Wednesday, January 27, 2021
Home प्रदेश प्रदेश १ नेपाल-भारत सिमानामा साढे ५२ किलोमिटरमा सात बीओपी

नेपाल-भारत सिमानामा साढे ५२ किलोमिटरमा सात बीओपी

इलाम । इलामको नेपाल भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटर सिमानामा ७ वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना भएकाछन । नेपालको भारतीय सीमा क्षेत्र सुरक्षाका लागि सशस्त्र प्रहरी बलका बोर्डर अब्जर्भेसन पोस्ट (बिओपी) धमाधम स्थापना गरिएको हो । भारतसँग जोडिएको इलामको सिमानामा ६ बिओपी स्थापना भईसकेका छन भने माने भञ्ज्याङमा भने बाँकी रहेको छ । यहाँ स्थापनाको लागि काम भईरहेको छ ।

साढे ५२ किलोमिटर सिमा सुरक्षाका लागि यसअघिसम्म पशुपतिनगरमा मात्रै बिओपी थियो । स्थानीय तहको समन्वयमा स्थानीय नागरिकले उपलब्ध गराएको जमिनमा बिओपी स्थापना गरिएको हो । सीमा क्षेत्रका सलकपुर, समालबुङ, कालपोखरी, जौबारी, मानेभञ्ज्याङ र छब्बिसेमा पनि बिओपी राखिएको हो । सबै बिओपीमा इन्स्पेक्टरको कमान्डमा ३५÷३५ सुरक्षाकर्मी रहने पशुपतिनगरस्थित सशस्त्र प्रहरीको बिओपीका इन्स्पेक्टर नवीन खतिवडाले बताए ।

समालबुङमा स्थानीय टेकबहादुर खत्री, विष्णुकुमार खत्री, तारादेवी खत्री र कुलबहादुर खत्रीले ५ रोपनी जग्गा दिएका छन् । सलकपुरमा स्थानीय लाखमान तामाङले ६ रोपनी जग्गा बिओपीका लागि प्रदान गरेका छन् । अन्य ठाउँमा कतै विद्यालय त कतै स्थानीयले जग्गा उपलब्ध गराएरै स्थापना गरिएको छ ।

इलामले छोएको दशगजा र आसपासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का २६ बिओपी र एउटा प्रहरी चेकपोस्ट छन् । सीमा क्षेत्र सुरक्षाकै लागि भारतपट्टि २/२ किलोमिटरमा बिओपी रहका छन । नेपालतर्फ पशुपतिनगरमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय छ। छिरुवा, मानेभञ्ज्याङ र कालपोखरीमा प्रहरी चौकीमात्र रहेको कारण सिमामा समस्या हुने गरेको थियो । थप ६ वटा विओपि स्थापना ले सिमाको समस्या समाधानमा केही सहज भएपनि अझै अपुग रहेको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले बताए । उनले भने, ‘भारतका एसएसवि जवान खुलेआम नेपाली भूमिमा हिँड्ने गरेका छन् त्यसलाई रोक्न साढे ५२ किलोमिटरमा ७ वटा विओपी निर्माणले मात्र नहुने र अझै थप गर्नुपर्ने बताए ।’

यो पनि पढ्नुहोस   झापामा पहिलो चरणमा ९ हजारलाई कोरोनाविरुद्धको खोप लगाइने

सन्दकपुर गाउँपालिका ५ जौवारीमा स्थापना भएको विओेपीको उद्घाटन गर्न आएका प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सिमानामा हुने हत्या हिंसा र अवैध व्यापारको अन्त्य भएको बताएका छन् । विओपी मात्र हैन विओपी सँगै अव प्रदेश एकका सिमा क्षेत्रमा छोटी भञ्सारको पनि स्थापन गदै जाने कार्किले बताए । प्रदेश नम्बर एकका कृषि तथा सहकारी मन्त्री राम बहादुर रानाले सिमानाका पिलर जोगाउन र नेपाली भूमिको रक्षाको लागि सशस्त्र प्रहरीबलले मूख्य रुप पाएको भन्दै अझै आवश्यक रहेका ठाउँमा पनि विओपी स्थापना गर्न पहल गर्ने बताए ।

