Saturday, January 16, 2021
Home प्रमुख नेकपा विवाद जिल्ला तहमा : मन्त्री र सासंदको सामाजिक सञ्जालमै जुहारी

नेकपा विवाद जिल्ला तहमा : मन्त्री र सासंदको सामाजिक सञ्जालमै जुहारी

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल बिच पत्र आदनप्रदान भएको घटनाले नेकपा भित्र ठुलै तंरग उत्पन्न भएको छ । त्यसको प्रभाव नेकपाको तल्लो कमिटी सम्म पुगेको छ ।

नेकपाका नेता एवं वागमती प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले मंसिर ६ गते सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस पोष्ट गरे । सभापति नेपालले पोष्ट गरेको स्ट्याटसमा कोरोना भाइरस कोभिड १९ मा वागमती प्रदेश सरकारले काम गर्न नसकेकोमा सामाजिक सञ्जालमा नै गुनासो गरेका थिए । सभापति नेपालले लेखेका छन् ‘कोभिड १९ को असर र आतंकको दायरा जति ठुलो छ, त्यति नै स्थानीय सजगता पुगेको छैन । अझ सबै भन्दा बढी प्रभावित बागमती प्रदेश नै हो । सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका जिल्लामा न पीसीआर परीक्षण हुन्छ न आईसियु र भेन्टिलेटर उपलब्ध अस्पताल नै छ । बागमती प्रदेश सभाको कार्यक्रममा सामाजिक विकास मन्त्रालयको कुरा सुन्न आज पाईएन ।’ काठमाडौमा आयोजीत कोभिड १९ जस्तो माहामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सासंदहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमपछि प्रदेश सासंद नेपालले यस्तो धारणा सार्वजनिक गरेका थिए ।

सामाजिक विकास मन्त्री युवराज दुलाल नेकपा का केन्द्रीय सदस्य हुन् भने उनी केन्द्रमा पुष्पकमल दाहाल निकट मानिन्छन् । त्यस्तै अर्थ विकास समितिका सभापति प्रधानमन्त्री केपी ओली निकट छन् । पार्टीमा फरक पक्षधरता रहेकै कारण सामजिक विकासमन्त्री दुलालले पटक पटक आफुलाई असहयोग गरेको सञ्जाल मार्फत अप्रत्यक्ष रुपमा नेपाललाई आरोप लगाएका छन्

सामाजिक सञ्जाल मार्फत नै एकै पार्टीका नेताले आफ्नो मन्त्रालय प्रति यस्तो धारणा राखेपछि नेकपाका केन्द्रीय सदस्य समेत रहेका वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले पनि बुदागत रुपमा अर्थ तथा विकास समितिका सभापति नेपाललाई कमेन्टमा यस्तो जवाफ दिएका छन् । मन्त्री दुलाले दिएको जवाफ यस्तो छ

माननीय शरेस नेपाल ज्यू,
सभापति
अर्थ तथा विकास समिति, बागमती प्रदेश सभा !

१. कोभिड–१९ महामारी रोक्न प्रदेशसभाका सदस्यको प्रभावकारी सञ्चार भनेको के हो ?

२. किन यो कार्यक्रम पाँचतारे याक एन्ड यति होटलमै राख्नु पर्ने ? के सरकारका कुनै सभा हल थिएनन् काठमाडौमा ?

३. के प्रदेश सरकारले गरेका कामको माननीयज्यूलाइ जवाफ दिन राजधानीकै महँगो पाचतारे होटलमा जानु पर्ने ?

४. याक एन्ड यति होटलमा कसको लगानिमा कार्यक्रम भयो ? सरकारकै भए कुन मापदण्डमा कसरी भयो ? प्रदेश सभा अर्थ तथा विकास समितिको सभापति तपाइ स्वयं भएकोले यसको जवाफ पाउँ त माननीय ज्यू ?

