Saturday, April 4, 2020
Home Not-to-be-missed मालबाहक गाडी बायाँ लेनमा मात्र

मालबाहक गाडी बायाँ लेनमा मात्र

काठमाडौं । उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन सुर्यविनायक–जडिवुटी सडकखण्डमा यात्रुवाहक तथा मालवाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ लेनबाट र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने लेनबाट मात्र चलाउने व्यवस्था गरिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले आज मंगलवारदेखि यो नियम लागू भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको सवारी आवागमनलाई थप सहज एव प्रभाबकारी बनाउन प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिले सुर्यविनायक जडीबुटी सडकखण्डको अनुगमन गरि तत्काल उक्त सडक खण्डको ट्राफिक व्यबस्थापनमा सुधार गर्न यात्रुबाहक, मालबाहक र बिस्तारै गुड्ने सवारी साधन बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधनहरु दाहिने लेनबाट गुड्दा ट्राफिक व्यबस्थापन र दुर्घटना न्यूनिकरणमा उल्लेख्य सुधार हुन सक्ने भनि सुझाव पेश गरेको थियो ।

समितिको उक्त सुझावलाई तत्काल कार्यान्वयन गर्न ट्राफिक प्रहरी, सडक बिभाग,यातायातसँग सम्बन्धित सरोकारवाला निकाय र स्थानिय नागरिकहरु बीचसमन्वय एव सहकार्य गरीलेन र जेव्राक्रसिङ मार्किङ्ग, फुटपाथ तथा आकाशेपुलको उचित प्रयोग, ट्राफिक लाईट सञ्चालन, बसविसौनी तथा यात्रु प्रतिक्षालयको प्रयोग, प्रविधिहरूको प्रयोगवाट ट्राफिक नियम पालना जस्ता ट्राफिक व्यबस्थापनका बिषयमा छलफल गरितोकिएको लेनको प्रयोगलाई कार्यान्वयन गरिएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले सवारी साधनहरूले जथाभावी लेनको प्रयोग गरि सवारी चलाउने तथा लेन परिबर्तन गर्ने, लुकिङ्ग ग्लास र साइड लाइटको प्रयोग नगरि जथाभावी ओभरटेक गर्ने, तीव्र गतिमा सवारी चलाउनेलगायतका असाबधानीले दुर्घटनाको जोखिम बढ्ने हुनाले त्यस्ता सडकमा गुड्ने सवारी र सडकको अबस्था हेरी सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने,‘यो सडक व्यबस्थित र सुबिधायुक्त छ,यात्रुबाहक, मालबाहक र बिस्तारै गुड्ने गाडीहरु बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्ने अन्तराष्ट्रिय अभ्यास समेत रहेकोले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्युनिकरण हुने अपेक्षा गरिएको छ ।’

उक्त सडक खण्डलाई व्यबस्थित गर्न ट्राफिक नियमको पालना, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि हुने र ट्राफिक नियमको पालन गर्ने प्रवृत्तिको समेत विकास हुने हुँदा यसको प्रभाबकारी कार्यान्वयनमा सघाउका लागी सम्बन्धित सरोकारवाला संघ संस्था, नागरिक समाजबाट प्रतिनिधीत्व हुने गरि पुर्ब प्रहरी निरीक्षक सिताराम हाछेथुको संयोजकत्वमा यातायात र सडक बिभाग भक्तपुरको प्रतिनिधी रहेको ६ सदस्य अनुगमन समिति गठन गरिएको छ ।

(Visited 103 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

नेपालभित्रै पहिलोपटक कोरोना संक्रमित भेटियोे, संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं । नेपालमा नै बस्दै आएका व्यक्तिमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना संक्रमण...

अब लकडाउन बढ्छ कि बढ्दैन ? आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा मुलुकभर लगाइएको...

कोरोनाबाट भारतमा एकै दिन १६ को मृत्यु, संक्रमणको उच्च जोखिम

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या...

स्वास्थ्य सेवा विभागका महानिर्देशकसँग अख्तियारको सोधपुछ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यजन्य उपकरण खरिदमा अनियमितता भएको विषयमा छानबिन प्रक्रिया अघि बढाउँदै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग...

भर्खरै

कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु

सउल । कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको शुक्रबार बिहान मृत्यु भएको छ । दक्षिण कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत...

नेपालभित्रै पहिलोपटक कोरोना संक्रमित भेटियोे, संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं । नेपालमा नै बस्दै आएका व्यक्तिमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना संक्रमण...

थप ३ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेका छन् । आज शनिबार ३ जनामा संक्रमण भएको पुष्टि भएको हो ।...

प्रधानमन्त्रीद्वारा एक्यबद्धता प्रकट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति एक्यबद्धता प्रकट गरेका छन् । कोरोना भाइरसको सामना गर्दागर्दै दिवङ्गत भएका...

धेरै पढिएका

ई-पेपर

(Visited 23 times, 1 visits today)