Saturday, January 16, 2021
Home प्रदेश प्रदेश ३ प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु-याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन् ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबद्धैन श्रृङ्गलासँगको कुराकानीमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उक्त सन्देश पु-याइदिन आग्रह गरे । भेटको शुरुमै सचिव श्रृङ्गलाले आफ्ना प्रधानमन्त्री मोदीको दुई देशबीचको आपसी सम्बन्धलाई ‘राम्रो’ बनाएर अगाडि लैजान चाहेको सन्देश प्रधानमन्त्रीलाई सुनाउनुभएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले राससलाई जानकारी दिए । दुवै देशका प्रधानमन्त्रिस्तरका सकारात्मक सन्देश आदानप्रदानले सीमा विवादलगायत विषयमा आगामी दिनमा वार्ता र छलफल तथा आपसी उच्चस्तरीय भ्रमणको आदानप्रदान हुने वातावरण सिर्जना भएको छ ।

सल्लाहकार डा भट्टराईका अनुसार भेटमा प्रधानमन्त्री ओलीले भनेका थिए “हामी दुई देशबीचको आपसी र बहुआयामिक सम्बन्धलाई एक्काइसौँ शताब्दीअनुकूल तथा युगसुहाउँदो हिसाबले थप गतिशील र सुमधुर बनाउन चाहन्छौँ । सीमालगायत विवादित विषयमा वार्ताका माध्यमबाट शान्तिपूर्णरुपमा समस्याको समाधान गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौँ । हाम्रा बीचका सीमा विवाद अहिले एकाएक सिर्जना भएका होइनन् । इतिहासले विरासतका रुपमा छाडेका समस्या हुन् । यसलाई थाँती राखेर जाँदा झन् समस्या आउन सक्छ, त्यसैले मिलेर समाधान गरौँ । यो सन्देश भारतीय प्रधानमन्त्री मोदीलाई लगिदिन म आग्रह गर्दछु ।” भारतको गत स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गरी शुभकामना दिएका थिए । सोही वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले आफूले नेपालमा विशेष दूत पठाउने जनाएका थिए।

यो पनि पढ्नुहोस   विरोध प्रदर्शनमा सहभागी बन्न सभापति देउवाको अपिल

प्रधानमन्त्री ओलीले सचिव हर्षबद्र्धनसँगको भेटमा आपसी विवादका विषय समाधान भएपछि सम्बन्धमा नयाँ उचाइ प्राप्त हुने विश्वास व्यक्त गर्दै नेपालको भूभाग कुनै पनि छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल स्पष्ट रहेको अवगत गराए । नेपाल तटस्थ रही कसैको पनि ‘कार्ड’ का रुपमा प्रयोग नहुने उनले जनाएका थिए ।

भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नयाँ राजनीतिक नक्शामा समावेश गरेपछि नेपालले आपत्ति जनाउँदै आफ्नो भूमिलाई समेटेर नयाँ नक्शा जारी गरी त्यसलाई सङ्घीय संसद्बाट पारित गरेर संविधानको अनुसूचीमा समावेश गरेको थियो । त्यसपछि दुई देशबीच औपचारिक वार्ता नभएका स्थितिमा पछिल्ला समयमा भारतीय पक्षबाट नेपालका भएका विभिन्न भ्रमण र भेटवार्ताले वातावरण थप सहज हुँदै गएको छ ।

सचिव श्रृङ्गलाभन्दा अघि गत महिना भारतीय प्रधानमन्त्री मोदीका विशेष दूतका रुपमा गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नवरवणेले नेपाल भ्रमण गरेका थिए । नेपालको उक्त भनाइमा भारतीय सचिव श्रृङ्गगाको जवाफ के थियो भन्ने प्रश्नमा सल्लाहकार डा भट्टराईले सचिव हर्षबद्र्धनले परराष्ट्र सचिवस्तरीय आजको वार्तामा दुई देशबीचका सहकार्य र आपसी सबै विषयमा छलफल भएको अवगत गराउनुभएको जानकारी दिनुभयो । सचिव श्रृङ्गलाले दुई देशबीचको सम्बन्धलाई थप सकारात्मक बनाउँदै परिणामूलक बनाउन पहल गर्ने विश्वास दिलाएका थिए ।

आजै नेपाल आएएका सचिव शृङ्गलाले यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरेका थिए भने दुई मुलुकका परराष्ट्र सचिवस्तरीय औपचारिक वार्ताको नेतृत्व गरेका थिए । रासस

(Visited 83 times, 1 visits today)
Loading comments...

आजको समाचार

बिना मगरको दुख : पहिला किन गरिनस्, अहिले किन गरिस् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि निवर्तमान खानेपानीमन्त्री भएकी बिना मगर अहिले परिवारका सदस्यसंग रमाउन थालेकी छिन् । दाहाल नेपाल समुहले...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बृहत् पूर्ण इजलासको माग खारेज

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आइतबारबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने १२ जना...

‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक...

अभिनेत्री कंगनालाई कथा चोरीको आरोप

मुम्बई । सधैंजसो विवादमा परिरहने बलिउड अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो नयाँ फिल्मको कथाका कारण विवादमा छिन् । उनलाई आफ्नो नयाँ फिल्मको कथा चोरी...

आउन थाले फिल्म हलमा दर्शक

काठमाडौं । दस महिनासम्म नयाँ चलचित्र नआएका नेपालका फिल्म हलमा अभिनेता शिव श्रेष्ठले बिहीबारबाट देशव्यापी रूपमा आफ्नो नयाँ चलचित्र एउटा यस्तो प्रेम कहानी रिलिज...