उनले अगाडी लेखेका छन् ‘म सामाजिक सञ्जालमा यो प्रश्न आफ्नै जिल्लाका आफ्नै पार्टीका सहयोद्धा समेत रहनुभएका माननीयज्यूलाइ सोध्नु पर्दा दुखित छु तर बारम्बार यहाँले सुनियोजित तरिकाले नागरिकलाई भ्रमित पार्न दुष्प्रयत्न गरिरहनु भएकोले बिबस पनि । सिन्धु–दोलखा–रामेछाप मात्र होइन प्रदेशको श्रोत र साधनको अधिकतम सदुपयोग गरि प्रदेशबासी नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारले गरेको प्रयास माननीय ज्यूहरूलाई हरेक समितिको बैठकमा दिइएको कुरा जग जाहेर छ । आगे आफ्नो कर्म बढाउदै गर्नु होला ।’

सामाजिक विकासमन्त्री युवराज दुलालले सामाजिक सञ्जाल मार्फत ४ वटा बुदामा प्रदेश सभाका अर्थ विकास समितिका सभापति नेपाललाई जवाफ दिएपछि नेपालले पनि पुन सञ्जाल मार्फत नै सामाजिक विकास मन्त्री दुलाल समक्ष अर्काे प्रश्न गरेका छन् ।

सभापति नेपालको पुन प्रश्न यस्तो थियो

नमस्कार मन्त्रीज्यू !
मन्त्रालयका अधिकारीसंग यो बिषयमा कुरा गर्ने सोचमा थिए । तपाई आफै छलफलमा आउनु भयो धन्यबाद !

१) याक एण्ड यतीको होटलमा आयोजित कार्यक्रम प्रभावकारी नै लाग्यो । कोभिड महामारी नियन्त्रणमा सांसदको भुमिका प्रभावकारी संचारमा के हुन्छ भन्ने अन्यौल घट्यो । सरकारले सांसदलाई र सांसदले जनतामा सहि सुचना प्रवाह गर्दा नर्गदाको असरबारे अन्तरकृया भयो । गलत सुचनाले अरु मुलुकमा परेका कठिनाई पनि थाहा भयो । सासंदलाई सरकारका जिम्मेवारहरुले यस्ता अभियानमा बेखबर गरेको सत्यको प्रमाण त हामी आफै छौ ।

२ ) सरकारसंग यस्ता कार्यक्रम गर्ने हल छ छैन त्यो त मंन्त्रीज्यूहरुले नै भन्ने कुरा हो । डब्लुएचओ ले उसको मापदण्ड र अन्य व्यवस्थापन कहाँ पालना हुन्छ, त्यो उसैले बुझ्ने कुरा हो । धेरै सांसदले काठमाडौमा नै भए सहभागी हुन सहज ठान्नु भए छ । यो प्रदेश स्तरको चौथो कार्यक्रम रहेछ । जहाँ सम्म कार्यक्रम होटलमा किन ? यात्रा हवाईजहाजमा किन ? मोवाईल हातमा किन ? यस्ता प्राबिधिक प्रश्न अव पुराना भईसके । यी कुरा आवश्यक्ता र सामाथ्र्यले निर्धारण गर्ने हो । मेरो जिज्ञासा ११० जना सासंद जम्मा हुने, राष्ट्रिय सभा अध्यक्ष, संघीय स्वास्थ्य मन्त्री, प्रदेश सभाका सभामुख उपस्थित हुने कार्यक्रममा कार्यक्रम स्थल चित्त नबुझेर नआउनु भएको हो भने यो अलि सोभनिय भएन जस्तो लाग्यो ।

३) आफु नआउनु भएकोमा त्यति ठुलो आपत्ती हलले ठान्यो ठानेन त्यो म नभनौ । मन्त्रालयको कोही प्रतिनिधि पनि त पठाउनु भएन । तपाई कै जिम्मेवारीको बिषय हैन र ? यो त सांसदहरुको अपमान मात्र हैन सरकार संचालन र जवाफदेयीताको प्रश्न पनि हो नि !

