प्रजातान्त्रिक शासन प्रणाली भनेको जनताका लागि जनताद्वारा जनताको हितमा गरिने शासन हो । जनताले आफूमा अन्तर्निहित सार्वभौम अधिकार प्रयोग गर्न प्रतिनिधिको निर्वाचन गर्दछन् र उसको शासनमा रहन जनता सहमत भएका हुन्छन् । यसकारण प्रजातान्त्रिक सरकार आफ्ना काम कारबाहीप्रति जनताप्रति उत्तरदायी हुनुपर्दछ र हुन्छन् पनि । प्रजातान्त्रिक शासन प्रणालीमा बाहेक अन्य शासन प्रणालीमा जनताको सक्रियता स्वीकार्य हँुदैन । नेपालको संविधान प्रजातान्त्रिक, कानुनी शासन, पारदर्शिता, उत्तरदायित्व, समावेशीता, सहभागिता र संघीयताको सिद्धान्तमा बनेको छ । यसकारण शासन सञ्चालनमा जनताको सहभागितालाई महत्वपूर्ण आयामको रूपमा लिइएको छ ।
नागरिकबाट सार्वजनिक कार्यहरूको मूल्यांकन प्रजातान्त्रिक अभ्यास भएकाले प्रजातन्त्रमा मात्र जनताले सरकारको मूल्यांकन गर्ने र आफनो प्रतिक्रिया सरकारको पक्ष वा विपक्षमा आवधिक निर्वाचनको माध्यमबाट दिने गर्दछन् । नागरिकद्वारा सार्वजनिक कामको मूल्यांकनका आधारभूत तत्वहरू प्रजातन्त्र, समावेशी संस्कृति, पारदर्शिता, सूचनाको अधिकार, स्वतन्त्र प्रेस, जनउत्तरदायी सरकार, सक्षम जनता र सुशासन हुन् । सार्वजननिक कार्यको मूल्यांकन गर्न जनता सक्षम, अधिकारप्रतिको जानकार र सक्रिय हुनुपर्दछ । जनतालाई सरकारी कामकारवाहीको विषयमा प्रश्न सोध्ने क्षमता जनतामा नभएसम्म नागरिकबाट सार्वजनिक कार्यहरूको मूल्यांकन हुन सक्दैन ।
जनताका आवश्यकता पूरा गर्न सरकारले सार्वजनिक निर्माण कार्यहरू र सेवा प्रदान गर्ने कार्य गर्दछ । प्राकृतिक स्रोत तथा सार्वजिनक सम्पत्ति सुरक्षा गरेको हुन्छ । सार्वजनिक निर्माण कार्य, सेवाप्रवाह र प्राकृतिक स्रोत तथा सम्पत्तिको संरक्षणको कुशल व्यवस्थापन गर्नु तथा आफूले गरेको कार्यको सार्वजनिक जिम्मेवारी र उत्तरदायित्व लिनु प्रजातान्त्रिक शासन प्रणालीको विशेषता हो । सरकारबाट भएका कामकारवाही नागरिकबाट मूल्यांकन गर्ने पद्धति प्रजातान्त्रिक शासन प्रणालीको खास विशेषता हो ।
सार्वजनिक सेवाको तथा निर्माण कार्यको गुणस्तर सुनिश्चित गर्न, सार्वजनिक कार्य समयसीमा, विनियोजित बजेटभित्र सम्पन्न गर्न, तथा सार्वजनिक कार्यले समाज र वातावरणमा परेको असरको मूल्यांकन एक नियमित प्रक्रिया हो । मूल्यांकन गर्दा मूल्यांकन आधार बनाई स्टयान्र्डड विधिअबलम्वन गरी उपलब्धिको लेखाजोखा गर्ने गरिन्छ । परीक्षण गर्दा सार्वजनिक काम गराई कानुनी रूपमा ठीक छ-छैन, आधिकारिक छ-छैन र आवश्यक छ-छैन सो प्रभावकारिता, सक्षमता, वास्तविकता, उपयुक्तताका कसीमा राखेर हेर्ने गरिन्छ ।
