Tuesday, January 26, 2021
Home प्रदेश प्रदेश २ कोशी पीडितको समस्याबारे भारतीय पक्षको गम्भीर ध्यानाकर्षण गराउन अपील

कोशी पीडितको समस्याबारे भारतीय पक्षको गम्भीर ध्यानाकर्षण गराउन अपील

कोशी पीडित भन्छन्– हाम्रो एक दुई पुस्ता अझै संघर्षमै बित्छ की जस्तो लाग्छ

सप्तरी । कोशीले पु-याएको क्षतिको र मुआब्जा र क्षतिपूर्ति तीन पुस्तादेखी माग्दै आएपनि हालसम्म नपाएको भन्दै सुनसरी, उदयपुर र सप्तरीका कोशी पीडितहरुको तर्फबाट संयुक्त अपील जारी गरिएको छ । कोशी पीडित उत्थान समाज सुनसरी, उदयपुर र सप्तरीका अध्यक्ष काशिम अन्सारीले बिहीबार उक्त अपील जारी गरेका हुन् । उक्त अपील पत्र बिहीबार सरोकारवालासहित सर्वसाधारणलाई समेत बितरण गर्दै सहयोगको अपील गरिएको छ ।

भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृगला दुई दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएको अवसर पारेर जारि गरिएको १२ बुँदे अपीलमा कोशी पीडितहरुले भोग्नु परेको पीडा र समस्याको बारेमा भारतीय पक्ष समक्ष गम्भिर ध्यानाकर्षण गराई दिन समेत सरकारलाई आग्रह गरिएको छ ।

कोशी सम्झौताको कार्यान्वयनसहितका १२ बुँदे अपिल पत्रमा सप्तकोशीमा पुल निर्माणका क्रममा भारतले अधिग्रहण गरेको सुनसरी, उदयपुर र सप्तरीवासीको हजारौं विगहा नम्बरी जग्गाको मुआब्जा र बालिको क्षतिपूर्ती ७० वर्ष नाघिसक्दा पनि नपाएको उल्लेख गरिएको छ ।

भारत सरकारले कोशी सम्झौता अनुसार वर्षे पिच्छे कोशी कटानबाट पीडितलाई दिनुपर्ने क्षतिपूर्ती नदिएर अन्याय गरेको भन्दै तीन वटै जिल्लाका कोशी पीडितहरु पटक पटक आन्दोलन गर्दै आएका छन् । तर, हालसम्म आश्वासन बाहेक केही नपाइएको अध्यक्ष अन्सारीको भनाई छ । पटक पटक राजनीतिक परिवर्तन हुँदा पनि भारतसँग गम्भिर छलफल गरेर कोशी पीडितलाई न्याय दिने काम कसैले गरेनन् अध्यक्ष अन्सारीले भने, कोशी पीडितको समस्याका लागि भारतीय पक्षसँग आवश्यक कुटनीतिक पहल गर्नुपर्छ ।

यो पनि पढ्नुहोस   गढिमाई मन्दिरमा टिकटक बनाउन प्रतिबन्ध

अर्का कोशी पीडित मो. इर्सादका अनुसार २०७१ साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका बेला दुई देशका प्रधानमन्त्रीबीच कोशीको समस्या समाधान गर्ने सहमति भएपनि त्यो अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन् । मुआब्जाका लागि सुनसरी, उदयपुर र सप्तरीका कोशी पीडितहरु संगठित रुपमै दशकौंदेखी चरणबद्ध आन्दोलन गर्दै आएका छन् । यद्यपी नेपाल तथा भारतका सरकारले आफूहरुको माग र मुद्दाप्रति खासै चासोसम्म देखाउन नसकेको पीडितहरुले आरोप लगाउँदै आएका छन् ।

सुनसरी तथा सप्तरी जिल्लाको सीमामै पर्ने सप्तकोशी ब्यारेज निर्माणका क्रममा भारत सरकारले नेपालतर्फका हजारौं विगहा नम्बरी जग्गा अधिग्रहण गरेको थियो । तर, सम्झौता अनुसार उक्त जग्गाको मुआब्जा तथा बालिनालीको क्षतिपूर्ति अझै पाउन नसक्दा कोशी ब्यारेज निर्माणका क्रममा बिस्थापनमा परेका सुनसरी, उदयपुर र सप्तरीका हजारौं पीडितहरु दशकौंदेखी मुआब्जा माग्दै संघर्षरत छन् । उनीहरुको एउटै भनाई छ–मुआब्जा माग्दै हाम्रो दुइ पुस्ता संघर्ष गर्दै खतम भयो, अब संघर्षको जिम्मेवारी हाम्रो काँधमा आइपुगेको छ । सरकारको रबैया हेर्दा हाम्रो एक दुई पुस्ता अझैं संघर्षमै बित्छन् की जस्तो लाग्छ ।

(Visited 58 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रकाशमा प्रदीप खडकाको नायिका रेणु

काठमाडौं । अभिनेता प्रदीप खड्काको जोडीको रूपमा नवोदित अभिनेत्री रेणु योगी चयन भएकी छन् । नयाँ चलचित्र ‘प्रकाश’का लागि रेणु योगी चयन भएकी हुन्...

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज सोमबार बस्दैछ । पार्टी कार्यालय सानेपा ललितपुरमा दिउँसो बस्ने बैठकमा प्रतिनिधिसभा विघटनपछिको राजनीतिक परिस्थितिका विषयमा छलफल...

१७ माघबाट साताव्यापी ‘किताब जात्रा’

काठमाडौं । साहित्यिक कृतिहरूको प्रदर्शन तथा बिक्रीको उद्देश्यले आयोजना हुँदै आएको ‘किताब जात्रा’ यस वर्ष १७ माघ देखि २३ माघसम्म हुने भएको छ ।...

