कोरोना संक्रमणबाट इलामका एक ब्यक्तिको मृत्यु

इलाम । इलामको सूर्योदय नगरपालिका–९ का ५५ बर्षीय एक ब्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

सूर्योदय ९ मा बसोबास गर्दै आएका एक व्यक्त्तिको उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि फिक्कलमा सामान्य उपचार पछि बिराटनगर लगिएको थियो । बिराट मेडिकल कलेजमा कोरोना परीक्षण गर्दा पोजेटिभ रिर्पोट आएपछि उक्त अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको सूर्योदय नगरपालिकाका कोभिड फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक बिपुल अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार उनको कन्ट्रयाक ट्रेसिङमा परेका २१ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ । अधिकारीका अनुसार अवस्था हेरी परिवारका सदस्यलाई आईसोलोसनमा राखिने जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

epaper

ताजा समाचार

फुल्चोकी भ्रमणमा मान्छे हराउने घटना बढ्दै गएपछि सावधानी अपनाउन आग्रह