परीक्षणको अर्थ काम गराइमा भएको, हुन सक्ने, भइरहेको गलत काम पल्यिाउनु र सच्याउनु हो भने सेवाप्रवाह तथा परियोजना कार्यानवयनमा आउन सक्ने सम्भाव्य द्वन्द्व व्यवस्थापन गर्नु पनि हो । यसले सरकार र जनताबीच विश्वासको वातावरण निर्माण गर्दछ । परीक्षण संगठनभित्रबाटै गर्ने तथा संगठनभन्दा बाहिरको व्यक्ति वा संस्थाद्वारा गरिने गरी आन्तरिक र बाह्य दुई किसिमको हुन्छ ।
प्रजातान्त्रिक शासन प्रणालीमा नागरिकबाट सरकारको मूल्यांकन गर्ने परिपाटीको विकास भएको हो । सरकार नियन्त्रित परीक्षणमा इमानदारिताको कमी खट्किदो छ । नागरिकद्वारा गरिने मूल्यांकन प्रजातन्त्रको विशिष्ट गुण हो । सार्वजनिक कामकारबाहीमा जनताद्वारा गरिने मूल्यांकन सार्वजनिक उत्तरदायित्व कायम गर्ने एक उपाय हो । नागरिक मूल्यांकनमा नागरिकको चासो, नागरिकको खवरदारी र नागरिकको पक्षपोषण रहेको हुन्छ । सार्वजनिक कामको नागरिकबाट हुने मूल्यांकनबाट राजनीतिक र विकासका लाभहरू प्राप्त हुन्छ ।
बन्द कोठाभित्र सीमित व्यक्तिको बीचमा गरिने सार्वजनिक सुनुवाइको कुनै अर्थ रहँदैन
जनता शासन प्रणालीमा सहभागी हुन्छन् भने विकासका कामको रखवाली गर्न सक्रिय हुन्छन् । सार्वजनिक काम छिटो हुने, तोकिएको समयभित्र हुने, कामको गुणस्तर राम्रो हुने, विनियोजित बजेटभित्र सम्पन्न हुने, अपेक्षित लक्ष्यअनुरूप हुने, भ्रष्टाचार हुन नपाउने, कामगर्दा गर्दै बिग्रेको भएमा तत्काल सच्याउन सकिने सार्वजनिक कामको नागरिकबाट हुने मूल्यांकनको महत्व रहेको हुन्छ । नागरिकबाट सार्वजनिक कामको मूल्यांकन गर्ने प्रमुख विधिहरूमा आवधिक निर्वाचन, सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण तेस्रो पक्षबाट गरिने मूल्यांकन,रिपोर्ट कार्डबाट प्राप्त पक्षपोषण तथा सार्वजनिक गुनासाहरू पर्दछन् ।
आवधिक निर्वाचन
आवधिक निर्वाचनमा जनताको मतदान सरकारका कामकारबाहीप्रतिको नागरिकको बृहत एवं समग्र मुल्यांकन हो । प्रजातानित्रक शासन प्रणालीमा सरकार निश्चित अवधिका लागि निर्माण भएको हुन्छ । जनअनुमोदित अवधि समाप्त भएपछि सरकारमा रहेको राजनीतिक दलले सरकारमा रहँदा गरेको आफना कामकारवाही, जनताप्रति देखाएको व्यवहार र जिम्मेवारी निर्वहनप्रतिको उत्तरदायित्वलाई लिएर निर्वाचनमा जान्छ । निर्वाचनमा दलहरूबीच प्रतिस्पर्धा हुन्छ । सरकारमा रहेको दलको सार्वजनिक काम राम्रो नभएकोे भएमा जनताले सो दललाई आवधिक निर्वाचनमा छनोट नगरिकन अर्काे राजनीतिक दललाई छान्ने हक राख्दछन् ।
सार्वजनिक सुनुवाइ
सार्वजनिक सुनुवाइ कुनै संगठनले निर्णय हुनुभन्दा पहिला वा निर्णय भै कार्यान्वयनको चरणमा रहेका काम कारवाहीको विषयमा सार्वजनिक सुनुवाइ गर्नेगर्दछ । सार्वजनिक सुनुवाइ सार्वजनिक ठाउँमा गरिन्छ । सरोकारवालाहरूले भाग लिन्छन् । यस्तो सुनुवाइमा पहिले संगठनको तर्फबाट विवरण प्रस्तुत हुन्छ । संगठनले पेश गरेको विषयवस्तुमाथि सहभागिहरूले प्रश्न गर्ने र राय दिने वा आलोचना गर्ने गर्दछन् । नागरिकहरूको प्रश्न, राय र आलोचनाको जवाफ दिनु संगठन प्रमुखको दायित्व हुन्छ ।