४)हामी बिच मतभेदको कुनै नीजि कारण छैन । जनताको पीडा एउटा जनप्रतिनिधि हुनुको नाताले उठाएको हुँ । हामी चुनावी प्रतिस्पर्धी पनि हैनौ । बिभेदको बिरुद्व लड्न माक्र्सबादले सिकायो । मेरो निर्वाचन क्षेत्र प्रति आग्रह मेरै कारणले नराखियोस । कोभिडका बिरामी प्रति पनि क्षेत्रगत बिभेद नगरियोस । मैले अहिले सम्म समितिको बैठकमा मन्त्रीज्यूका मेहनतका विवरण सुन्न पाएको छैन । मेरो नीजी कुनै आग्रह पुर्वाग्रह छैन । दोलखाका ३ जना संसदले पीसीआर परिक्षण गर्ने उपकरण किन्ने हुनु भएछ । सिन्धुमा पनि केहि तयार थिए । जनशक्ति परिचालन गर्न र यी समस्यको निदान निकाल्न यस क्षेत्रका सासंदहरुसंग कहिल्यै छलफल गर्नु भयो ? स्रोत जुटाउने बिषयमा कुनै योजना बन्यो ? हामी धेरै यस कारणले चिन्तित छौ कि मन्त्रीज्युको ध्यान प्राथमिकता दिनै पर्ने क्षेत्रमा गएको पाईएन । म बिनम्रतासाथ अनुरोध गर्छु यो महामारी बिरुद्वको संघर्षमा सबै सासंद, तिनै तहको सरकारको बिश्वास लिएर,साथ लिएर हिड्न सक्नोस शुभकामना !

केन्द्रमा दुइ अध्यक्ष बिच विवाद भएपछि त्यसको असर जिल्लामा समेत पर्न सुरु गरेको छ । पुर्व माओवादी निकटका नेता कार्यकर्ताहरु खुलेरै प्रधानमन्त्री ओली गलत रहेको भन्दै सञ्जालमा आक्रोश पोखीरहेका छन् भने पुर्व एमालेमा नेपाल पक्षधर कार्यकर्ताहरु संयमीत नै भएपनि ओली पक्षधर नेता कार्यकर्ताहरु भने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध खरो रुपमा बहसमा उत्रीन सुरु गरेका छन्

सामाजिक विकास मन्त्री युवराज दुलाल नेकपा का केन्द्रीय सदस्य हुन् भने उनी केन्द्रमा पुष्पकमल दाहाल निकट मानिन्छन् । त्यस्तै अर्थ विकास समितिका सभापति प्रधानमन्त्री केपी ओली निकट छन् । पार्टीमा फरक पक्षधरता रहेकै कारण सामजिक विकासमन्त्री दुलालले पटक पटक आफुलाई असहयोग गरेको सञ्जाल मार्फत अप्रत्यक्ष रुपमा नेपाललाई आरोप लगाएका छन् । त्यस्तै नेपालले पनि सामाजिक विकासमन्त्री दुलाललाई आफ्नो कारण निर्वाचन क्षेत्रमा समेत सामजिक विकास मन्त्रालयको बजेट वितरणमा पक्षपात गरेको आरोप लगाएका छन् । सामाजिक विकास मन्त्री दुलालले भनेका छन् म सामाजिक सञ्जालमा यो प्रश्न आफ्नै जिल्लाका आफ्नै पार्टीका सहयोद्धा समेत रहनुभएका माननीयज्यूलाइ सोध्नु पर्दा दुखित छु तर बारम्बार यहाँले सुनियोजित तरिकाले नागरिकलाई भ्रमित पार्न दुष्प्रयत्न गरिरहनु भएकोले बिबस पनि छु भन्दै नेपाल प्रति दुखेसो गरेका छन्।

यो पनि पढ्नुहोस   विरोध प्रदर्शनमा सहभागी बन्न सभापति देउवाको अपिल

अर्थ विकास समितिका सभापति नेपालले पनि दुलालले पक्षपात गरेको अप्रत्यक्ष रुपमा आरोप सामाजिक सञ्जाल मार्फत नै लगाएका छन् । सभापति नेपालले भनेका छन् ‘हामी चुनावी प्रतिस्पर्धी पनि हैनौ,बिभेदको बिरुद्व लड्न माक्र्स सिकायो । मेरो निर्वाचन क्षेत्र प्रति आग्रह मेरै कारणले नराखियोस ।’

