(Visited 76 times, 1 visits today)
Loading comments...

आजको समाचार

१० लाख कोरोना खोप आज आइपुग्ने

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप...

नागरिकका स्थायी पिरलो

कठैबरा ! हामी नेपाली । हाम्रो सामाजिक, आर्थिक, शैक्षिक एवं राजनीतिक अवस्था । हजरबुबा पुस्ताले राणाहरूको ज्यादती र त्रासमा जीवन बिताए । बुबा पुस्ताले...

सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित...

म्यानचेस्टर शीर्ष स्थानमा कायमै

लन्डन । म्यानचेष्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको पुनः अग्रस्थानमा उक्लिएको छ । आज बिहान सम्पन्न खेलमा फुलह्यामलाई २-० ले पराजित गर्दै  युनाइटेड शीर्ष स्थानमा...

अपार्टमेन्ट नै असुरक्षित, छैन अनुगमन

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरी क्षेत्रमा आवास प्रयोजनका लागि निर्माण भएका गगनचुम्बी अपार्टमेन्ट तथा ठूला व्यापारिक भवन आगलागीलगायत प्रकोपको दृष्टिले असुरक्षित देखिएका...

साताका लोकप्रिय समाचार

धनकुटामा गृहमन्त्रीलाई कालो झण्डा

धनकुटा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई आज धनकुटामा कालो झण्डा देखाइएको छ । नेकपा जिल्ला कमिटी धनकुटाको केपी ओली समूहले आयोजना गरेको कार्यकर्ता...

केपी ओली शरीरमा निस्केको गलगाँड जस्तै भए : माधव नेपाल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । उनले आफुहरु...

मोटरसाइकल ठोक्किँदा कञ्चनपुरमा दुईको मृत्यु

कञ्चनपुर । गए राति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत यहाँको कृष्णपुर नगरपालिका–५ आम्खैयामा दुर्घटना हुँदा दुई...

मेस्सीलाई रातो कार्ड

म्याड्रिड । स्पेनिस सुपर कपको उपाधि एथलेटिक बिल्बाओले जितेको छ । बार्सिलोनाविरुद्ध अतिरिक्त समयमा गोल ठोक्दैन बिल्बाओले उपाधि जितेको हो । खेल अतिरिक्त समयमा...

‘संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर संसद विघटन गर्न मिल्दैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन...

ट्रेन्डिङ

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

काठमाडौँ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य...

मनाङमा हाई अल्टिच्युड मैदान

काठमाडौं । हिमालपारिको जिल्ला मनाङमा साहसिक खेलकुद पर्यटन (हाई अल्टिच्युड) खेल मैदान निर्माण कार्यले तीव्रता पाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले चामे गाउँपालिका–१...

घरआँगनमै प्रसुति भवन, पाचालाका महिला हर्षित

दैलेख । ठाटिकाँध गाउँपालिका– ६ को पाचालामा बर्थिङ सेन्टर बनेपछि स्थानीय महिला हर्षित भएका छन् । सुरक्षित सुत्केरीका हुनका लागि घरआँगनमै बर्थिङ बनेपछि स्थानीय...

भारतमा एकैदिनमा झण्डै १० हजार संक्रमित, २७९ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा करिब दश हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९...

कतारका राजकुमारले गरे आमादब्लमको सफल आरोहण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको असहज अवस्थाका बाबजुद कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाहले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । गत असोजमा...

प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने भ्रममा नपर्नुस् : प्रधानमन्त्री ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

कांग्रेस १४औं महाधिवेशन : कार्यतालिका नै प्रभावित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २२ असारको केन्द्रीय समितिबाट परिमार्जन गरेको महाधिवेशनको सुरु कार्यतालिका नै प्रभावित भएको छ । कांग्रेसले पछिल्लो पटक...

कर छल्न गोर्खा ब्रुअरीद्वारा अदालतमा मुद्दै मुद्दा

काठमाडौं । नेपालको बजारमा बढी हिस्सा जमाउँदै आएको खेतान गु्रपद्वारा सञ्चालित बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले कर छल्न विभिन्न अदालतमा मुद्दा दर्ता गर्दै आएको पाइएको...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

ओलीले संविधान मिचेर लुडो खेल सरह बनाए : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधिसभा विघटन संविधान माथीको ठाडो प्रहार रहेको भन्दै यसलाई नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने...

संखुवासभाका कृषकसँग २० लाख बढी ठगी गर्ने पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका विभिन्न कृषकसँग नक्कली कम्पनी स्थापनागरी लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कृषकबाट लाखौं रकम...

प्रदेश १ को प्रदेशसभा बैठक ३ मिनेट बसेर स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ । प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक...

भारत सरकारले नेपाललाई दियो १० लाख डोज कोरोनाबिरुद्धको खोप

काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाबिरुद्धको खोप दिने भएको छ । बुधबार राजानीमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनय मोहन...

भर्खरै

म्यानचेस्टर शीर्ष स्थानमा कायमै

लन्डन । म्यानचेष्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको पुनः अग्रस्थानमा उक्लिएको छ । आज बिहान सम्पन्न खेलमा फुलह्यामलाई २-० ले पराजित गर्दै  युनाइटेड शीर्ष स्थानमा...

नयाँ चलचित्रमा जोडिए राजेश हमाल

काठमाडौं । आधा दशकदेखि चलचित्रमा अभिनय नगरेका अभिनेता राजेश हमाल चाँडै नयाँ चलचित्रमा देखिने भएका छन् । उनी एउटा नयाँ चलचित्रमा आबद्ध भएका छन्...

रहेनन लोक तथा दोहोरी गायक रत्न बानियाँ

काठमाडौं । अग्रज लोक तथा दोहोरी गायक रत्न बानियाँ अब हामी माझ रहेनन् । उनको बुधबार बिहानी पख ५८ वर्षको उमेरमा निधन भएको हो...

अक्षयको बेलबटम तत्काल रिलिज नहुने

मुम्बई । बलिउड अभिनेता अक्षयकुमारको नयाँ फिल्म ‘बेल बटम’ अब तत्काल रिलिज नहुने भएको छ । उनको नयाँ फिल्म बेलबटमलाई आगामी २ अप्रिलमा रिलिज...

धेरै पढिएका

सशस्त्रमा बाह्य हस्तक्षेप, तोकिएको गणमा किन जान पाएनन् खनाल ?

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयमा सोमबार विहान सि.सं. ४ व्यवस्थापन तथा योजना तालिमको समापन कार्यक्रम थियो । ३२ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहभागी...

विद्युत प्राधिकरणको लोडसेडिङ तालिका सार्वजनिक

जुम्ला । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण शाखाले लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । शाखाको सूचना अनुसार समुह ‘क’ अन्तरर्गत हरेक दिन बिहान २...

एकै वकिलबाट तीन घण्टा लामो बहसले सुनुवाइ लम्बिने संकेत

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमाथिको सुनुवाइमा समयसीमा नतोकिँदा एकै वकिलले लामो समय लिन थालेका छन् । सोमबार प्रतिनिधिसभाविरुद्धको रिटमा अधिवक्ता दिनमणि...

इलाम अस्पतालमा भेन्टिलेटर जडान

इलाम । इलाम अस्पतालमा लामो समयपछि ‘भेन्टिलेटर’ जडान गरिएपनि सञ्चालन गर्ने विषेशज्ञ नहुँदा समस्या भएको छ । पूर्वी पहाडका कुनै अस्पतालमा सुविधा नभएको ‘भेन्टिलेटर’...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)