सार्वजनिक सुनुवाइबाट नागरिकको चासो र राय जानकारी हुन्छ । सार्वजनिक सुनुवाइले सार्वजनिक कार्य गर्ने निर्णय लिन, निर्णय कार्यान्वयन गर्न र कार्यान्वयनको दौरान सुपरभिजन गर्न तथा पक्षपोषण दिन सहज हुन्छ । सुनुवाइ कार्यक्रम फेर टु फेस कार्यक्रमै एक पक्ष हो । सार्वजनिक सुनुवाइ कार्यक्रम एक घण्टाभन्दा लामो गरिदैन्् । सार्वजनिक सुनुवाइ कार्यक्रमले संगठनलाई जनउत्तरदायी बन्ने दबाव दिन्छ । तर सार्वजनिक सुनुवाइ नाम मात्रको हुने र बन्द कोठाभित्र सीमित व्यक्तिको बीचमा गर्ने गरियो भने त्यस्को कुनै अर्थ रहँदैन ।
सार्वजनिक परीक्षण
नागरिका लागि गुणस्तरीय सेवाप्रवाह तथा संरचना सुविधाका लागि भौतिक सम्पत्ति तथा पूर्वाधारको निर्माण र सम्भार, व्यवस्थापकीय अभ्यास तथा नीति रणनीति र परियोजनाहरूको योग सार्वजनिक कार्य हो । सार्वजनिक कार्य मूलतः देशको समृद्धि र जनताको सेवा केन्द्रीत हुन्छ । सार्वजनिक कामको सार्वजनिक परीक्षण सुरुका दिनहरूमा वित्तीय परीक्षण अर्थात खर्चपर्चमा मात्र केन्द्र्रित हुने गर्दथ्यो । वर्तमान युगमा सार्वजनिक परीक्षणको दायरा फराकिलो भएकोछ र विधिमा परिवर्तन आएकोछ । वित्तीय परीक्षणका अलावा भौतिक एवं आध्यात्मिक परीक्षण हुने गरेको छन् ।
भौतिक परीक्षण भन्नाले उपलब्धि हेर्ने, उपलब्धिको गुणस्तर हेर्ने बुझिन्छ भनेआध्यात्मिक परीक्षणले निर्णयगर्दाका बखत निर्णयकर्ताले कस्तो वातावरणमा काम गरेको थियो र सो वातावरणले उसको निर्णय मनस्थितिमा कस्तो असर प¥यो र के कस्तो निर्णय ग¥यो, त्यो हेर्नु हो । सार्वजनिक परीक्षण गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यलाई आधार लिने गरिन्छ । सार्वजनिक परीक्षण आन्तरिक र बाह्य हुन्छ । आन्तरिक मूल्यांकन संगठनभित्र भए गरेका कमीकमजोरी सच्याउन प्रयोग गरिन्छ भने बाह्य परीक्षण संवैधानिक निकाय महालेखापरीक्षकले गर्दछ । आन्तरिक परीक्षण गतिलो हुने हो भने बाह्रय परीक्षणमा खप्की खानु पर्र्दैन ।
सामाजिक परीक्षण
आजको डिजिटल डेमोक्रेटिक युगमा जनता उत्तरदायी र सामाजिक रूपमा जिम्मेवार सरकारको माग बढिरहेकोछ । संगठनको सामाजिक र नैतिक कार्यसम्पादनको मापन गर्न, बुझन, रिर्पोटिङ गर्न तथा सुधार गर्न सामाजिक परीक्षण गर्ने गरिन्छ । सामाजिक परीक्षण संगठनको कार्यसम्पादन क्षमता सुधार गर्न, सामाजिक जिम्मेवारी पूरा गर्न तथा सामाजिक हित गर्न केन्द्रित हुनु हो । अर्थात, संगठनले आफनो सामाजिक जिम्मेवारी पूरा ग¥यो वा गरेन सो को व्यवस्थितरूपमा हेर्ने मूल्यांकन गर्ने एक प्रक्रिया सामाजिक परीक्षण हो ।