सामजिक विकास मन्त्री प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्र्तगत प्रदेश सभा क बाट प्रदेश सभामा निर्वाचीत भएका थिए भने सासंद नेपाल प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा क बाट प्रदेश सभामा निर्वाचीत भएका थिए ।

सामाजिक विकास मन्त्री दुलालले सामाजिक सञ्जालमा गरेको कमेन्टमा पुर्व माओवादी निकटकाले लाइक गरेका छन् भने सभापति नेपालको प्रतिउत्तर कमेन्टमा पुर्व एमाले निकट पनि केपी ओली पक्षधरले लाइक गरेका छन् ।

केन्द्रमा दुइ अध्यक्ष बिच विवाद भएपछि त्यसको असर जिल्लामा समेत पर्न सुरु गरेको छ । पुर्व माओवादी निकटका नेता कार्यकर्ताहरु खुलेरै प्रधानमन्त्री ओली गलत रहेको भन्दै सञ्जालमा आक्रोश पोखीरहेका छन् भने पुर्व एमालेमा नेपाल पक्षधर कार्यकर्ताहरु संयमीत नै भएपनि ओली पक्षधर नेता कार्यकर्ताहरु भने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध खरो रुपमा बहसमा उत्रीन सुरु गरेका छन् ।

(Visited 382 times, 1 visits today)
Loading comments...

आजको समाचार

रोगको चपेटामा इलामका सुन्तला बगान

इलाम । इलाम नगरपालिका आठ महभिरका किसान उमेश महत आम्दानीको मुख्य स्रोत रहेको सुन्तलामा रोगले आक्रमण गरेपछि आउँदा वर्षमा वैकल्पिक खेती गर्ने कि भन्ने...

नेपालमा असल शासनका कुरा

सत्तरीको दशकको मध्यबाट जब विश्वमा प्रजातन्त्रको लहर प्रारम्भ भयो । त्यसै बेलादेखि सुशासनको अवधारणाले लोकप्रियता पाउन थालेको हो । सूचना क्रान्तिले एकातिर मानवको सामाजिक...

प्रधानमन्त्रीका वकिल भन्छन् ‘बृहत पूर्ण इजलासमा जान जरुरी छैन’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज पनि सुनुवाइ भएको छ । प्रतिवादी नेपाल सरकारका पक्षबाट वरिष्ठ अधिवक्ता...

वृहत पूर्ण इजलासकाे माग अस्वीकृत, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडाैं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग...

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

नयाँदिल्ली । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशङ्करबीच हैदरावाद हाउसमा आज...

साताका लोकप्रिय समाचार

इलाम नगरपालिकाको नगरसभा : दुई विधेयक र वडा विभाजनको विषेश प्रस्ताव पारित

इलाम । इलाम नगरपालिकाको आठौं नगरसभाले दुई विधेयक र एउटा विषेश प्रस्ताव पारित गरेको छ । आइतबार बसेको नगरसभाले ‘इलाम नगर प्रहरी ऐन २०७५’...

नेपाली भूमि फिर्ता भएरै छाड्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दललाई जनतालाई अपार विश्वास गरी मुलुकमा राजनीतिक स्थिरता दिए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएको बताएका...

थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि, ६९९ जना निको

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार...

प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोजे : सञ्चारमन्त्री

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुक सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको बताएका छन् । क्रियाशील दलित पत्रकार संघ, नेपालले मंगलबार...

सात महिनामा एउटै दर्ताको प्रक्रियामा आएनन्

काठमाडौं । वैदेशिक व्यापारमा उपयोग हुँदै आएको सिपिङ कम्पनीको मनोमानी रोक्न सरकारले गरेको पहल असफल भएको छ । सरकारले सिपिङ कम्पनीलाई नेपालमै दर्ता गराएर...