कोभिसिल्ड तुलनात्मक रूपमा सुरक्षित

काठमाडौं । बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञले आग्रह गरेका छन् ।...

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

काठमाडौँ । भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय...

साताका लोकप्रिय समाचार

संसद् पुनःस्थापना पहिलो प्राथमिकता : शशाङ्क कोइराला

महेन्द्रनगर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् । कञ्चनपुरको...

चिकित्सा शिक्षा शुल्क बढाउने प्रयास नाजायज

देश कोरोना महामारीले थला परेर उठ्न नसकिरहेका बेला चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन प्रस्ताव गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई ठाडै अस्वीकार...

प्रतितोला ५०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु ५०० ले उकालो लागेको छ । प्रतितोला रु ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला...

घर बनाउने सपना बोकेर बिदेशिएका कुर्मी जब बाकसमा फर्किए…

रौतहट । नयाँ घर बनाउने सपना बुन्दै रौतहट बृन्दावन नगरपालिका वाड नं. ४ हर्दियाका ३८ वर्षीय बिरेन्द्र राउत कुर्मी गत सन २०१८ जुलाइमा मलेसिया...

नबोल्ने व्यक्तिलाई बोली दिने तीर्थस्थल लाटी बाराही

गण्डकी । आफ्ना बालबच्चा नबोल्दा अवश्य नै प्रत्येक अभिभावकको मन दुख्ने गर्दछ । बच्चाको बोली आओस् भन्दै थुप्रै धनराशि खर्चेर उपचार गर्ने गर्दछन् ।...

ट्रेन्डिङ

बार्सिलोनामा मेस्सीको भविष्य अझै अनिश्चित

मड्रिड । क्याटलान क्लब बार्सिलोनाले आफ्ना कप्तान तथा मुख्य स्ट्राइकर लियोनल मेस्सीसँगको नयाँ सम्झौताका विषयमा यसै महिना टुंगो लाग्ने बताएका छन् । क्लबका अध्यक्ष...

राप्रपा एकता आज

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी संयुक्त अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज बुधबार...

मोरङका ६४ सहित प्रदेश १ मा थपिए ८६ जना संक्रमित

मोरङ । मोरङमा ६४ जनासहित गएको २४ घण्टामा प्रदेश १ मा ८६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शनिबार...

लकडाउनमा सन्देश श्रेष्ठले ल्याए तीन म्युजिक भिडियो

काठमाडौं । गायक एवं संगीतकार सन्देश श्रेष्ठले लकडाउनका बेला तीनवटा म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । मेरो सलाम, सँगसँगै र हामी भुल्दैनौँ बोलको भिडियो...

पहिलो पारीमा अस्ट्रेलियाको ३३८, स्मिथको शतक

सिड्नी । भारतविरुद्धको तेस्रो टेष्टमा घरेलु टोली अस्ट्रेलियाले पहिलो पारीमा ३३८ रनमा सबै विकेट गुमाएको छ । तेस्रो नम्बरमा आएका ब्याट्सम्यान स्टिभन स्मिथले १...

एमबाप्पे अनुबन्धमा लिभरपुलको दौड

लन्डन । फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार फरवार्ड केलियन एमबाप्पे अनुबन्धमा इंग्लिस क्लब लिभरपुल पनि जोडिएको छ । एमबाप्पे अनुबन्धमा यसअघि...

दाँत सफा नराख्दा हृदयघात

मुख शरीरको प्रवेशद्वार र ऐना हो । टम्म मिलेका अनारका दानाझै सेता दाँत अनि गुलाफी गिजाले सौन्दर्यका लागि मात्र नभई शरीरमा भएका...

वर्तमान सरकार देशकै लागि घातक : नेता भण्डारी

जनकपुरधाम । जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले उतर केहि नदेख्ने तर दक्षिणको कुरालाई राष्ट्रवादको मुद्दा बनाउने वर्तमान संघिय सरकार देशकै लागि घातक रहेको...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

काठमाडौँ । भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय...

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

भर्खरै

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

काठमाडौँ । भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय...

प्रकाशमा प्रदीप खडकाको नायिका रेणु

काठमाडौं । अभिनेता प्रदीप खड्काको जोडीको रूपमा नवोदित अभिनेत्री रेणु योगी चयन भएकी छन् । नयाँ चलचित्र ‘प्रकाश’का लागि रेणु योगी चयन भएकी हुन्...

१७ माघबाट साताव्यापी ‘किताब जात्रा’

काठमाडौं । साहित्यिक कृतिहरूको प्रदर्शन तथा बिक्रीको उद्देश्यले आयोजना हुँदै आएको ‘किताब जात्रा’ यस वर्ष १७ माघ देखि २३ माघसम्म हुने भएको छ ।...

भन्सारमा आजदेखि राष्ट्रिय एकद्वार प्रणाली

काठमाडौं । नेपाल आजदेखि राष्ट्रिय एकद्वार प्रणाली सुरु भएको छ । विभागले तयार गरेको उक्त प्रणाली आज सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत...

धेरै पढिएका

कोरोनाविरुद्धको खोप आजदेखि सातवटै प्रदेशमा पठाइँदै

काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन...

इतिहासमा सीमित हुँदै माओवादी

नेपालका कम्युनिस्टहरूको राजनीतिक इतिहासमा धेरै उतारचढाव यसले पार गर्दै गर्दा पटकपटक विभाजित भई नेपालका कम्युनिस्टहरू फुटको पर्याय बनेका छन् । प्रायः सबै साना साना...

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

बागमति प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजै छलफल हुने

हेटौडा । बागमति प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविशस प्रस्तावमाथि आजैबाट छलफल हुने भएको छ । प्रदेशसभाको सातौं अधिवेशन आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 105 times, 1 visits today)