संगठनको सामाजिक योगदानकोे मापन, संगठनका क्रियाकलापहरूबाट समाजमा परेको प्रभावको परीक्षण, सामाजिक सोचअनुरूप संगठनको नीति रणनीति मिले नमिलेको मूल्यांकन, संगठनले सामाजिक प्रतिबद्धता पूरा गरे नगरेको जाँचबुझ, निरन्तररूपमा सार्वजनिक चासोका सूचना प्रवाह गरे नगरेको खोजविन, संगठनको कामकारवाहीमा समुदायको सहभागिता रहे नरहेको सोधखोज, समाजप्रतिको उत्तरदायित्व वहन गरेनगरेको परीक्षण गर्नु तथा लाभग्राहीहरू र प्रत्यक्ष प्रभावित सरोकारवालाहरूलाई सशक्तीकरण गर्नु सामजिक परीक्षणका उद्देश्यहरू हुन् ।
सामजिक परीक्षणका चरणहरूमा परीक्षणको प्रक्रिया निर्धारण गर्ने, संगठनका क्रियाकलापहरूबाट प्रभावित हुने लाभग्राहीहरू पहिचान गर्ने, संगठनको उद्देश्य र सम्पादित महत्वपूर्ण कार्यमा केन्द्रित रही संगठनको उपलब्धिको लेखाजोखा गर्ने, तथ्यमा आधारित भई प्राप्तिहरू सिफारिस गर्ने पर्दछन् । यस्तो सामाजिक परीक्षण खासगरी सेवाग्राही वा सेवाग्राहीको समूहले गर्ने गर्दछन् । सामाजिक परीक्षणले संगठनलाई जिम्मेवार, उत्तरदायी, भ्रष्टाचारमुक्त, पारदर्शी, परीणाममूखी, परिवर्तनकामी तथा समाज र समुदाय उन्मुख बनाउँछ ।
तेस्रो पक्षबाट गरिने मूल्यांकन
सरकारका विभिन्न कार्यक्रम, परियोजना तथा सेवाप्रवाहका कार्यक्रम सञ्चालनमा रहेका हुन्छन् । यस्ता कार्य सम्पन्न गर्न बजेट समय खर्च भएको हुन्छ । तर सम्पन्न भएका परियोजनाहरू तोकिएको समयभित्र सम्पन्न नहुने, तोकिएको बजेटभित्र सम्पन्न नहुने, तोकिएको गुणस्तरको नहुने र निर्धारित सेवाग्राहीसम्म पनि नपुग्ने गरेका दृश्यहरू हामीले देखेका छांै । सेवा दिनेलिनेले गरेको मूल्यांकन पूर्वाग्रही हुने, मूल्यांकन राजनीति हुने तथा झुट्टा सुन्दरता पोत्ने प्रवृति हाबी हुने गरेको प्रसंगमा थर्डपार्टी मूल्यांकनको प्रारम्भ भएको हो ।
सरकार र सरकारी निकायहरूको काम गराइका सम्बन्धमा सर्वसाधारणले गुनासा गर्न सक्छन्
सार्वजनिक सेवा वा निर्माण वा संगठनले प्रवाह गर्ने सेवामा सेवा दिने र सेवा लिने दुई पक्ष रहेका हुन्छन् । पहिलो पक्ष सरकार, दोस्रो पक्ष कार्यक्रमबाट लाभ पाउने तथा हानी पुग्ने जनता हुन् भने तेस्रो पक्ष न सरकार न लाभहानी व्यर्होने जनता हुन् । तेस्रो पक्ष स्वतन्त्र एवं व्यावसायिक मूल्यांकनकर्ता हुन् भने उनीहरूको मूल्यांकन विधि अलग र परिष्कृत हुन्छ ।सार्वजनिक कार्यको परीक्षण तेस्रो पक्षबाट गर्दा तटस्थ, निष्पक्ष र गुणस्तरीय परीक्षण हुने अपेक्षा रहेको हुन्छ । तेस्रो पक्षले परीक्षण गर्दा सेवा दिने, सेवा लिने र स्वतन्त्र जनतासँग छलफल गरी जानकारी संकलन गर्दछ र स्वतन्त्ररूपमा प्राप्ति सिफरिस गर्दछ । यस्तो मूल्यांकन आग्रह र पूर्वाग्रहबाटमुक्त हुने विश्वास गरिएको हुन्छ ।