ट्रेन्डिङ

कालोबजारी गर्नेलाई पाता कस्छौं, सूचना दिनुहोस : मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको अभाव हुन नदिनेगरि बन्दोवस्त गरेको स्पष्ट पारेका छन् ।...

दाङको एउटै वडामा भेटिए ४४ जना कोरोना संक्रमित

तुलसीपुर । दाङको बंगालीचुली गाउँपालिकामा एकै दिन २ बर्षीया बालिकासहित ४४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा...

सेनाको गाडीले ठक्कर दिँदा बृद्धको मृत्यु

सप्तरी, राजविराज । सेना चढेको गाडीले ठक्कर दिँदा एक बृद्धको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका खण्डमा बुधबार सेना चढेको...

२ सय ५० दिनको कारोबार नभएका संस्थाको सेयर धितोमा राख्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जासम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने बताए पनि फरक तरिकाले कार्यान्वयनमा ल्याएको छ । यद्यपि राष्ट्र बैंक सेयर धितो कर्जाको...

निषेधाज्ञाले बिपि जयन्ति कोठाभित्रै

सप्तरी, राजविराज । सधै खुल्ला स्थानमा भव्य रुपमा मनाइदै आएको प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता स्व. विपि कोइरालाको जन्म जयन्ति यस...

सन्देशले लिएर आए ‘संगै’ (भिडियोसहित )

काठमाडौं । नेपाली संगीतमा सक्रिय गायक एवं संगीतकार सन्देश श्रेष्ठले नयाँ गीत ‘संगै’ लिएर आएका छन् । केही अघि ‘मेरो सलाम’ बोलको गीत गाएका...

राष्ट्रिय बालदिवसको औचित्य

संयुक्त राष्ट्रसंघले सन १९८९ माजारी गरेको बालअधिकारसम्वन्धी माहासन्धीलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ अर्थात् २०४७ साल भाद्र २९ गते अनुमोदन गरेको थियो । सोही...

काकाकुल बस्तीमा लिफ्टीङबाट खानेपानी, २२ सय घरधुरीलाई स्वच्छ पानी

सिन्धुपाल्चोक । सदियौँदेखि खानेपानी अभावमा काकाकुल भएका साँगाचोकबासीको खानेपानीे समस्या अबको केही महिना भित्रै सधैंको लागि अन्त्य हुने भएको छ ।

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गाेरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडाैँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण...

भर्खरै

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

इतिहासकै ठूलो आइपीओमा पहिलो दिनमै पर्यो ३ करोड ७० लाख कित्ता आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा पहिलो दिनमै ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एक्ड क्लियरिङ...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

वृहत पूर्ण इजलासकाे माग अस्वीकृत, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडाैं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग...

धेरै पढिएका

राजविराजमा राजावादी र हिन्दुवादीको प्रदर्शन

सप्तरी, राजविराज । पृथ्वी जयन्तिको अवसर पारेर सप्तरीमा राजतन्त्र तथा हिन्दु राष्ट्र समर्थक विभिन्न पक्षले सोमबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले...

किन हुँदै छ कोरोनाविरुद्धको खोप आउन ढिलाइ ?

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप आयातका लागि सरकारले कूटनीतिक र प्राविधिक तयारी तीव्र बनाएको बताए पनि खोप आउनेबारे अन्योल देखिएको छ । कोभ्याक्स वा...

बाबुरामको प्रश्न : महेन्द्रलाई ३० वर्ष बोक्नु भो अब ओलीलाई बोक्न खोज्नु भएको हो ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दुई छिमेकी मुलक भारत र चिनलाई प्रश्न गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष समेत...

सप्तरीमा प्रतिनिधिसभा विघटनबिरुद्ध एकैदिन ८ वटै निर्वाचन क्षेत्रमा काँग्रेसको प्रदर्शन

राजविराज । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनको बिरोधमा सप्तरीको ८ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा शनिबार बिरोध प्रदर्शन र सभा गरेको छ । काँग्रेस र उनका...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)