इलाम । मंसिर ५ गते प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तय भयो । कार्यक्रम तय भएको केहि दिनमै मंसिर ७ गतेलाई सारियो । मंसिर ७ गतेको पनि कार्यक्रम रद्ध गरेर ८ गतेलाई सारियो । तय भएको कार्यक्रम दुई पटक रद्ध गरी मंसिर ८ गतेका लागि तय भएपनि प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउन सकेनन ।
कार्यक्रमको सम्पूर्ण तयारी सकेर ८ गते कार्यक्रममा ओलीलाई स्वागत गर्न तयारी साथ बसेपछि मौसम प्रतिकूल भएर हलिकप्टर अवतरण गर्न नसकको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली इलामस्थित जौबारी नआइ विराटनगर फर्किएपछि स्थानीय निरास बन्दै फर्केका हुन् । इलामको सन्दकपुर गाउँपालिका ५ स्थित जौबारीमा स्थापित प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम तय भएको थियो ।
मौसममा आएको प्रतिकूल परिवर्तनका कारण ओली चडेको हेलिकप्टर इलाममा ल्याण्ड हुन नसकेको भन्दै अन्तिम विराटनगर पुगेपछि मात्र इलाम आउन नसकेको जानकारी पाएपछि उपस्थीत पाँचसय भन्दा बढी निरास बन्दै फकिएका हुन् । प्रधानमन्त्रीको सुरक्षार्थ चार वटा सुरक्षा निकायका टोली कार्यक्रमस्थलमा गत शनिवार देखिनै परिचालन गरिएको थियो ।
नेपाल–भारतको सिमाक्षेत्र निरीक्षणका लागि माईजोगमाई र सन्दकपुर गाउँपालिकाको सिमानामा पर्ने जौबारीमा प्रधानमन्त्री ओली १ बजे आउने समयसिमा तय भएको थियो । तर ‘मौसमका कारण देखाउदै हेलिकप्टर विराटनगरमा ल्याण्ड भएपछि कार्यक्रमलाई प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सम्बोधन गर्दै समापन गरे ।’
इलाममा १ बजे आइपुग्ने भनेर ताप्लेजुङ्गबाट कार्यक्रम सकेर प्रधानमन्त्री ओली पटक पटक इलाम आउन कोसिस गरेपनि मौसमको खरिविका कारण आउन नसकेको कार्किले बताए ।
जैवारीमा विओपी स्थापना
सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणको लागि इलामको सन्दकपुर ५ स्थित जौवारीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । आइतबार प्रधानमन्त्री ओली इलाम आईपुग्नु भन्दा पहिले विओपीको उद्घाटन गरेर प्रभानमन्त्रीले निरिक्षण गर्ने कार्यक्रम अनुसार विओपीको उद्घाटन गरीएको थियो । उद्घाटन कार्यक्रमको संवोधन गर्दे प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सिमानामा हुने हत्या हिंसा र अवैध व्यापारको अन्त्य भएको बताएका छन् । विओपी मात्र हैन विओपी सँगै अव प्रदेश एकका सिमा क्षेत्रमा छोटी भञ्सारको पनि स्थापन गदै जाने कार्किले बताए ।
प्रदेश नम्बर एकका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम बहादुर रानाले सिमानाका पिलर जोगाउन र नेपाली भूमिको रक्षाको लागि सशस्त्र प्रहरीबलले मूख्य रुप पाएको भन्दै अझै आवश्यक रहेका ठाउँमा पनि विओपी स्थापना गर्न पहल गर्ने बताए । इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ मा पर्ने कालपोखरीमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पछिल्लो समय जिल्लाका विभिन्न क्षेत्रमा ६ वटा बीओपी स्थापना भएका छन र अव माने भञ्ज्याङमा स्थापना हुन बाँकी रहेको छ ।