सेवा प्रवाहपछि सेवाग्राहीलाई सेवाको प्रक्रिया, सेवाको गुणस्तर, लागेको समय, भएको खर्च, कर्मचारीले गरेको व्यवहार जस्ता पक्षमा कार्डमा भर्न लगाइन्छ र त्यसबाट निचोड निकालिन्छ । जस्को आधारमा सेवाप्रवाहमा सुधार गर्ने गरिन्छ । त्यस्तै सरकार र सरकारी निकायहरूको काम गराइका सम्बन्धमा सर्वसाधारणले गुनासा गर्न सक्छन् । त्यस्ता गुनासाहरू मौखिक, लिखित, अनलाइन तथा सामाजिक सञ्जालमार्फत आउने गर्दछन् र सरकार त्यसको आधारमा जनताका अपेक्षा पूरा गर्न क्रियाशील हुने गर्दछ । नेपाल सरकारले सञ्चालन गरेको ‘हेलो सरकार’ यसको उदाहरण हो ।
नागरिकबाट सार्वजनिक कार्यको मूल्यांकनका कठिनाइहरू
नागरिकबाट सार्वजनिक कार्यको मूल्यांकनप्रजातान्त्रिक समावेशी शासन, नागरिक सचेतना, सहभागितामूलक निर्णय प्रक्रिया र सुशासनको अबस्थामा निर्भर गर्दछ । नागरिकबाट सार्वजनिक कार्यको मूल्यांकनबाट धेरै लाभ हुने गरेको पाइन्छ । तापनि नागरिकबाट सार्वजनिक कार्यको मूल्यांकनमा धेरै कठिनाइहरू देखिने गरेको पनि छ । सरकार आफनो मूल्यांकनबाहेक अन्य मूल्यांकनलाई सही मान्न तयार हुदैन् । मूल्यांकन राजनीतिले मूल्यांकनको निचोडलाई वायसनेसको लेप लगाउने गर्दछ र अर्थहीन बनाउँछ ।
जनतामा सार्वजनिक कार्यको परीक्षणसम्बन्धी प्रर्याप्त क्षमताको कमी, सूचना प्राप्त गर्न कठिनाइ, तथ्यांक सूचना विश्लेषण क्षमताको कमी, परीक्षण प्रतिवेदन प्रकाशन गर्ने प्रवृत्तिको कमी, परीक्षणमा देखिएका वा औल्याएका कमीकमजोरी सच्याउनेतर्फ सरकार संवेदनशील नहुने प्रवृति, रिपोर्ट कार्डबाट प्राप्त फिडब्याक तथा गुनासाहरूको समयमा सम्बोधन नहुनु, मूल्यांकनमा सूचना सञ्चार प्रविधि प्रयोगको कमी पनि नागरिकबाट सार्वजनिक कार्यको मूल्यांकनगर्दा आउने कठिनाइहरू हुन् ।
सारमा शासन प्रणालीमा नागरिकको सक्रियता र सहभागिताले सरकारलाई जिम्मेवार, उत्तरदायी र पारदर्शी बनाउँछ । नागरिकबाट सार्वजनिक कार्यको मूल्यांकन गर्ने परिपाटीले सरकारले मात्रै सेवा प्रवाह वा निर्माण कार्य गर्ने प्रक्रियामा बहुपक्ष चासो रहने वातावरणको विकास भएको हुन्छ । परिणामतः सार्वजनिक निकायहरूमा रहेको अहंपनको स्थानमा सरलता, सरकारप्रति उत्तरदायी बन्ने ठाउँमा जनताप्रति उत्तरदायी बन्ने पद्धति, प्रक्रियामुखीको ठाउँमा परिणाममुखी बन्ने सोच र अपारदर्शिताको ठाउँमा पारदर्शिताले ठाउँ लिएको पाइन्छ । नागरिकबाट सार्वजनिक कार्यको मूल्यांकनका कारण जनता लाभान्वित भएका छन्, सरकारलाई उत्तरदायी बन्न कर लागेको छ र सरकारी कार्यक्रम कार्यान्वयन प्रभावकारी बन्दै गएको छ । यसकारण नागरिकबाट सार्वजनिक कार्यको मूल्यांकन सार्वजनिक कार्यको निर्माण र कार्यान्वयनको अभिन्न अंग बन्न गएको छ ।