साताका लोकप्रिय समाचार

पत्रकार महासंघद्वारा पत्रकार पुरस्कृत

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले एकैथलोमा एक दर्जन पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ कस्की शाखाकोे शुक्रबार १५ औं साधारण...

ओलम्पिक कमिटीका अध्यक्षलाई पितृशोक

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ । निवर्तमान सांसद श्रेष्ठका पिता ९३ वर्षीय पिता कृष्णरामको काठमाडौँ –१५ स्वयम्भू धिमेहोलस्थित...

पृथ्वीनारायण शाहको शालिक अगाडी झडप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशरे जबराले पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममा क्रुर दमन गरेर सरकारले नागरिकको नैसर्गिक अधिकार...

१० महिनादेखि बन्द नाटकघर सञ्चालनमा आए

काठमाडौं । १० महिनादेखि बन्द रहेको काठमाडौंको अनामनगरस्थित मण्डल थिएटरलाई यतिबेला सरसफाइसँगै पुनः मर्मतको काम थालिएको छ । नेपाल सरकारको निर्णयअनुसार चलचित्र भवन खुलेपछि...

ओलीले अदालत पनि विघटन गर्न खोजेका छन् : वर्षमान पुन

काठमाडौँ । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले न्यायालयलाई प्रभावित पार्ने सार्वजनिक अभिव्यक्ति दिँदै हिंडेको भन्दै आपत्ति जनाएका छन् । आफ्नो...

ट्रेन्डिङ

छाडा छाडेकाे साँढेले लियो बृद्धाको ज्यान

सप्तरी, राजविराज । सडकमा छाढा छाडिएको साढेको आक्रमणबाट सप्तरीमा एक बृद्धाको ज्यान गएको छ । काम विशेषले घर बाहिर निस्केकी छिन्नमस्ता गाउँपालिका २ मोहनपुरकी...

आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफू मातहतमा रहेको सबै २७ खेलकुद संघलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन दिएको छ । भिडियो...

भक्तपुरमा प्रहरीसहित ३ जनामा कोरोना पुष्टि, प्रहरीको सञ्चार कक्ष सिल

भक्तपुर । भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना...

सजाय निर्धारण तथा कार्यान्वयन

हालसम्म नेपालमा अपराधीकरण नगरिएका आपराधिक कार्यलाई अपराधीकरण गरी कसुर कायम गर्ने, न्यायपूर्ण, शान्तिपूर्ण र सुरक्षित समाज सिर्जना गरी सर्वसाधारणको हित र सदाचार कायम गर्नका...

हरिवंशले ल्याए गाईजात्रे गीत

राजधानी समाचारदाता काठमाडौं । हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले एक समय गाईजात्रा र प्यारोडी गीत निकालेरै त्यसको आम्दानीले घर बनाएका थिए । केही वर्षयता गाईजात्रा गीत...

सुनको मूल्य प्रतितोला ६ हजार २०० ले घट्यो

काठमाडौँ । नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ...

मिसेस ब्युटी क्विन सन्तोषी शाही

सुर्खेत । ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को विजेता सन्तोषी शाहीले अव समाज सेवा गर्ने बाटो रोजेकी छन् । समाज हुने छाउपडी...

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि चैत...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

बिना मगरको दुख : पहिला किन गरिनस्, अहिले किन गरिस् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि निवर्तमान खानेपानीमन्त्री भएकी बिना मगर अहिले परिवारका सदस्यसंग रमाउन थालेकी छिन् । दाहाल नेपाल समुहले...

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

भर्खरै

अभिनेत्री कंगनालाई कथा चोरीको आरोप

मुम्बई । सधैंजसो विवादमा परिरहने बलिउड अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो नयाँ फिल्मको कथाका कारण विवादमा छिन् । उनलाई आफ्नो नयाँ फिल्मको कथा चोरी...

आउन थाले फिल्म हलमा दर्शक

काठमाडौं । दस महिनासम्म नयाँ चलचित्र नआएका नेपालका फिल्म हलमा अभिनेता शिव श्रेष्ठले बिहीबारबाट देशव्यापी रूपमा आफ्नो नयाँ चलचित्र एउटा यस्तो प्रेम कहानी रिलिज...

बिना मगरको दुख : पहिला किन गरिनस्, अहिले किन गरिस् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि निवर्तमान खानेपानीमन्त्री भएकी बिना मगर अहिले परिवारका सदस्यसंग रमाउन थालेकी छिन् । दाहाल नेपाल समुहले...

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता

काठमाडौं । स्वर्गीय गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ । नागार्जुन नगरपालिकाको...

धेरै पढिएका

एन्फाका पूर्व महासचिव शाहीको निधन

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको...

नेपाल प्राध्यापक संघका ८ पूर्व अध्यक्षहरुले भने : संसद विघटन दुर्घटनाको संकेत

काठमाडौं । नेपाल प्राध्यापक संघका ८ जना पूर्व अध्यक्षहरुले संसद विघटन संविधानमा तोकिएको व्यवस्था विपरित भएको र यसले दुर्घटनाको संकेत गरेको बताएका छन । संघका...

इन्डोनेसियामा ५९ यात्रु सवार विमान दुर्घटना

जकार्ता । इन्डोनेसियाको श्रीविजवा विमान शनिबार यात्रुसहित उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको छ । इन्डोनेसियाको राजधानी जकार्ताबाट ६ बालबालिकासहित ५९ यात्रु लिएर उडेको श्रीविजवा...

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन बिहीबार भारत पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँस्थित प्रवासी नेपाली संगठनका प्रतिनिधिलाई भेट्ने कार्यक्रम रहेको छ...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)