इलाम । प्रधानमन्त्रीे प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तयभयो । प्रधानमन्त्रीको सुरक्षार्थ चार वटा सुरक्षा निकायका टोली कार्यक्रमस्थलमा गत शनिवार देखिनै परिचालन गरिएको थियो । आठ गते विहान काठमाडौंबाट ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गर्न आए ।
प्रधानमन्त्रीसँग सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुवास नेम्बाङ पनि आएका थिए । ताप्लेजुङको कार्यक्रम सकेर दिनको एक बजे इलाम आउने कार्यक्रम तय भएको थियो । तर साढे एकतिर मात्र ताप्लेजुङबाट हेलिकप्टर उडेको खबर आयो ।
प्रधानमन्त्रीको स्वागतका लागि ताप्लेजुङबाट हेलिकप्टर उडेपछि सयपत्रि फूलको माला र खादा बोकेर आकाशतिर हेर्दे तयारी अवस्थामा रहे । हेलिकप्टर उडेको ३० मिनेटनाघी सकेको थियो सबै आकाश हेरेर बसेका थिए । त्यसैबेला मौसमको खरावी भएकाले हेलिकप्टर विराटनगर गएको खबर आयो । कोहि तेल सकिएर तेल हाल्न गएका भन्दै थिए त कोहि अब आउँदैनन भन्न थाले ।
विराटनगर गएको पक्का भएसँगै प्रधानमन्त्रीको स्वागतका लागि बोकेको खादा र माला ‘आजको प्रमुख तपाईँनै हो’ भन्दै प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको गलामा लगाउन थाले । माला लगाउन खोज्दा शुरुमा त हातले पन्छाउँदै थिए तर पनि सबैले उनको गलामा लगाईदिए । प्रधानमन्त्री आउँदैछन् भनेर स्वागतका लागि राखिएको खादा र माला प्रधानमन्त्री नआएपछि कार्कीलाई लगाएर चित्त बुझाए ।