दशगजा र नेपाली भूमिपट्टि भारतले बेला–बेला अतिक्रमण, नेपालीमाथि अभद्र व्यवहार गर्ने घटना दोहोरिने गरेका छन् । त्यतिमात्र होइन, भारतीय पक्षले यो क्षेत्रको दशगजाका ठाउँ–ठाउँमा सरकारी स्कुलसहित गुम्बा र निजी संरचनासमेत बनाएको छ । तर, नेपाली भूमिमै बन्न लागेका संरचनामा भने धाकधम्की दिँदै अवरोध गर्नेगरेको छ । ‘विओपी स्थापना हुन थाले सँगै यतिवेला सीमाक्षेत्रको विवाद मत्थर रहेको छ ।
सुरक्षा स्थिति फितलो हुँदा कतिपय सीमास्तम्भसमेत गायब भइसकेका छन् ।

जिल्लाले छोएको भारतीय सीमामा १७ मुख्य सीमास्तम्भ हुनुपर्नेमा १६ वटामात्रै फेला परेका छन् । रोङ गाउँपालिका–६, मेचीखोलाको ८१ पिपी–१० नम्बरको सीमास्तम्भ गायब छन् । एउटा सीमास्तम्भ हराएको भएपनि गाडिएको स्थान भने पत्ता लगाउन सकिने ठाउँमा पाइएको छ । भएका १६ मध्ये पनि १२ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन् भने साढे ५२ किलोमिटर दूरीमा ४ मुख्य सीमास्तम्भ मात्रै सग्ला पाइएको सशस्त्रले जनाएको छ ।

(Visited 78 times, 1 visits today)
Loading comments...

आजको समाचार

कठ्यांग्रिँदो चिसोमा त्रिपाल र खरको छानामै बाढी पीडित

कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिकाका बाढी पीडितले ६ महिना बित्दा पनि सुरक्षित बास पाउन सकेका छैनन् । गत साउन महिनाको १३ गतेको राति गाउँमा...

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन्...

आरआरआर र मैदान जुध्ने भएपछि तनावमा अजय

मुम्बइ । आफ्नो दुई ओटा फिल्मको प्रदर्शन मिति जुधेपछि बलिउड अभिनेता अजय देवगन यतीबेला तनावमा छन् । उनको दुई ओटा फिल्म आरआरआर र मैदानको...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

गौतमको एकता अभियान सफल होला ?

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता जोगाउन ‘नेकपा एकता अभियान’ घोषणा हुँदै छ । नेकपा उपाध्यक्ष वामदेव...

साताका लोकप्रिय समाचार

‘केटु’ हिमालको सफल आरोहण गरि फर्किएकालाई यसरि गरियो सम्मान (फाेटाेफिचर)

काठमाडौं । संसारकै दोस्रो अग्लो हिमाल ‘केटु’ हिमालको जाडो मौसममा सफल आरोहण गरी विश्व नयाँ रेकर्ड बनाएका १० नेपाली आरोहीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षिय राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन्...

मकवानपुरकाे फाखेलमा सवारीसाधनमा आगजनी,मनहरी खोलामा ‘बम’

हेटौँडा । मकवानपुरको फाखेलमा अज्ञात समूहले पिकअप भ्यानमा आगजनी गरेको छ। कुलेखानी–फाखेल सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर गाँउपालिका –४ मा हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा...

देशभरि ६२ अस्पतालमा १२० केन्द्रबाट खोप दिइने, ककसले पाउँछन् कोरोनाको खोप ?

काठमाडौँ । कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे...

ट्रेन्डिङ

सांसदको हदैसम्मको गैरजिम्मेवारी

प्रतिनिधिसभा बैठकमा हाजिर गरेर टाप कस्ने सांसदको बानी अहिले संसदीय संस्कारमा रूपान्तरण भएको छ । आफ्नो मूल कार्यथलोमा नै सांसद अनुपस्थित हुन थालेपछि संसद्बाट...

अशोक एक्ला निर्णायक

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मेक्सिकोको पोयट्री भार्लार्टा सहरमा सम्पन्न मेक्सिको ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भुमिका...

मनीषाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । गएको मंगलबार काठमाडौं आएकी अभिनेत्री मनीषा कोइरालाको कोरोना भाइरस रिपोर्ट आएको छ । उनले बुधबार आफु र परिवारको कोरोना भाइरस परीक्षणको लागि...

स्याङ्जामा कोरोना जितेर ३४ जना घर फर्किए, थपिए २२ नयाँ संक्रमित

स्याङ्जा । स्याङ्जामा शनिबार ३४ जना कोरोना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् भने २२ जना संक्रमित थपिएका छन् । हालसम्म स्याङ्जामा कोरोना संक्रमण...

प्रदेश ५ को राजधानी दाङकाे भालुवाङ बनाउने प्रस्ताव दुई तिहाइले पास

काठमाडौं । प्रदेश ५ को र स्थायी राजधानी दाङकाे भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा दुई तिहाई बहुमतले...

ललिता निवास जग्गा प्रकरणमा मुछिएका नासु पुडासैनीसँग ५० हजार धरौटी माग

काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा श्रीहरी पुडासैनीलाई धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका...

जमेको पानीमा डुबेर तीन बालकको मृत्यु

काठमाडौं । बाँकेको बैजनाथपुर २ को पित्तमारीमा नालामा जमेको पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ । निर्माणाधीन क्षेत्रीय कारागार नजिकैको नालामा...

दसैं : मेरो घर नआउनुस्, म पनि आउँदिन

‘हामी घर जाँदैनौं किनकि घरमा आमा हुनुहुन्छ र यसपालि हामी यसैमा खुसी छौं । विजयादशमीको सबैमा शुभकामना । अर्को वर्ष फेरि भन्न पाइयोस्,’ डा....

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन्...

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

भर्खरै

अभिनेत्री वर्षाले छाडिन् चलचित्र सुदूर

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले नयाँ चलचित्र सुदूर छाडेकी छन् । एक वर्षअघि अनुबन्धित भएको चलचित्र सुदूर छाडेकी हुन् । गत वर्ष चलचित्र रानी...

कठ्यांग्रिँदो चिसोमा त्रिपाल र खरको छानामै बाढी पीडित

कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिकाका बाढी पीडितले ६ महिना बित्दा पनि सुरक्षित बास पाउन सकेका छैनन् । गत साउन महिनाको १३ गतेको राति गाउँमा...

आरआरआर र मैदान जुध्ने भएपछि तनावमा अजय

मुम्बइ । आफ्नो दुई ओटा फिल्मको प्रदर्शन मिति जुधेपछि बलिउड अभिनेता अजय देवगन यतीबेला तनावमा छन् । उनको दुई ओटा फिल्म आरआरआर र मैदानको...

पुस्तकमा नागरिक अगुवा पाण्डेको आत्ममन्थन

काठमाडौं । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको नयाँ पुस्तक ‘एक ज्यान दुई जुनी’ पाठकमाझ आएको छ । यो कितावलाई फाइनप्रिन्टले प्रकाशन गरेका हो । पुस्तकलाई...

धेरै पढिएका

ओली-दाहाल अध्यक्ष र पौडेल महासचिव भएको नेकपा आधिकारिक : प्रमुख निर्वाचन आयुक्त

आयोगले गरेको खास निर्णय के हो ? नेकपाका दुई समूहले आधिकारिता दाबी गर्दै पेस गरेको कागजात अध्ययन गर्दा कानुनी रूपमा दुवै पक्षको दाबी नपुगेकाले दुवै...

दुवाथनल सिरिज कीर्तिपुरमा

काठमाडौं । नेपाल ट्राइयाथलन संघको आयोजना तथा जम्प नेसनको सहकार्यमा हुने दुवाथलन सिरिजको दोस्रो संस्करण माघ १० गते शनिबार काठमाडौस्थित कीर्तिपुरको जखामा हुने भएको...

ललिता निवास जग्गा प्रकरणः सीआईबीको अनुसन्धान अन्तिम चरणमा

काठमाडौं । ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले चार सय जनाविरुद्ध मुद्दा दर्ताको...

कोभिसिल्ड तुलनात्मक रूपमा सुरक्षित

काठमाडौं । बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञले आग्रह गरेका छन् ।...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)